
देवरले गरे भाउजु सँगै दुईजना भतिजको हत्या
![]() |
सूर्य भुजेल |
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 4 फरवरी। कालेबुङ जिल्लाको जलढका थाना अधिनस्थ गैरीबास सिन्कोना बगानको डाँडा गाउँ भस्मे निवासी सूर्य भुजेल (35) ले एकैसाथ तीनजनाको हत्या गरेका छन्। उक्त विभत्स हत्या शनीबार राती भएको हो। आरोपित सूर्य भुजेलले शनिबार राती लगभग 8 बजे आफ्नै भाउजु अनि दुईजना भतिजहरूको घरैमा धारिलो हतियारले प्रहार गरेर हत्या गरेका छन्। आरोपित भुजेललाई पुलिसले पक्राउ गरेको छ भने तीनजनाको मृतदेहलाई उद्धार गरेर कालेबुङ अस्पतालमा पोष्टमर्टमको निम्ति पठाइएको छ।
प्राप्त जानकारी अनुसार आरोपित सूर्य भुजेलले सिन्कोना बगानमा कार्यरत आफ्ना दाजुको मृत्यु पछि प्राप्त हुने बद्लि काम आफुले पाउनुपर्ने दाबी गर्दै आइरहेका थिए। सोही बद्ली कामलाई लिएर देवर भाउजुमाझ वाद-विवाद हुने गर्थ्यो। आफ्ना पतिको मृत्यु पछि प्राप्त हुने बद्ली काम देवरलाई दिनुको साटो जुनिता भुजेल आफै हिँड्ने तय गरेकी थिइन्। सोही विषयमा शनीबार राती भने देवर भाउजु माझ विवाद बडेपछि आरोपित सूर्य भुजेलले एकैचोटी तीनजनाको हत्या गरेका छन्। सामान्य विवाद बडेपछि आरोपी सूर्य भुजेलले आफ्ना भाउजु जुनिता भुजेल (28) सँगै दुईजना भतिजहरू आकृत भुजेल (8) अनि अतित भुजेल (6) को घरभित्रै धारिलो हतियारले प्रहार गरेर हत्या गरेका छन्।
‘हिज राती लगभग 8 बजे डाँडा गाउँ भस्मे, गैरीबास सिन्कोना बगानका निवासी सूर्य भुजेलले आफ्नो विधवी भाउजु अनि दुईजना स-साना भतिजहरूको हत्या गरेका छन्। घट्नापछि पुलिस घट्ना स्थलमा पुगेर हेर्दा भाउजु जुनिता भुजेल अनि भतिजहरू आकृत भुजेल र अतित भुजेललाई कुनै धारिलो हतियारले प्रहार गरेर हत्या गरेको थियो। जसको कारण रगतले लत्-पत् अवस्थामा तीनवटा मृतदेह लडीरहेको अवस्थामा पुलिसले उद्धार गरेको छ’ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले भने। यसक्रममा उनले मृतक जुनिता भुजेल आफ्ना सासु अनि सशुराको साथमा बस्दै आएको अनि हत्याको घट्ना सूर्य भुजेलको पिताले देखेको पनि उनले बताएका छन्।
‘हत्या गर्नुको मुख्य कारण सिन्कोना कमानमा कार्यरत अवस्थामा मृत्यु भएको जुनिता भुजेलकी पतिको मृत्यु पछि प्राप्त हुने बद्ली कामलाई लिएर चलेको विवाद हो। पतिको मृत्यु पछि बद्ली काम देवर सूर्य भुजेलले दाबी गरिरहेका थिए। तर, जुनिता भुजेलले भने आफ्ना दुईजना नानीहरू भएको कारण उक्त बद्ली काम आफै गर्ने निर्णय गरेकी थिइन्। सोही विषयमा शनीबार राती देवर भाउजु माझ विवाद बडेपछि आखिरमा उनले हत्या गरेका हुन्’ जिल्ला पुलिस अधिक्षक यादवले अझ भने। आरोपित भुजेललाई पुलिसले पक्राउ गरेर भारतीय दण्ड संहिताको धारा 302 अन्तर्गत मुद्दा दर्ता गरि कालेबुङ न्यायलयमा पेश गरेर 5 दिनको पुलिस रिमाण्डको निम्ति न्यायालयलाई अर्जी गरिने पनि उनले जानकारी दिएका छन्। ‘आरोपित भुजेललाई आज कालेबुङ न्यायलयमा पेश गरेर 5 दिनको पुलिस रिमाण्डमा माग्नेछौँ। उनले हत्या गरेको स्वीकार गरेपछि हत्याको समयमा प्रयोग गरेको धारदार हतियार उद्धार गर्नका निम्ति रिमाण्डमा लिनेछौँ’ उनले थप भने।
यता एउटै परिवारका तीनजना सदस्यको विभत्स हत्या गर्ने आरोपित सूर्य भुजेललाई पुलिसले पक्राउ गरेर कालेबुङ ल्याइपुर्याएपछि पत्रकारहरूसँग बोल्दै उनले उक्त हत्या आफुले नै गरेको स्वीकार गरेका छन्। ‘घरमा स-सानो विषयमा भाउजुसँग भनावैरी हुनेगर्थ्यो। तर यस्तो हत्या नै गर्छु भन्ने चाहिँ सोंचेको थिइन। बेलुका चिया (रक्सी) खाएको थिए। त्यसैकारण यस्तो नगर्ने कार्य गरेछु। अहिले पश्चताप लागिरहेको छ’ सूर्य भुजेलले भने। उनले हत्या गर्दा आफुलाई केही थाह नपाएको बताउँदै होस् आएपछि आफु स्वंय पुलिस थानामा गएर आत्म समर्पण गरेको पनि बताएका छन्। यसक्रममा उनले आफ्ना भाउजुसँग कुनै दुश्मनी नरहेको पनि जानकारी दिएका छन्।
अर्कोतर्फ समाचार लेखुञ्जेलसम्ममा हत्याका आरोपित सूरेश भुजेललाई न्यायालयले कतिदिनको पुलिस रिमाण्डमा पठाएको छ भन्ने कुनै जानकारी प्राप्त भएन।
0 Response to "देवरले गरे भाउजु सँगै दुईजना भतिजको हत्या"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.