
बिनय-अनित गुटद्वारा नगराध्यक्ष विरुद्ध अविश्वास प्रस्तावको पत्र प्रदान
![]() |
नगराध्यक्ष शुभ प्रधानलाई अविश्वास प्रस्ताव ल्याउनका निम्ति औपचारिक पत्र प्रदान |
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 4 दिसम्बर। कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधान विरुद्ध गोर्खा जनमुक्ति मोर्चा बिनय तामाङ गुटका 14 जना नगरपार्षदहरूले अविश्वास प्रस्ताव ल्याउनका निम्ति औपचारिक पत्र प्रदान गरेका छन्।
बिनय गुटका नगरपार्षद रवी प्रधानको नेतृत्वमा 14 जना नगरपार्षदद्वारा हस्ताक्षरित अविश्वास प्रस्तावको पत्र आज अध्यक्ष शुभ प्रधानलाई प्रदान गरिएको छ। अविश्वास प्रस्तावको पत्र स्वीकार गरेपछि अब नगरपालिका अध्यक्ष शुभ प्रधानलाई बहुमत देखाउनका निम्ति 15 दिनको समय पाउने भएका छन्। उनले निर्धारित 15 दिनको समय सिमाभित्र गोप्य मतदान मार्फत् आफ्नो बहुमत साबित गर्नुपर्ने भएको छ भने बहुमत देखाउन नसकेको खण्डमा कालेबुङ नगरपालिकामा नयाँ अध्यक्ष चुनिनेछन्। यस्तो अवस्थामा अहिलेघरी कालेबुङ नगरपालिका कसको कब्जामा पर्ने हो भन्ने प्रश्न सबै मानिसहरूले गरिरहेका छन्।
नगराध्यक्ष शुभ प्रधान विरुद्ध अविश्वास प्रस्ताव ल्याउन अघि गोजमुमो बिनय तामाङ गुटले आफुहरूको पक्षमा ल्याउनका निम्ति सक्दो प्रयास गर्ने कार्य गरेको थियो। बिमल गुटको मानिने शुभ प्रधानले बिनय गुटको प्रस्ताव स्वीकारेर नगर अध्यक्षको पदमा बस्नको साटो उल्टै पार्टीबाट नै राजीनामा दिँदै बिनय गुटलाई समर्थन नगर्ने घोषणा सँगै नगरअध्यक्षको पदका निम्ति गोप्य मतदानमा स्वतन्त्र रूपले भाग लिने घोषणा समेत गरिसकेका छन्।
नगराध्यक्ष शुभ प्रधान सँगै अन्य थप पाँचजना नगर पार्षदहरूले पनि गोजमुमो पार्टीबाटै राजीनामा दिएर स्वतन्त्र भइ बस्ने घोषणा गरेपछि अहिलेघरी बिनय गुटमा गोजमुमो पार्टीको टिकटमा चुनाव जित्ने 12 जना नगरपार्षदहरू रहेका छन् भने अन्य 2 जना तृणमूल कङ्ग्रेसको टिकटमा चुनाव जितेर पछि गोजमुमोमा सामेल भएका नगरपार्षदहरू रहेका छन्। यस्तो अवस्थामा 2 जना नगरपार्षदहरू जन आन्दोलन पार्टीबाट रहेका छन्।
नगरपार्षद बरूण भुजेलको मृत्युपछि अहिले कालेबुङ नगरपालिकामा मोठ 22 जना नगरपार्षदहरू रहेका छन् भने 14 जना नगरपार्षदहरूले शुभ प्रधान विरुद्ध ल्याउने अविश्वास प्रस्तावको पत्रमा सहीछाप गरेका छन्। यदि नगर अध्यक्ष शुभ प्रधानले आफ्नो बहुमत साबित गर्न पर्ने दिन गोप्य मतदानमा अविश्वास प्रस्तावमा सहीछाप गर्ने सम्पूर्ण 14 जना नगरपार्षदहरूले प्रधान विरुद्ध मतदान गरे बिनय गुटको कालेबुङ नगरपालिका बोर्ड बनिन सक्नेछ भने 22 मध्ये 12 जनाको मत प्रधानकै पक्षमा खसे उनी नै नगर अध्यक्ष पदमा पुन: आसिन हुनेछन्। यस्तो अवस्थामा कालेबुङ नगरपालिका अहिलेघरी सबैको केन्द्रबिन्दुमा रहेको छ।
यता अविश्वास प्रस्तावको पत्र नगर अध्यक्ष शुभ प्रधानलाई प्रदान गरेपछि बिनय तामङ गुटका नगरपार्षद रवी प्रधानले जानकारी दिँदै कालेबुङ नगरवासी जनतालाई चुनावमा दिएको वचनलाई पुरा गर्न नै नगर अध्यक्ष विरुद्ध आफुहरू अविश्वास प्रस्ताव लिएर अघि बड्नुपर्ने वाध्यता आएको स्पष्ट पारेका छन्।
‘आज हामीले अविश्वास प्रस्ताव नगरपालिका अध्यक्षलाई सुम्पिएका छौँ। सुरुमा हामीले उनलाई बिनय गुटमा सामेल भएर अध्यक्षकै पदमा बसी काम गर्ने सुझाव दिएका थियौँ। तर उनले निर्णय नगरेपछि हामीलाई अघि बड्न बाध्य बनायो’ नगरपार्षद रवी प्रधानले भने। यसक्रममा उनले कालेबुङ नगरपालिका क्षेत्रमा अहिलेसम्म कुनै विकास कार्यहरु हुन नसक्नुमा पनि नगराध्यक्ष शुभ प्रधानकै दोष देखाएका छन्।
अर्कोतर्फ अविश्वास प्रस्तावको पत्र स्वीकार गरेपछि कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधानले आफ्नो चौकि बचाउनका निम्ति आफ्नो स्वाभीमानलाई विक्री गर्ने कार्य नगरेको स्पष्ट पारेका छन्। ‘बिनय-अनितहरूबाट मलाई नगराध्यक्षकै पदमा बसेर काम गर्ने प्रस्ताव आएको थियो। मैले आफ्नो चौकिको सुरक्षा मात्रै हेरेर हुँदैन। हामीले चुनावको समयमा के भनेका थियौँ र आज के हुँदैछ भन्ने पनि बुझ्न आवश्यक छ। साथीहरूलाई अलमल्ल पारेर आफ्नो सुरक्षा मात्रै हेर्नु मेरो स्वाभिमानले दिएन। यसकारण मैले बिनय-अनितको गुटमा नजाने निर्णय लिएका हुँ’ नगराध्यक्ष शुभ प्रधानले भने।
0 Response to "बिनय-अनित गुटद्वारा नगराध्यक्ष विरुद्ध अविश्वास प्रस्तावको पत्र प्रदान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.