-->
जीटीए टोलीको चार मंत्रीसंग भेट ... दिर्घ कालिन समस्याको समाधान अनि विकाश व्यवस्थापनको संकेत

जीटीए टोलीको चार मंत्रीसंग भेट ... दिर्घ कालिन समस्याको समाधान अनि विकाश व्यवस्थापनको संकेत

प्रेवि, कालिमन्युज, कालेबुङ, 15 जनवरी। जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सका प्रतिनिधि टोलीले दार्जीलिङ पहाड़का विभिन्न समस्याहरूको समाधान अनि विकास-व्यवस्थापनको निम्ति राज्यका दुईजना मन्त्री लगायत अन्य दुईजना उच्च अधिकारीहरूसित भेटवार्ता गरी विभिन्न विषयहरूमाथि चर्चा-परिचर्चा गरे।
आज जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सका अध्यक्ष विनय तामाङको नेतृत्वमा कोलकोता गएको प्रतिनिधि टोलीमा शिक्षा विभाग प्रभारी अमरसिहँ राई अनि जीटीए एडुकेशन बोर्डका चेयरम्यान छिरीङ दाहाल अनि विधायक रोहित शर्मा सामेल थिए।  
दार्जीलिङ पहाड़को प्राथमिक एवं उच्च शिक्षाक्षेत्रमा रहिआएको विभिन्न समस्याहरू एवं स्वयंसेवी शिक्षक, पारा शिक्षक, एडहक शिक्षक आदिका समस्याहरूमाथि प्रथम चरणको भेटघाटमा जीटीएका प्रतिनिधि टोलीले शिक्षा मन्त्री पार्थ च्याटर्जीसित भेटवार्ता गरी चर्चा-परिचर्चा गरे।
शिक्षामन्त्रीले जीटीएका शिक्षासम्बन्धित सबैवटा मुद्दाहरूमा आफूले गहनतासाथ अध्ययन गरिरहेको जनाउँदै सबै समस्याहरूको पालैपालो  समस्याहरूको समाधान गरिने  जनाएको एक प्रेस विज्ञप्ति मार्फत  जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सका अध्यक्ष विनय तामाङले जनाएका छन। 
राज्यका वित्तमन्त्री अमित मित्रसित प्रतिनिधि टोलीले गरेको भेटवार्तामा जीटीएको एनुअल एक्सन प्लान 2017-18 अनि 2018-19  अन्तर्गत जीटीएक्षेत्रमा निर्माण हुने विभिन्न विकास परियोजनाहरूबारे कुराकानी भयो, जसमा वित्तमन्त्रीले खुबै सकरात्मक प्रतिक्रिया व्यक्त गरे । यसबाहेक जीटीएको तर्फबाट स्थगित रहेका पुराना जीटीएका कोषहरूसितै जीटीएका विभिन्न विकास कोषहरू पनि यथाशीघ्र प्रदान गरिने कुरामा पनि वित्तमन्त्रीले सहमति प्रदान गरे । यसबाहेक जीटीएक्षेत्रका सरकारी डाक्टर अनि इञ्जिनियरहरूको तथा अन्य जीटीए कर्मचारीहरूको वेतन वृद्धि गरिने तथा अन्यान्य विषयहरूमा पनि कुराकानी भको विज्ञप्तिमा बताइएकोछ।
टोलीले गृह सचिव ए. भट्टचार्यसित पनि भेट गरी जीटीएका विभिन्न विषयहरूमाथि कुराकानी गर्यो। गृह सचिवले जीटीएको तर्फबाट उठान गरिएका मुद्दाहरूमाथि ध्यानपूर्वक सुनेपछि विभागीय तौरमा उक्त विषयहरूमाथि यथाशीघ्र कार्वाही गरिने आश्वासन प्रदान गरे । 
प्रतिनिधि टोलीले राज्यका अग्नि एवं आपदकालीन सेवा विभागका मुख्य सचिव ए.रोयसित पनि भेटवार्ता गरी दार्जीलिङ पहाड़मा अग्नि एवं आपदकालीन सेवा व्यवस्थित गरिनुपर्ने विषयमा कुराकानी गरे। वार्तामादार्जीलिङ पहाड़मा थप तीनवटा अग्निश्मन केन्द्रहरू निर्माण गर्न सहमति प्रदान भइसकेकोमध्ये गोरूबथानमा अग्निश्मन केन्द्र निर्माणको निम्ति राज्यले अनुमोदन पनि गरिसकेको अनि यसको टेण्डर हुनमात्रै बाँकी रहेको कुरो बताइयो। यसबाहेक सुके पोखरी अनि अलगढ़ाको जमीनको समस्या रहेकोले अनुमोदन हुनसकेको छैन। तथापि उक्त जमीनको समस्या पनि चाड़ै समाधान गरी निर्माणको प्रक्रिया शुरू गरिने आजको वार्तामा राज्य सरकारले सहमति प्रदान गरेको विज्ञप्तिमा बताइएकोछ।

Related Posts

0 Response to "जीटीए टोलीको चार मंत्रीसंग भेट ... दिर्घ कालिन समस्याको समाधान अनि विकाश व्यवस्थापनको संकेत "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.