
नगराध्यक्ष पदबाट शुभ प्रधानले राजीनामा दिने ?
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 13 दिसम्बर। कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधानले अन्तिम क्षणमा नगराध्यक्ष पदबाट राजीनामा दिने सम्भावना रहेको छ।
गोजमुमो बिनय तामङ गुटका 14 जना नगरपार्षदहरूले नगराध्यक्ष प्रधान विरुद्ध अविश्वास प्रस्तावको पत्र दिएपछि भोलि ‘नो कन्फिडेन्स भोट’ डाकिएको छ। नगराध्यक्ष शुभ प्रधान आफैले ‘नो कन्फिडेन्स भोट’ को निम्ति डाकेको सभामा भोट हुन अघि नै पदबाट राजीनामा दिने सम्भावना रहेको विश्वस्त स्रोतले दाबी गरेको छ।
गोजमुमो बिनय तामङ गुटका 14 जना नगरपार्षदहरूले नगराध्यक्ष प्रधान विरुद्ध अविश्वास प्रस्तावको पत्र दिएपछि भोलि ‘नो कन्फिडेन्स भोट’ डाकिएको छ। नगराध्यक्ष शुभ प्रधान आफैले ‘नो कन्फिडेन्स भोट’ को निम्ति डाकेको सभामा भोट हुन अघि नै पदबाट राजीनामा दिने सम्भावना रहेको विश्वस्त स्रोतले दाबी गरेको छ।
‘शुभ प्रधानले अन्तिम समयमा राजीनामा दिनेछन्। जसको कारण ‘नो कन्फिडेन्स भोट’ हुनेछैन। उनले पहिला ‘नो कन्फिडेन्स भोट’ लडेर बहुमत देखाउने दाबी गरेपनि आखिरमा उनले आत्मसमर्पण गरिसकेका छन्’ विश्वस्त स्रोतले दाबी गर्दै भने। यसक्रममा स्रोतले ‘नो कन्फिडेन्स भोट’ नभई स्वत: नगरपालिकाको बागडोर बिनय-अनितको गुटमा सामेल गर्नका निम्ति अनेकौँ यन्त्रहरूले सक्रिय रूपमा कार्य गरेको पनि बताएका छन्।
कालेबुङ नगरपालिकामा भोलि हुने ‘नो कन्फिडेन्स भोट’ नहुन सक्ने स्रोतको दाबीलाई आज अनित थापाले दिएको बयानले केहिमात्रमा पुष्टि गरेको छ। ‘कालेबुङ नगरपालिकाको ‘नो कन्फिडेन्स भोट’ केवल औपचारिकता मात्र हो। हामीले ‘कन्फिडेन्स’ जितिसकेका छौँ।’ डेलोमा पत्रकारहरूलाई सम्बोधन गर्दै पूर्ण आत्मविश्वासको साथमा अनित थापाले दिएको उक्त बयानले नगरपालिकामा भोलि ‘नो कन्फिडेन्स भोट’ नहुने सम्भावनालाई अझ पुष्टि गरेको छ। यस सन्दर्भमा अझ नगराध्यक्ष शुभ प्रधान आफैले पनि शंकास्पद बयान दिएका छन्।
उनले भोलि सम्पन्न हुने ‘नो कन्फिडेन्स भोट’ मा भाग नलिने चर्चा चलिरहेको सन्दर्भमा प्रश्न गर्दा सोझै अस्वीकार भने गरेनन्। ‘तपाईँ भोलि ‘नो कन्फिडेन्स भोट’ लड्नु अघि राजीनामा दिनुहुन्छ? भनि प्रधानलाई प्रश्न गर्दा उनले घुमाउरो उत्तर दिए। ‘यसबारे अहिले नै सबै भनिहाल्न मिल्दैन। भोलि अन्तिम समयमा केहि पनि हुनसक्छ’ नगराध्यक्ष शुभ प्रधानले भने।
‘एकसमय भारतका प्रधानमन्त्री अटल बिहारी बाजपेयीले सरकार ढल्ने स्थितिमा आएपछि बहुमत प्रमणित गर्न पर्ने भएको थिए। त्यस दिन प्रधानमन्त्री बाजपेयीले आफ्नो छोटो सम्बोधन राखेका थिए अनि ‘नो कन्फिडेन्स भोट’मा जान अघि पदबाट राजीनामा दिएका थिए’ शुभ प्रधानले प्रश्नको सोझो जवाब दिनको साटो कुरा घुमाउँदै भने।
यदि उनको उक्त जवाबको साङ्केतिक अर्थलाई मान्नु हो भने पनि उनले अन्तिम समयमा ‘नो कन्फिडेन्स भोट’ हुन भन्दा अघि आफ्नो पदबाट राजीनामा दिएर गोजमुमो बिनय तामाङ अनि अनित थापा गुटलाई बाटो खुल्ला गरिदिनेछन्। यद्यपी उनले ‘यी केवल सम्भावना मात्र हुन्’ भनेर कुरालाई पूर्णरूपले भने खोलाउँन अस्वीकार गरेपछि एकाधिक शंका खडा गरिदिएका छन्।
0 Response to "नगराध्यक्ष पदबाट शुभ प्रधानले राजीनामा दिने ?"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.