
कालेबुङ नगरपालिका बिनय-अनित गुटको एसिड टेस्ट ‘नो कन्फिडेन्स भोट’ कसले जित्ला ?
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 13 दिसम्बर । ‘कालेबुङ नगरपालिकाको ‘नो कन्फिडेन्स भोट’ केवल औपचारिकता मात्र हो’ उक्त कुरा अनित थापाले डेलोमा पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका हुन्। कालेबुङ नगरपालिकामा भोलि सम्पन्न हुने ‘नो कन्फिडेन्स भोट’ को 24 घण्टा अघि थापाको अनुहारमा धेरै विश्वास रहेको देखिन्थ्यो। यसैकारण उनले आत्माविश्वासको साथमा भने ‘हामीले ‘कन्फिडेन्स’ जितिसकेका छौँ।’ उनले देखाएको आत्माविश्वासमा भोलि अन्तिम मोहर लागे कालेबुङमा गोजमुमो बिनय-अनित गुट फस्टाउने तय पनि निश्चित हुनेछ। किनभने आजसम्म कालेबुङका जनता पूर्णरूपले स्वत: बिनय-अनित गुटको समर्थन गरेर निस्केका छैनन्। यस्तो अवस्थामा अहिलेको निम्ति एकमात्र निर्वाचित कालेबुङ नगरपालिकाको सत्ता कब्जा गर्न सके जनतालाई आफुहरूको पक्षमा तान्न अझ सहज हुनेछ भने नगरपालिका देखाएर अन्य ठाउँहरूमा पनि कब्जा गर्दै अघि बड्न सहज हुनेछ।
हालमा कालेबुङ जिल्लामा गतिलो पकड बनाउन गाह्रो परिरहेको गोजमुमो बिनय-अनित गुटलाई भोलि कालेबुङ नगरपालिकाको ‘नो कन्फिडेन्स भोट’ पहिलो एसिड टेस्ट हुनेछ। उक्त एसिड टेस्टमा बिनय-अनित गुट उतिर्ण हुने हुन् अथवा फेल हुने हुन् त्यो भोलि नै तय हुनेछ। ‘नो कन्फिडेन्स भोट’ मा नगराध्यक्ष शुभ प्रधानले आफ्नो बहुमत प्रमाणित गर्न सके आगामी बिनय-अनित गुट 6 महिनाको निम्ति कालेबुङ नगरपालिकामा आफ्नो वर्चस्व कायम गर्नबाट बञ्चित हुनेछन्। तर, नगराध्यक्ष प्रधानले बहुमत प्रमाणित गर्न नसके उनको राजनैतिक जीवन यात्राको लामो अनुभवसँगै बिमल गुरुङ गुटको वर्चस्व पनि कालेबुङ नगरपालिकाबाट समाप्त भएर जाने निश्चित छ। यस्तो अवस्थामा भोलि सम्पन्न हुने कालेबुङ नगरपालिका ‘नो कन्फिडेन्स भोट’ दुवै गुटका निम्ति एसिड टेस्ट भने निश्चित हुनेछ।
गोर्खा जनमुक्ति मोर्चाको वर्चस्वमा रहेको कालेबुङ नगरपालिका अहिलेघरी बिनय-बिमल गुटबन्दीको कारण दलभित्रै सत्ता कब्जाको होडबाजीमा रहेको छ। गोर्खाल्याण्ड आन्दोलनपछि बिनय तामङ-अनित थापाहरूले जीटीएको सत्ता सम्हालेपछि कालेबुङ नगरपालिकाको निर्वाचित वोर्डले समर्थन नगर्दा नै यसरी सत्ता कब्जाको होडबाजी सुरु भएको हो। नगराध्यक्ष शुभ प्रधान अनि उनका समर्थकहरूले बिमल गुरुङको साथ छोडेर बिनय गुटलाई समर्थन नगरेपछि नै अनित थापाले सत्ता परिवर्तनको राजनैतिक चाल चलेका हुन्।
‘शुभ प्रधानलाई हामीले समय दिएका थियौँ तर उनले निर्णय नगरेको कारण सत्ता पल्टाउन बाध्य बनेको हुँ’ अनित थापाले अघिबाटै भनिसकेका छन्। यस्तो अवस्थामा कालेबुङ नगरपालिकाको 14 जना निर्वाचित नगर पार्षदहरूले गत 4 दिसम्बरको दिन शुभ प्रधान विरुद्ध अविश्वास प्रस्तावको पत्र दिएपछि भोलि ‘नो कन्फिडेन्स भोट’ हुने भएको हो।
