-->
पेदोङमा पुन: कालेबुङ पुलिसले फेला पार्‍यो अवैध्य हतियार... हतियार गोजमूमो समर्थित पूर्व सभासद दावा लेप्चाको चालकको रहेको आरोप्

पेदोङमा पुन: कालेबुङ पुलिसले फेला पार्‍यो अवैध्य हतियार... हतियार गोजमूमो समर्थित पूर्व सभासद दावा लेप्चाको चालकको रहेको आरोप्

उद्धार गरिएका हतियारहरु प्रस्तुत गर्दै जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 11 नोभेम्बर। कालेबुङ पुलिसले आज पेदोङबाट अवैध्य हतियार उद्धार गरेको छ। विशेष सुत्रको जानकारी पाएर पुलिसले छापामारी अभियान चलाएर चन्द्र राईको घरबाट 2 वटा 9 एम.एम पिस्तोल, एउटा रिभल्बरसँगै तीनवटा म्यागजिन र 37 राउण्ड बुलेट उद्धार गरेको छ। कालेबुङ जिल्लाको पेदोङ स्थित नेवाङ गाउँबाट पुलिसले उक्त हरियार उद्धार गरेको कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले जानकारी दिएका छन्। 
‘पेदोङमा धेरैदिनदेखि भाइला उर्फ फुप नामग्याल भोटियासँग हतियार छ भन्ने हामीलाई सूचना प्राप्त भएको थियो। उनले पहिला पनि सार्वजनिक रूपले धेरैचोटि हतियार देखाइसकेका थिए। एउटा स्रोतले दिएको सूचनाको आधारमा आज हामी त्यस क्षेत्रमा गयौँ । हामीलाई नेवाङ गाउँका चन्द्र राईको घरमा भाइलाले हतियार राखेको थाह भयो अनि त्यहाँ छापा मार्‍यौँ। तर हामी पुग्न भन्दा अघि नै त्यहाँबाट उनीहरू भागे पनि पुलिसले तीनवटा हतियार फेला पारेको छ। जसमा 2 वटा 9 एम.एमको पिस्तोल अनि एउटा रिभल्बर रहेको छ’ पुलिस अधिक्षक अजित सिंह यादवले भने। 
उनले उक्त उद्धार गरिएको हतियारमा मेड इन चाइना र मेड इन् यु.एस.ए लेखिएको भए पनि हतियार सबै देशी नै हुनपर्ने पनि बताएका छन्। उक्त घट्ना सम्बन्धि पुलिसले कसैलाई पक्राऊ नगरेको बताउँदै पुलिस आएको जानकारी पाएर सबै आरोपीहरू भागेको उनले अझ बताएका छन्। ‘युएपीको मुद्दा दर्ता भएदेखिनै हामीले भाइला उर्फ फुप नामग्याल भोटियालाई ट्रयाक गर्ने कार्य गरिरहेका छौँ। उनले कोकोसँग सम्पर्क गर्दैछन् भन्ने हामीले जाँच गरिरहेका छौँ। यसक्रममा एकाधिक मानिसहरूसँग सोधपुछ पनि गर्‍यौँ अनि त्यहीँ सोधपुछको आधारमा नै जानकारी पाएपछि हामीले आज हतियार उद्धार गर्न सकेका हौँ’ यादवले भने।
स्मरण रहोस, कालेबुङ पुलिसले यसभन्दा अघि पनि पेदोङबाट हतियार उद्धार गरिसकेको छ भने उक्त हतियारसँगै दुईजनालाई पक्राऊ समेत गरिसकेको छ। त्यसबेला पनि कालेबुङ पुलिस अधिक्षकले पूर्व सभासद एवम् गोजमुमो नेता दावा लेप्चा अनि उनका चालक भाइला उर्फ फुप नामग्याल भोटियाले नै हतियार थुपारेको बताएका थिए। यद्यपी त्यस घट्नामा पनि दुवै भागेको बताएका थिए भने आज पुन: भाइलाले नै चन्द राईको घरमा उक्त हतियार राखेको दाबी गरेका छन्। यद्यपी पुलिसले आरोपीहरूलाई भने आज पनि पक्राऊ गर्न भने सकेन।

0 Response to "पेदोङमा पुन: कालेबुङ पुलिसले फेला पार्‍यो अवैध्य हतियार... हतियार गोजमूमो समर्थित पूर्व सभासद दावा लेप्चाको चालकको रहेको आरोप्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.