-->
टिस्टा नदीले निम्ताउँदैछ कालिझोडावासीमा त्रास  ......सुरक्षा देवल भत्केपछि गाउँलेहरू बन्दैछन् आक्रोशित

टिस्टा नदीले निम्ताउँदैछ कालिझोडावासीमा त्रास ......सुरक्षा देवल भत्केपछि गाउँलेहरू बन्दैछन् आक्रोशित

कालिझोडामा टिस्टानदीको जलभण्डार
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 15 दिसम्बर। टिस्टा जलविद्युत परियोजनाको कारण अहिलेघरी कालिझोडावासीको मनमा दिनोदिन त्रास बड्दै गइरहेको छ। जलविद्युतको कारण टिस्टानदीको जलस्तर वृद्धि भएपछि गाउँलाई कुनै नोक्सानी नहोस् भनि निर्माण गरिएको सुरक्षा देवल भत्केपछि गाउँवासीमा त्रास बडेको हो। 
सुरक्षा देवल टिस्टानदीको पानीले भत्केपछि एनएचपीसीलाई सूचित गरेर उक्त सुरक्षा देवल पुन: निर्माणको गुहार लगाउँदा समेत एनएचपीसीले कुनै पदक्षेप नलिएको गाउँवासीको आरोप रहेको छ। जसको कारण दिन दिँनै गाउँलेहरूमा त्रास अनि एनएचपीसी प्रति आक्रोश बडीरहेको छ। 
टिस्टा नदीमा उर्जा उत्पादनको कार्य एनएचपीसीले कालिझोडामा कार्य आरम्भ गरेपछि नै गाउँलेहरूले विरोध गर्दै आएको हो। पछिबाट उक्त निर्माण कार्य आरम्भ भएपछि गाउँको सुरक्षार्थ नदीको किनारामा सुरक्षा देवल निर्माण गरिएको छ। तर, एनएचपीसीले निर्माण गरेको उक्त सुरक्षा देवलको लगभग सय मिटर लम्बाई गत वर्षको बर्खामा नदीले बगाएपछि अहिलेसम्म पुन: निर्माण गर्ने कार्य भएको छैन। जसको कारण गाउँलेहरूले त्रसित अनि आक्रोशित बनिरहेका छन्। 
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा एनएचपीसीले टिस्टा नदीको जलभण्डारबाट पानी छोडेपछि नदीको जलस्तर घट्दा कालिझोडा गाउँको निम्ति निर्माण गरिएको सुरक्षा देवल गाउँलेहरूले देखेको हो। त्यसपछि नै गाउँलेहरूले पक्का अनि सुरक्षित देवलको निर्माण गर्नुपर्ने माग गरे पनि एनएचपीसीले कुनै कार्य नगरेको क्षेत्रका सैलु गुरुङले बताएका छन्। 
हालमा पुन: नदीको जलस्तर वृद्धि भएको कारण उक्त भत्केको सम्पूर्ण ठाउँ पानीले भरिएको कारण पुरिएको छ। जसले गर्दा नदी किनाराको भागसँगै गाउँ पैह्रो गएर डुब्ने गाउँलेहरूमा त्रास बडेको हो। 
क्षेत्रवासी सैलु गुरुङ अनुसार गाउँको पक्षबाट जति नै आवाज उठाएता पनि एनएचपिसी भने मौन बसेको छ। उक्त विषय माथी विभागले चाडै टिस्टाको जलस्तर घटाएर मरमती कार्य गर्ने आश्वासन दिएता पनि यतिका महिनासम्म केही पहल भने हुन नसकेको पनि गाउँलेहरूले बताएका छन्। 
‘भत्केको ठाउँलाई अहिले पूर्णरूपले पानीले ढाकेको छ जसको कारण जमिन भित्र भित्रै धस्केर झरे पनि देखिन्दैन। बेला बेलामा विभागले जलस्तर घटाएर सुरक्षा देवलहरूको निरीक्षण गर्नु पर्ने हो तर बन्द यता परियोजना शुरू भएदेखी एकपल्ट पनि उक्त काम भएको छैन’ सैलु गुरुङले भने। 
यता क्षेत्रवासी दिलिप छेत्रीले पनि गाउँको सुरक्षालाई लिएर विभाग कहिले पनि गम्भीर नरहेको आरोप लगाएका छन्। बन्दपछि भर्खरै परियोजना शुरू भएको कारण विभाग आफ्नो आयस्रोत वृद्धिमा मात्र सोच्ने गरेको आरोप लगाउँदै गाउँको सुरक्षालाई उनीहरूले झट्ट ध्यान दिनुपर्ने माग गरेका छन्।
यता उक्त विषय लिएर विभागसित जान्न चाहँदा विभागका मानव संसाधन प्रवन्धक पाण्डु गगराईले उक्त भत्किएको सुरक्षा देवलको निर्माण कार्यको टेन्डर भइसकेको तर कतिपय तक्निकी समस्याहरूको कारण उक्त टेण्डरलाई फेरि गर्नुपर्ने भएको जानकारी दिएका छन्। 

0 Response to "टिस्टा नदीले निम्ताउँदैछ कालिझोडावासीमा त्रास ......सुरक्षा देवल भत्केपछि गाउँलेहरू बन्दैछन् आक्रोशित"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.