-->
गोरुबथानलाई महकुमा बनाउने माग

गोरुबथानलाई महकुमा बनाउने माग

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 6 जनवरी। कालेबुङ जिल्ला गठनको वर्षदिनपछि गोरुबथान खण्डलाई महकुमाको दर्जा दिनुपर्ने माग उठेको छ। कालेबुङ जिल्लाको सबैभन्दा ठुलो खण्ड गोरुबथान खण्डलाई महकुमा बनाउने ‘गोरुबथान सबडिभिजन डिमान्ड कमिटी’ले मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन चढाएको छ। 
कालेबुङका जिल्लापाल डा. विश्वनाथ मार्फत मुख्यमन्त्रीलाई चडाएको ज्ञापनमा गोरुबथानलाई छुट्टै महकुमाको दर्जा दिनुपर्ने माग गरिएको छ। यसबारे गोरुबथान महकुमा डिमान्ड कमिटीका अध्यक्ष प्रवीण तामाङ अनि सचिव तारामणि छेत्रीले जानकारी दिँदै जिल्लाको सबैभन्दा ठूलो खण्डलाई महकुमा निर्माण गर्नुपर्ने माग गरेका छन्। 
कमिटिका प्रतिनिधिवर्गले आज कालेबुङका जिल्लापाललाई भेटी उक्त ज्ञापन चढाएको अध्यक्ष प्रवीण तामाङले जानकारी दिएका छन्। गोरुबथान खण्डलाई महकुमाको मान्यता दिएर मानिसहरूलाई सरकारी कामकाजको सुविधा उपलब्ध गर्नुपर्ने उनीहरूको माग रहेको छ। 
स्थानीय जनताको समस्यालाई मध्यनजर राखेर सबैभन्दा ठूलो खण्डलाई महकुमाको मान्यता दिनुपर्ने मागमा ज्ञापन पत्र चडाएको कमिटिका सचिव तारामणि छेत्रीले बताएका छन्। मोठ 11 वटा ग्राम पञ्चायत रहेको गोरुबथानलाई सरकारले महकुमाको मान्यता दिए क्षेत्रवासीले धेरै सरकारी कामकाजमा सुविधा पाउने उनीहरूको भनाइ रहेको छ। 
महकुमा अधिकारीलाई ज्ञाप चढाएपछि पत्रकारहरूसित कुराकानी गर्दै कमिटीका सचिव तारामणि छेत्रीले कालेबुङका जिल्लापालले सकारात्मक आश्वासन दिएको बताएका छन्। जिल्लापालले उपरोक्त क्षेत्रको परिभ्रमण गरी सर्वेक्षण समेत सकेर सम्बन्धित निकायमा पठाइसकेको आफूहरूलाई जनाएको छेत्रीले अझ बताएका छन्। 

Related Posts

0 Response to "गोरुबथानलाई महकुमा बनाउने माग"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.