-->
ट्रक चालकहरूको मुद्दालाई चालक महासंघको समर्थन

ट्रक चालकहरूको मुद्दालाई चालक महासंघको समर्थन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 20 जनवरी। नेशनल ग्रीन ट्रिब्यनलमा मुद्दा पुगेपछि अहिलेघरी टिस्टा नदी लगायत संलग्न खोलाका कोइरीहरूबाट ढुङ्गा, गिटी, बालुवा निकाल्नमा प्रशासनले रोक लगाएको छ। ग्रीन ट्रिब्युनलले कोइरी खनन् कार्य अवैद्य ठहर गरेपछि कोइरीबाट सामाग्री बोक्ने ट्रक चालकहरूको रोजी रोटिमा प्रश्न खडा भएको। जसको कारण कालेबुङ ट्रक कर्मचारी कल्याण सङ्गठन अनि लोकल हिल ट्रक वेलफेयर एसोसिएसनले कोइरीका सामाग्रीहरू नबोक्ने घोषणा गरिसकेको छ। यता चालकहरूको रोजी रोटीको प्रश्न सँग जोडिएको उक्त मुद्दालाई कालेबुङका चालक महासंघले पनि समर्थन जनाएको छ। कालेबुङ चालक महासंघका अध्यक्ष महेन्द्र गुरुङले ट्रक चालकहरूले कोइरीका सामाग्रीहरू नबोक्ने गरेको घोषणालाई चालक महासंघले समर्थन गरेको आज घोषणा गरेका छन्। उनले उक्त समस्यालाई समाधान गर्नका निम्ति सम्बन्धित पक्षले झट्ट पहल गर्नुपर्ने माग गर्दै पहाडका सत्तासिन राजनैतिक दलले पनि उक्त समस्या समाधानको पहल गर्नुपर्ने माग गरेका छन्।

‘हामी सरकार समक्ष अनुरोध गर्न चाहन्छौ। यो समस्या बङ्गाल सरकार, प्रशासन र जीटीएका प्रतिनिधीवर्ग बसेर समाधान गर्नुपर्छ। यो बन्दले चालकवर्ग मात्र समस्यामा पर्दैनन् तर पाँचहजार भन्दा अधिक कोइरी मजदुरहरू समेत समस्यामा पर्ने महेन्द्र गुरुङले बताएका छन्। सोहीकारण पनि उक्त समस्यालाई सम्पूर्ण पक्षका प्रतिनिधीवर्गले समाधानको पहन गर्नुपर्ने उनले माग गरेका छन्। ‘सरकारले आज पहाडमा बिकास हुनपर्छ भन्छ अनि अर्कोतर्फ बिकास कार्यकै निम्ति चाहने समाग्रीहरू खोलाबाट निकाल्नमा भने रोक लगाइरहेको छ। यसकारण यो समस्यालाई सम्बन्धित प्रशासनले झट्टै समाधान गर्नुपर्छ’ गुरुङले अझ भने। उनले उक्त समस्या समाधानको निम्ति चालक महासंघले कालेबुङ जिल्लापाललाई भेट गर्ने पनि बताएका छन्। टिस्टा नदीबाट कोइरी खनन कार्यमा प्रशासनले कालेबुङ जिल्लाभित्र मात्रै रोक लगाएको भन्दै उता कालेबुङ सिक्किम सिमा क्षेत्र रम्फु क्षेत्रमा भने खनन कार्य चलिरहेको कारण कालेबुङका चालकहरूलाई अन्याय भएको बताएका छन्।

Related Posts

0 Response to "ट्रक चालकहरूको मुद्दालाई चालक महासंघको समर्थन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.