-->
जाप युवा एकाईको दिल्लीमा धरना प्रदर्शन जारी .... गृहमन्त्रीलाई गोर्खाल्याण्ड सम्बन्धि ज्ञापन दिएका छौँ – नरेश राई

जाप युवा एकाईको दिल्लीमा धरना प्रदर्शन जारी .... गृहमन्त्रीलाई गोर्खाल्याण्ड सम्बन्धि ज्ञापन दिएका छौँ – नरेश राई

JAP Youth at Delhi
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 2 जनवरी। जन आन्दोलन पार्टीका युवा एकाईले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेर एउटा ज्ञापन पत्र चडाएको छ। उक्त जानकारी जाप युवा एकाइका प्रवक्ता नरेश राईले दिएका छन्। 
संसदको शितकालिन सत्रमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा बहस हुनपर्ने अडान राखेर संसद मार्च गरिरहेको जाप कार्यकर्ताहरूले आज पनि धरना प्रदर्शन गरेको थियो। उनीहरूले आज धरना जन्तर मन्तरमा गरेको थियो भने पछिबाट पुन: संसद मार्चमा निस्केका थिए। यसक्रममा दिल्ली पुलिसले उनीहरूलाई अघि बड्न नदिएपछि केन्द्रिय गृहमन्त्रीलाई ज्ञापन पत्र सुम्पिने अडान राखेपछि सुरक्षा बलले नै लगेर गृहमन्त्रीलाई ज्ञापन पत्र सुम्पने अवसर दिएको नरेश राईले बताएका छन्। 
‘जाप कार्यकर्ताहरूले धरना प्रदर्शन अनि जारी राखेको संसद मार्चको कार्यक्रमलाई दिल्ली पुलिसले रोके पनि हामीले गृहमन्त्रीलाई ज्ञापन सुम्पने अडान राखेपछि प्रशानले हामीलाई अनुमति दिएको थियो। यस अवसरमा जाप युवा एकाईका चार सदस्यीय टोलिले गृहमन्त्रीलाई ज्ञाप पत्र सुम्पिएका छौँ’ नरेश राईले भने। 
उनले उक्त ज्ञापन पत्रमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा बङ्गाल सरकारको दमन नीतिको उल्लेख गर्दै गोर्खाल्याण्डको मुद्दालाई केन्द्र सरकारले समाधान गर्नुपर्ने माग राखेको बताएका छन्। जापको संसद मार्च कार्यक्रमलाई पुलिसले रोकेपछि जाप कार्यकर्ताहरूले लगभग सडकमा नै दुई घण्टाभन्दा धेर प्रदर्शन गरेपछि प्रशासनले आखिरमा गृहमन्त्रालयमा पुर्‍याएर ज्ञापन पत्र सुम्पिने अवसर प्रदान गरेको पनि राईले बताएका छन्। जाप युवा अध्यक्ष बिरु तामाङ, सचिव भुपेन राई, प्रवक्ता नरेश राई, प्रशान्त तामाङको टोलिले गृहमन्त्रालयमा नै उक्त ज्ञापन पत्र चडाएको पनि राईले जानकारी दिएका छन्।
अर्कोतर्फ दिल्लीमा केहि दिनदेखि संसद मार्च कार्यक्रम गरिरहेको जाप युवा कार्यकर्ताहरूले दिल्लीका राजनैतिक पार्टीका नेतृत्ववर्गलाई भेट्ने कार्यक्रम गरिरहेको पनि जानकारी दिएका छन्। ‘जाप युवा कार्यकर्ताहरूले दिल्लीमा विभिन्न राजनैतिक दलका नेताहरूलाई भेटेर गोर्खाल्याण्ड सम्बन्धि ज्ञापन चडाउने कार्यक्रम पनि तयार पारिरहेको छ। यसैक्रममा हामीले दिल्ली भाजपा अध्यक्ष मनोज तिवारीसँग भेट गरेर ज्ञापन पत्र सुम्पिएका छौँ’ नरेश राईले भने। आफुहरूले ज्ञापन बुझाएपछि मनोज तिवारीले पनि गोर्खाल्याण्डको मुद्दाबारे आफ्नो पक्षबाट पहल गर्ने आश्वासन दिएको उनले थप बताएका छन्।

0 Response to "जाप युवा एकाईको दिल्लीमा धरना प्रदर्शन जारी .... गृहमन्त्रीलाई गोर्खाल्याण्ड सम्बन्धि ज्ञापन दिएका छौँ – नरेश राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.