-->
टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयलको समस्याबारे बिनय तामाङलाई ज्ञापन

टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयलको समस्याबारे बिनय तामाङलाई ज्ञापन

टिस्टाब्रिज उच्चतर माध्यमिक विद्यालय मोडल स्कुलको रूपमा निर्माणको आशामा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 12 दिसम्बर। टिस्टाब्रिज उच्चतर माध्यमिक विद्यालयको अवस्था जर्जर बन्दै गएपछि विद्यालयका शिक्षकवर्गले जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसन प्रति गुहार लगाएका छन्। सन् 1951 मा स्थापित टिस्टाब्रिज उच्चतर माध्यमिक विद्यालय राष्ट्रिय राजमार्ग 10 अन्तर्गतका एकमात्र उच्चतर माध्यमिक विद्यालय हो|
विद्यालय भवन दिन दिनै जर्जर बन्दै गइरहेको कारण हालमा अध्ययन अध्यापनमा धेरै समस्या भोग्न परिरहेको सम्पूर्ण शिक्षकवर्गको गुनासो रहेका छन्। दिन दिनै विद्यालय भवनको अवस्था दयनीय बनेर अध्ययन अध्यापनमा समस्या सिर्जना भएपछि विधायलयका शिक्षकवर्गले जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङलाई भेट गरेर ज्ञापन पत्र चढाएर जिर्णोद्धारको माग गरेका छन्।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत उच्चतर माध्यमिक विद्यालयको मान्यता प्राप्त एकमात्र टिस्टाब्रिज उच्चतर माध्यमिक विद्यालयलाई जीटीएले मोडल स्कुलको रूपमा छनौट गरेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने विद्यालयका शिक्षकवर्गले माग गर्दै बिनय तामङलाई ज्ञापन पत्र सुम्पिएको सह-शिक्षक विशाल राईले जानकारी दिएका छन्।
‘जीटीएले अहिलेघरी विकास कार्यलाई अघि बडाउने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा उनीहरूले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको घोषणा गरेका छन्। यसकारण टिस्टाब्रिज उच्चतर माध्यमिक विद्यालयलाई जीटीएले मोडल स्कुलको रूपमा चयन गरेर पूर्वाधार निर्माण गरिदिने अपिल गरेका छौँ’ विशाल राईले भने। विद्यालयका भारप्राप्त प्रधान अध्यापकले यसबारे जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङलाई ज्ञापन चढाएर सम्पूर्ण समस्याबारे अवगत गरेपछि बिनय तामङले पनि समस्या समाधानको निम्ति सकारात्मक पहल गरिदिने आश्वान दिएको राईले अझ बताएका छन्।
‘जीटीए अध्यक्ष तामाङले हाम्रो सम्पूर्ण समस्यालाई गहनसँग लिएका छन्। उनले शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा जीटीएले कार्य गर्ने आश्वासन दिँदै उचित पहलको निम्ति तत्कालै हाम्रो ज्ञापनलाई जीटीए शिक्षा विभागकका निर्देशक अनि अभियन्ता विभागमा पठाएका छन्। हामीलाई झट्टै राम्रो कार्य भएर शिक्षाको विकासमा महत्वपूर्ण उपलब्धि टिस्टावासीले पाउँनेछन् भन्ने आशा लागेको छ’ राईले अझ भने।
उनले उक्त विद्यालयमा राष्ट्रिय राजमार्ग क्षेत्रका विद्यार्थीवर्ग सँगै सोरेङ, तक्लिङ, मङ्माया, टिस्टा वरीपरिका सबै विद्यार्थीवर्ग अध्ययनका निम्ति आउने गरेको बताउँदै यदि मोडल स्कुलको रूपमा बिकसित भए अझ क्षेत्रका विद्यार्थीवर्ग लाभान्वित हुने थियो भनि बताएका छन्।

Related Posts

0 Response to "टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयलको समस्याबारे बिनय तामाङलाई ज्ञापन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.