‘शुभ प्रधानलाई हामीले समय दिएका थियौँ तर उनले निर्णय नगरेको कारण सत्ता पल्टाउन बाध्य बनेको हुँ’ अनित थापाले अघिबाटै भनिसकेका छन्। यस्तो अवस्थामा कालेबुङ नगरपालिकाको 14 जना निर्वाचित नगर पार्षदहरूले गत 4 दिसम्बरको दिन शुभ प्रधान विरुद्ध अविश्वास प्रस्तावको पत्र दिएपछि भोलि ‘नो कन्फिडेन्स भोट’ हुने भएको हो।
बिनय गुटका 14 जना नगर पार्षदहरूले अविश्वास प्रस्तावको पत्र दिएपछि यता बिमल गुटका मानिने नगराध्यक्ष शुभ प्रधानले भने आफ्नो पदबाट राजीनामा दिनको साटो उल्टै अविश्वास प्रस्तावमा भाग लिएर बहुमत प्रमाणितको निम्ति लड्ने निर्णय गरेका हुन्। उनले गोजमुमो बिनय-अनित गुटलाई समर्थन गर्नको साटो ‘चौकिको निम्ति कालेबुङ जनताको स्वाभीमानलाई बिक्री गर्ने काम गरिन’ भन्ने बयान दिँदै बरु उल्टै गोजमुमो पार्टीको सम्पूर्ण पद अनि साधारण सदस्यबाटै राजीनामा दिएर निर्दलिय भइबसेका छन्। यसक्रममा प्रधानसँगै अन्य 5 जना नगरपार्षदहरूले पनि गोजमुमो पार्टीबाट राजीनामा दिएर निर्दलिय भएर बसेका छन्। जसको कारण भोलि हुने ‘नो कन्फिडेन्स भोट’ दुवै पक्षका निम्ति एसिड टेस्ट हुने निश्चित छ।
नगरपार्षद बरुण भुजेलको न्यायिक हिरासतमा मृत्यु भएपछि कालेबुङ नगरपालिकामा अहिले केवल 22 जना नगरपार्षदहरू रहेका छन्। जसमध्ये गोजमुमो पार्टीबाट राजीनामा दिनेहरू 6 जना, गोजमुमो बिनय गुटको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरू 12 जना, तृणमूल कङ्ग्रेसको टिकटका चुनाव जित्नेहरू 2 जना अनि जन आन्दोलन पार्टीका 2 जना नगरपार्षदहरू रहेका छन्। 22 जना नगर पार्षदहरू मध्ये नगराध्यक्ष शुभ प्रधानले भोलि हुने ‘नो कन्फिडेन्स भोट’ मा 12 जना नगरपार्षदहरूको समर्थन जुटाएर बहुमत प्रमणित गर्नसके आगमी 6 महिनाको निम्ति नगराध्यक्षको कुर्सी सुरक्षित हुनेछ। तर बहुमत प्रमाणित गर्न नसके नगराध्यक्षको कुर्सी छोड्नुपर्ने निश्चित छ। अहिलेसम्म कालेबुङ नगरपालिकामा शुभ प्रधानको पक्षमा केवल 6 जना नगरपार्षदहरू मात्र रहेको देखिएको छ भने 2 जना जनआन्दोलन पार्टीका नगर पार्षदहरूले कसलाई समर्थन गर्ने हुन् भने अझसम्म पार्टीले स्पष्ट गरेको छैन।
‘जनतालाई हामी धोका दिने कार्य गर्दैनौँ। हामी जे निर्णय गर्नेछौँ त्यो कालेबुङका जनताको हितमा निर्णय लिनेछौँ अनि हाम्रा पार्टीका समर्थकहरूलाई पनि धोका दिएर निराश पार्ने कार्य गर्दैनौँ’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले जापका दुई नगरपार्षदहरूले बिनय गुटलाई समर्थन गर्ने हल्ला फैलिएपछि स्पष्टिकरण दिँदै भनेका थिए।
