
कोल्ड ड्रिङ्क्स पिलाएर दुष्कर्म गर्ने आरोपी पक्राउ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 20 जनवरी। एक नाबालिकालाई कोल्ड ड्रिङ्क्स पिलाएर दुष्कर्म गरेको घट्ना प्रकाशमा आएको छ। उक्त घट्ना टिस्टामा भएको हो। घट्नाको आरोपमा सोरेङ निवासी डिगम गिरी (35) लाई पुलिसले पक्राउ गरेको छ। टिस्टामा माघे मेला घुम्न आएकी 14 वर्षिय एक नाबालीकालाई सोरेङ निवासी डिगम गिरीले कोल्ड ड्रिङ्क्समा बेहोस हुने औषधी पिलाएर दुष्कर्म गरेको आरोप लागेको छ। पक्रा परेको आरोपितलाई आज कालेबुङ न्यालयमा पेश गरेर न्यायिक हिरासतमा पठाएको छ।
घटनाअनुसार सोरेङ निवासी आरोपित डिगम गिरीले गत 15 जनवरीको दिन टिस्टा मेला घुम्न आएकी 14 वर्षिय एउटी बालिकालाई एक्लो देखेर कोल्ड ड्रिङ्कमा बेहोस बनाउने पदार्थ मिसाएर दिएका थिए। उक्त कोल्ड ड्रिङ्क्स पिएपछी नाबालिका बेहोस बनेपछि आरोपितले टिस्टाकै एउटा घरमा ल्याएर पटक-पटक दुष्कर्म गरेका थिए। आफुलाई दुष्कर्म गरेको होश आएपछि थाह पाएर पिढीत नाबालिकाले घट्नाबारे कसैलाई भन्नको साटो डरले भागेर बिहार पुगेकी थिइन्।
डरले भागेर बिहार पुगेकी नाबालिकालाई एकजना व्यक्तिले भेटेर सोधखोज गरेपछि घर-परिवारको फोन नम्बर लिएर स्थानीय पुलिसलाई जिम्मा दिएका थिए। त्यसपछी पुलिसले पीडिताको घरलाई खबर दिएपछि बालिकालाई घर ल्याइएको थियो। मेला घुम्न गएकी छोरी अचानक भागेर बिहार पुगेपछि परिवार पक्षले उनलाई सोधखोज गर्दा दुष्कर्म गरेको घट्ना प्रकाशमा आएको हो।
पीडिताको पिता अनुसार 15 जनवरीको दिन आफूसित बालिका टिस्टा मेला घुम्न आएकी थिइन्। सो दिन आफ्नी ठूली आमाको घरमा बस्छु भनेर बालिका टिस्टामा बसेकी थिइन्। भोलिपल्ट पनि छोरी घरमा नआएपछि उनीहरूले ठूली आमाको घरमा सोधखोज गर्दा रातभरि बालिका त्यहाँ पनि नपुगेको थाहा लागेको थियो।
त्यसपछि उनीहरूले नाबालिका छोरी खोज्ने कार्य सुरु गरेका थिए। यद्यपि 16 जनवरी चारैतिर खोजी गर्दा पनि बालिकालाई उनीहरूले कतैपनि भेटेनन्। अचानक 17 जनवरीको दिन बिहारबाट एकजना व्यक्तिले फोन गरेर पीडिताको पितालाई उनको छोरी आफूले भेटर पुलिसलाई जिम्मा दिएको बताएपछि घर-परिवार उनलाई लिन बिहार पुगेका थिए।
बिहारबाट घरमा ल्याइएपछि त्यसरी अचानक भागेर बिहार जानुको कारणबारे प्रश्न राख्दा पीडिताले आफूमाथि भएको घटनाको विस्तृत जानकारी दिएकी थिइन्। सोही आधारमा पिताले टिस्टा चेकपोष्टमा एउटा प्राथमिकी दर्ता गरेका थिए भने पुलिसले हिजोमात्र आरोपित गिरीलाई पक्राउ गरेको थियो। आज आरोपित गिरीलाई कालेबुङ ल्याइएपछि स्वास्थ्य जाँच गराएर कालेबुङ जिल्ला न्यायालयमा लगिएको छ। उनी विरूद्ध पोक्सो कानुन सङ्गै भारतीय दण्ड संहिताको धारा 328, 365 अन्तर्गत बेहोस बनाउने पदार्थ खुवाएर अपहरण गरेको अनि नाबालिकालाई जबरजस्ती दुष्कर्म गरेको मुद्दा दर्ता गरिएको छ।
0 Response to "कोल्ड ड्रिङ्क्स पिलाएर दुष्कर्म गर्ने आरोपी पक्राउ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.