-->
आउने दिनमा गोजमुमोलाई जनताले पहाड़देखि अवस्य हटाउनेछन् - मत्री अरुप विश्वास

आउने दिनमा गोजमुमोलाई जनताले पहाड़देखि अवस्य हटाउनेछन् - मत्री अरुप विश्वास

राजेश शर्मा, कालिमन्युज, खरसाङ्ग, 24 अगस्त 2016। पहाडमा अब जनताले खास कुरो बुझिसकेका छन यसैले जसरी पहाड़ देखि बिगत दिनमा घिसिङलाई बिमल गुरुङले लखेटे त्यसरीनै पहाड़ देखी बिमल गुरुङ पनि आफै लखेटिनू पर्छ । आज खेलकुद मंत्री अरुप बिश्वासले खर्सांग मोटर स्ट्याण्डमा आयोजित हिल तृणमूल काग्रेसको एक जनसभालाई सम्बोधन गर्दै उक्त कुरो भनेका हुन।
यस अवसरमा तिनले भने क़ि ममता सरकारद्वारा पहाड़मा बिकासको निम्ति जीटीएलाई धेरै आर्थीक सहायता दिइएको थियो तर आज सम्म कुनै क्षेत्रमा पनि सानो विकासको काम पनि भएको छैन्। गोजमुमो, बिमल गुरुङ अनि जिटिए प्रति कुनै विकासको काम नगरेको आरोप थोप्दै तिनले भने पहाडमा विकास ल्याउनु हो भने पहाड़मा तृणमूल काग्रेसको लहरनै आउनु पर्छ तृणमूल काग्रेसनै फस्टिनु पर्छ ।
आजको सभामा गोजमुमो उपाध्यक्ष तथा जीटीए सभा अध्यक्ष भूपेन्द्र प्रधान (प्रदिप प्रधान) ले आफ्नो दलको साथमा हिल तृणमूल काग्रेस पार्टी अध्यक्ष राजेन मुखिया, महासचिव एनबी खवास अनि विन्नी शर्माको उपस्थितिमा मंत्री अरुप विश्वासको हातबाट् पार्टीको झण्डा ग्रहण गरे। तिनीसंगै नारी मोर्चाका शान्ता थापा, माधुरी प्रधान तथा चुन्नु सिंघ, कमल थापा अन्यहरुले गोजमुमो छोड़ेर तृणमूल काग्रेस पार्टीमा सामेल भए।
पूर्व विधायिका शान्ता छेत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा तृणमूल काग्रेसका नेताहरु लगायत समर्थक अनि जनसभा सुन्नको निम्ति खर्साङका हजारौ जनता उपस्थित थिए।
यता आजनै भूपेन्द्र प्रधानलाई खर्साङ तृणमूल काग्रेसको अध्यक्ष चुनिएको थाहा लागेकोछ।

Related Posts

0 Response to "आउने दिनमा गोजमुमोलाई जनताले पहाड़देखि अवस्य हटाउनेछन् - मत्री अरुप विश्वास"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.