
जापले दिल्लीमा गोर्खाल्याण्ड सम्बन्धि बहस गर्ने.... गोर्खाल्याण्डको बहस दिल्लीमा नै हुनपर्छ – डा. हर्कबहादुर छेत्री
![]() |
डा. हर्कबहादुर छेत्री |
‘देशभरी चिनिएका दिल्लीका नेताहरू, समाजिक कार्यकर्ताहरू, सांसदहरू अनि संविधान विशेषज्ञहरूलाई लिएर संवैधानिक भवनमा गोर्खाल्याण्डबारे चर्चा गर्ने जापले निर्णय लिएको छ। उक्त कार्यक्रमका निम्ति अहिले सबैलाई पत्राचार गरिरहेका छौँ। उक्त बहसमा पहाड-तराईका गोर्खल्याण्ड माग्ने दलहरूलाई पनि हामी निमन्त्रण गर्नेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
जन आन्दोलन पार्टीले संसदको सत्रमा दिल्ली पुगेर गोर्खाल्याण्डको आवाज उठाउँदै आउने क्रममा दिल्लीमा बिभिन्न राजनैतिक दलका नेताहरूलाई भेट गरेको बताउँदै उक्त भेटघाटमा धेरै सकारात्मक कुराहरू भएको पनि उनले बताएका छन्। ‘हामीलाई विभिन्न राजनैतिक दलका सांसदहरूले गोर्खाल्याण्डको आवाज संसदमा उठाउने प्रतिश्रुति दिएका छन्। गोर्खाल्याण्ड दिने ठाउँ दिल्ली हो, यसकारण दिल्लीमा नै हामीले काम गर्नुपर्छ। सोहिकारण जापले दिल्लीमा गोर्खाल्याण्ड सम्बन्धि राष्ट्रिय स्तरका नेताहरूलाई लिएर उक्त कार्यक्रम आयोजना गर्ने भएको हो’ डा. छेत्रीले भने।
आफुहरूले दिल्लीमा गोर्खाल्याण्ड सम्बन्धि आवाज उठाउँदा पहाडका नेताहरूमाथि केन्द्रिय नेताहरूको विश्वश्नियता समेत नरहेको उनले बताएका छन्। ‘हामीलाई दिल्लीका नेताहरूले पहाडका नेताहरूमा नेतृत्व गर्ने क्षमता नै छैन भने। यसपालि जुन 105 दिनको बन्द भयो त्यत्रो बन्दपछि नेताहरू बिक्री भएको देखेर दिल्लीका नेताहरूमा विश्वास नै हराएको छ। यो हाम्रा निम्ति दुखद हो’ डा. छेत्रीले भने।
उनले पत्रकार सम्मेललाई सम्बोधन गर्ने क्रममा आफुहरू छुट्टै राज्य गोर्खाल्याण्ड प्रति इमान्दारपूर्वक समर्पित रहेको दाबी गर्दै दिल्लीमा हुने बहस कार्यक्रममा भाग लिएर गोर्खाल्याण्ड माग्ने दलहरूले मुद्दालाई एकबद्ध बनेर अघि बडाउने साझा पहल गर्नुपर्ने पनि उनले आह्वान गरेका छन्।
‘हामी जुन माग गर्छौँ त्यस मागलाई सुहाउँदो कार्यक्रम कहिल्यै गर्दैनौँ। सुवास घिसिङको समय देखि विमल गुरुङको समयसम्म मुद्दालाई जनसमर्थन प्राप्त भएको हो। तर, जनसमर्थन हुँदा-हुँदै पनि मुद्दालाई बोकेर लाने व्यक्तिहरूले सही रूपमा सरकार अघि प्रस्तुत गर्न नसकेको पहिलो कारण छ’ डा. हर्कबहादुर छेत्रीले भने।
यसक्रममा उनले जापले मात्रै सबैकुरा जान्दछ भनेर दाबी नगर्ने भन्दै जान्ने व्यक्तिहरूलाई स्वागत गर्ने पनि स्पष्ट पारेका छन्। ‘गोर्खाल्याण्ड कसैको पेवा होइन। यसकारण सबैजना एकठाउँ आएर अघि बडाउने काम गर्नुपर्छ’ उनले अझ भने। उनले दार्जीलिङ पहाडमा जतिनै ठूलो कार्यक्रम गरेपनि मुद्दाले पार पाउँन नसक्ने स्पष्ट बनेको भन्दै अब दिल्लीमा नै गोर्खाल्याण्डबारे बहस हुन आवश्यक रहेको उनले बताएका छन्।
‘सुवास घिसिङको समयदेखै नै जुन ठाउँमा यो मुद्दा उठ्नुपर्थ्यो त्यो त्यहाँ उठेन। हामीले राज्यस्तरको सदस्य पठायौँ उसले राज्यकै इशारामा कम गर्यो। हामीले केन्द्रिय स्तरको सदस्य पठायौँ तर उनले पनि केन्द्रको दलकै निर्देशमा काम गरिरह्यो’ डा. छेत्रीले भने। सोहीकारण जन आन्दोलन पार्टीले दिल्लीमा विभिन्न दलका नेताहरूलाई भेटेर गोर्खाल्याण्ड सम्बन्धि बहसको वातावरण तयार पारेको दाबी गरेका छन्।
अर्कोतर्फ सोही अवसरमा कालेबुङ जिल्ला गठनको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा प्रश्न गर्दा उनले जिल्ला गठनपछि पूर्वधार विकासको कार्य सही दिशामा अघि बडीरहेको हुनसक्ने आशा व्यक्त गरेका छन्।
‘कालेबुङ जिल्ला गठनको एकवर्षमा नै सबै बिकास देखिनु सक्दैन। यो बिस्तारै देखिने कुरा हो। हामीले धर्य राख्नुपर्छ। केहि समय निश्चय लाग्नेछ। त्यसपछि जिल्ला गठनपछिको सम्पूर्ण सुविधा जनताले पाउनेछन्’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले कालेबुङ जिल्ला गठनको श्रेय जसले लिए पनि उक्त मुद्दालाई आफुले ठिक तरिकाले मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष प्रस्तुत गर्न सकेको कारण नै जिल्ला गठन भएको भन्दै जिल्ला गठनका निम्ति मुख्यमन्त्रीलाई पुन: आभार प्रकट गरेकी छन्।
‘कालेबुङ जिल्ला गठनको एकवर्षमा नै सबै बिकास देखिनु सक्दैन। यो बिस्तारै देखिने कुरा हो। हामीले धर्य राख्नुपर्छ। केहि समय निश्चय लाग्नेछ। त्यसपछि जिल्ला गठनपछिको सम्पूर्ण सुविधा जनताले पाउनेछन्’ डा. हर्कबहादुर छेत्रीले भने। यसक्रममा उनले कालेबुङ जिल्ला गठनको श्रेय जसले लिए पनि उक्त मुद्दालाई आफुले ठिक तरिकाले मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष प्रस्तुत गर्न सकेको कारण नै जिल्ला गठन भएको भन्दै जिल्ला गठनका निम्ति मुख्यमन्त्रीलाई पुन: आभार प्रकट गरेकी छन्।
0 Response to "जापले दिल्लीमा गोर्खाल्याण्ड सम्बन्धि बहस गर्ने.... गोर्खाल्याण्डको बहस दिल्लीमा नै हुनपर्छ – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.