‘पार्टीले जे निर्णय गर्नेछ हामी त्यहीँ गर्नेछौँ, अहिले हामीले बिनय गुटलाई समर्थन गरेका छैनौँ’ जापका नगरपार्षद निमेश लामाले पनि अघिबाटै स्पष्टिकरण दिँदै भनेका थिए। त्यसो हो भने सम्पूर्ण जनताले सार्वजनिक रूपले अस्वीकार गरेको जीटीएको चौकि पुन: सम्हाल्ने बिनत-अनित गुटलाई समर्थन नगरेर शुभ प्रधानलाई नै समर्थन गर्ने हुन् त? भन्ने प्रश्न रहेको छ। यदि जापका दुई नगर पार्षदहरूले शुभ प्रधानलाई समर्थन गरे उनको समर्थनमा 8 जना नगरपार्षदहरू देखिनेछ भने अन्य 4 जना बिनय गुटलाई अघिबाटै समर्थन गर्ने नगरपार्षदहरूको समर्थन बटुल्न सक्नु पर्नेछ। त्यसो भए मात्र नगर आध्यक्ष शुभ प्रधानले ‘नो कन्फिडेन्स भोट’ मा बहुमत प्रमाणित गर्न सक्नेछन्। नभए उनको पराजय निश्चित देखिएको छ।
‘पार्टीले जे निर्णय गर्नेछ हामी त्यहीँ गर्नेछौँ, अहिले हामीले बिनय गुटलाई समर्थन गरेका छैनौँ’ जापका नगरपार्षद निमेश लामाले पनि अघिबाटै स्पष्टिकरण दिँदै भनेका थिए। त्यसो हो भने सम्पूर्ण जनताले सार्वजनिक रूपले अस्वीकार गरेको जीटीएको चौकि पुन: सम्हाल्ने बिनत-अनित गुटलाई समर्थन नगरेर शुभ प्रधानलाई नै समर्थन गर्ने हुन् त? भन्ने प्रश्न रहेको छ। यदि जापका दुई नगर पार्षदहरूले शुभ प्रधानलाई समर्थन गरे उनको समर्थनमा 8 जना नगरपार्षदहरू देखिनेछ भने अन्य 4 जना बिनय गुटलाई अघिबाटै समर्थन गर्ने नगरपार्षदहरूको समर्थन बटुल्न सक्नु पर्नेछ। त्यसो भए मात्र नगर आध्यक्ष शुभ प्रधानले ‘नो कन्फिडेन्स भोट’ मा बहुमत प्रमाणित गर्न सक्नेछन्। नभए उनको पराजय निश्चित देखिएको छ।
बिनय-अनित गुटलाई खुल्ला समर्थन गरिसकेका 12 जना गोजमुमो पार्टीको टिकटमा चुनाव जित्ने नगर पार्षद अनि 2 जना तृणमूलको टिकटका चुनाव जित्ने नगर पार्षदहरूले यदि भोलि हुने ‘नो कन्फिडेन्स भोट’ मा नगराध्यक्ष शुभ प्रधान विरुद्ध एकमुष्ठ भोट खसाले कालेबुङ नगरपालिकामा बिनय-अनित गुटको पहिलो निर्वाचित वोर्ड हात पर्नेछ। जसलाई देखाएर सम्पूर्ण कालेबुङ जिल्लामा आफ्नो वर्चस्व स्थापित गर्नु उनीहरूलाई हतार परिरहेको छ। यदि उक्त 14 जना नगरपार्षदहरू मध्ये 4 जनाले ‘नो कन्फिडेन्स भोट’को गोप्य मतदानमा पुन: शुभ प्रधानलाई नै आफ्नो मत दिए बिनय-अनित गुटको कालेबुङ नगरपालिका कब्जा गर्ने सपना चक्नाचुर बन्नेछ। यद्यपी अहिलेसम्म देखिएको राजनैतिक वातावरणमा भने नगराध्यक्ष शुभ प्रधानले आफ्नो नगराध्यक्षको कुर्सी सुरक्षित राख्न सक्ने सम्भावना भने अत्यन्तै न्युन रहेको छ।
0 Response to "कालेबुङ नगरपालिका बिनय-अनित गुटको एसिड टेस्ट ‘नो कन्फिडेन्स भोट’ कसले जित्ला ?"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.