-->
क्यानसर पीडित किरणको सहयोगार्थ मणि ट्रस्टको पहल

क्यानसर पीडित किरणको सहयोगार्थ मणि ट्रस्टको पहल

रोगले पिढीत किरण सुवेदी (दाहिने) संग मणी ट्रस्टका संस्थापक सुबास सिंग
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 11 नोभेम्बर। कालेबुङ शहरदेखि लगभग 15 किलोमिटर टाडामा रहेको राई गाउँ बढा भालुखोपका 21 वर्षीय किरण सुवेदी क्यानसर रोगले पिढीत रहेका छन्। उनी उक्त रोगले गत 3 वर्षदेखि पिढीत रहेका छन्। पिढीत किरण सुवेदीको चिकित्सकहरूले बोन म्यारो ट्रान्सप्लान्ट गर्नु भनेका छन्। 
परिवारको आर्थिक स्थिति कमजोर भएको कारण उनीहरूलाई उपचारको खर्च जुटाउन गाह्रो परेको छ। यस्तो अवस्थामा अघिबाटै एकाधिक रोगीहरूको उपचार्थ सहयोगको हात अघि बडाउने मणि ट्रस्टले पिढीत किरण सुवेदीको उपचार्थ सहयोगको हात बडाउँदै अघि आएको छ। काठमाण्डौँको एउटा अस्पतालमा उपचारको क्रममा उनको रोग पत्तो लागेको हो। उक्त रोगको पत्तो लागेपछि आफ्नै दाजु उनलाई बोन म्यारो दिन तयार छन्। तर उनको परिवार उपचारको निम्ति लाग्ने खर्च जुटाउन असमर्थ छ। उनका परिवारमा आमा-बाबा अनि एकजना दाजु रहेका छन्। 
File  Photo
उनका बाबाले बजारमा दुध बेचेर परिवार चलाउने गर्छन्। किरणको उपचारको निम्ति उनका परिवार अनि भालुखोप परिमल परिवार युथ सङ्घले आर्थिक सहयोगको अपील गर्दै यहाँको एक समाजिक संस्था मणि ट्रस्टलाई गुहार लगाएपछि मणि ट्रस्ट क्यान्सर पीडित किरण सुवेदीको निम्ति अघि आएको हो। 
ट्रस्टले आजदेखि कालेबुङको डम्बरचौक, सीके चौक अनि ऋषि रोडमा स्टल राखेर आर्थिक अनुदान सङ्ग्रह गरिरहेको छ। ट्रस्टका संस्थापक सुवास एम. सिंह अनुसार किरणको रोगबारे देशका विभिन्न डाक्टरहरूसित जानकारी लिँदा उनको उपचारको निम्ति करीब 15 लाख रूपियाँ खर्च आउने भएको छ। यसैले सबैले आर्थिक सहयोग गरेर किरणलाई बचाइदिन सिंहले आह्वान गरेका छन्। मणि ट्रस्टले एकातिर आजदेखि शहरको विभिन्न ठाँउहरूमा स्टल राखेर अनुदान सङ्ग्रह गरिरहेको छ भने अर्कोतिर भोलि पीडितलाई उपचारका निम्ति एम्स पठाइने पनि निश्चित गरिसकेको छ। मणि ट्रस्टले ‘सपोर्ट फर् लाइफ’-योजना अन्तर्गत यसअघि पनि धेरैलाई सहयोग पुऱ्याइसकेको छ।

0 Response to "क्यानसर पीडित किरणको सहयोगार्थ मणि ट्रस्टको पहल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.