-->
संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको गठन

संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको गठन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 2 जनवरी 2018। संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको गठन गरिएको छ। दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक लगयात अन्य स्थानका माध्यमिक तहका शिक्षकवर्गलाई लिएर उक्त संगठनको केन्द्रिय समितिको गठन गरिएको छ। 
कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयमा आयोजित एउटा सभापछि संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठन गठन गरिएको हो। दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक लगयात अन्य स्थानबाट आएका शिक्षकवर्गको उपस्थितिमा आयोजित सभामा चर्चा परिचर्चा पछि औपचारिक रूपले नयाँ सङ्गठन गठनको घोषणा गरिएको हो। 
‘105 दिनको पहाड बन्दले शिक्षा क्षेत्रमा ल्याएको ह्रास अनि शिक्षण क्षेत्रमा पुर्‍याएको समस्याहरूलाई मध्यनजर राखेर संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको केन्द्रिय समिति गठन भएको घोषणा  गर्दछौँ’ सितराम काफ्लेले नवगठित सङ्गठनको घोषणा गर्दै भने। 
नवगठित सङ्गठनले भविष्यमा पश्चिम बङ्गाल शिक्षा विभाग अनि जीटीए मार्फत् शैक्षिक क्षेत्रमा गर्नपर्ने कार्यहरूलाई अघि बडाएर लैजाने भएको छ। यसबारे नवगठित सङ्गठनको कार्यकारी समितिका अध्यक्ष सिताराम काफ्लेले जानकारी दिएका छन्। 
उनले 429 जना शिक्षक शिक्षिकावर्गलाई सचिव स्तरबाट नियुक्ति गरिएका शिक्षकवर्गलाई जिल्ला शिक्षक अधिकारीले नियुक्ति दिनुपर्ने मुद्दालाई सङ्गठनले अघि बडाउँने बताएका छन्। यसक्रममा 176 जना संवय सेवी शिक्षकवर्गलाई पनि विभागले पूर्णरूपले नियुक्ति प्रक्रिया चलाएर नियुक्ति गर्नुपर्ने माग गरेका छन्। 
हालमा दार्जीलिङ पहाडका विद्यालयहरूमा प्रधान अध्यापकको अभाव रहेको भन्दै पूर्णरूपले प्रधान अध्यापक नियुक्ति नभएका विद्यालयहरूमा विभागले नियुक्ति गर्नुपर्ने सभामा चर्चा गरिएको पनि सिताराम काफ्लेले बताएका छन्। यसक्रममा पश्चिम बङ्गाल अनि जीटीएको शिक्षक विभागसँग समन्वय बनाएर कार्य गर्ने पनि उनले बताएका छन्।
‘सङ्गठनले पहाडमा स्कुल सर्भिस कमिशनलाई सुचारू गर्नुपर्ने कार्यलाई पनि अघि बडाउँनेछ। यसका साथै शिक्षकवर्गका कल्याणकारी कार्यहरूलाई पनि अघि बडाउँनेछौँ’ सिताराम काफ्लेले भने। उनले नवगठित केन्द्रिय समितिका अध्यक्ष अनिल शर्मा, सचिव सेन्डुप लामा रहेको बताए। 19 जना सदस्यहरू रहेको केन्द्रिय समितिका 12 जना कार्यकारी सदस्यहरू रहेका छन्। 

Related Posts

0 Response to "संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको गठन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.