-->
जापले नगरपालिका बोर्ड बनाउँन कसैलाई समर्थन नगरेको स्पष्टिकरण .....अनित थापाले राजनैतिक अपरिपक्वता देखाए – टाँसी सेर्पा

जापले नगरपालिका बोर्ड बनाउँन कसैलाई समर्थन नगरेको स्पष्टिकरण .....अनित थापाले राजनैतिक अपरिपक्वता देखाए – टाँसी सेर्पा

जाप पार्टी प्रवक्ता टाँसी सेर्पा(बीच)पार्टीका वार्ड पार्षद् निमेष तामाङ अनि जीओसी फिपनसँग पत्रकार सम्मेलनमा
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 25 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चा बिनय गुटका महासचिव अनित थापाले कालेबुङ नगरपालिकाको 14 जना नगरपार्षदहरूसँग वैठक गरेर नगरपालिकामा बोर्ड बनाउँन पर्याप्त समर्थन रहेको घोषणालाई जन आन्दोलन पार्टीले अपरिपक्व राजनीतिको संज्ञा दिएको छ। जाप प्रवक्ता टाँसी सेर्पाले आज एक पत्रकार सम्मेलन आयोजना गरेर कालेबुङ नगरपालिकाको वर्तमान बोर्डलाई लिएर अविश्वास प्रस्ताव ल्याउन अघि नै नगरपार्षदहरूको बहुमत आफुहरूसँग छ भन्ने ‘राजनैतिक अपरिपक्वता हो’ भने। 
‘हामीले वार्ड पार्षद्हरूलाई कुनै पनि समय जीटीए तथा जीटीएका अधिकारीहरूले बोलाएको खण्डमा जाने छुट पहिलेबाटै दिएका थियौं। सोही आधारमा उनीहरू जीटीए उपाध्यक्षले बोलाएर भेट गर्न गएका थिए तर त्यसलाई गलत प्रकारले दर्शाउने कार्य भयो’ जाप प्रवक्ता टाँसी सेर्पाले भने। उनले उक्त भेटघाटलाई लिएर समर्थन गर्‍यो भनेर प्रचार गर्नु गलत रहेको बताउँदै भविष्यमा यदि नगरपालिकाको वर्तमान बोर्ड माथि अविश्वास प्रस्ताव उठेर उनीहरूले आफुहरूलाई समर्थन मागेको खण्डमा त्यसलाई पार्टीको सभा बसेर समर्थन गर्ने नगर्ने विषयमा चर्चा गरेर निर्णय गरिने स्पष्ट पारेका छन्।
‘नगरपालिकामा जब अविश्वास प्रस्ताव ल्याउने मियाद पुग्छ अनि उक्त समय जब कसैले समर्थन माँग्छ अनि समर्थन जनाउन पर्ने स्थिति आउँछ तब हामी ब्यूरो कमिटीको बैठक गरेर समर्थन गर्ने-नगर्ने अथवा कसलाई समर्थन गर्ने भन्ने कुरामा छलफल गर्नेछौं अहिले हाम्रा नगरपार्षदहरूले कसैलाई पनि समर्थन जनाएका छैनन्’ टाँसी सेर्पाले स्पष्ट पारे।
यता जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष एवम् गोजमुमो बिनय गुटका महासचिव अनित थापासँग बैठक बस्ने जाप पार्टीका नगरपार्षद निमेश तामाङले पनि अफ्नो पक्षबाट स्पष्टिकरण दिएका छन्। 
‘हामीले जन आन्दोलन पार्टी छोडेर अन्य कुनै पार्टीलाई समर्थन जनाएका छैनौं। अहिले हामीले कसैलाई समर्थन पनि जनाएका छैनौं अनि भोलिको दिनमा कसैलाई पनि समर्थन जनाउन परेको खण्डमा हामी पार्टीको निर्देश अनुरूप नै कदम चाल्नेछौं’ नगरपार्षद निमेश तामाङले भने।
गोर्खा जनमुक्ति मोर्चा महासचिव तथा जीटीए उपाध्यक्ष अनित थापाले गत 25 नोभेम्बरको दिन एउटा होटलमा पत्रकार सम्मेलन गरेर कालेबुङ नगरपालिकाको नयाँ बोर्ड बनाउन आफूहरू सक्षम रहेको अनि आफूहरूसित 15 जना वार्ड पार्षदहरू रहेको बताएको समयमा जापका दुवै जना वार्ड पार्षद्हरू त्यहाँ उपस्थित थिए। उक्त कुराले निक्कै नै विवाद उठेपछि आज जाप समर्थित वार्ड पार्षद् निमेष तामाङ अनि जीओसी फिपनले आफूहरूको उपस्थितिबारे स्पष्टिकरण दिँदै आफूहरूले अझसम्म कसैलाई समर्थन नजनाएको बताएका छन्। 
‘हामी जीटीए उपाध्यक्षसित भेट गर्न गएका थियौं, त्यो केवल अनाधिकारीक भेटघाट थियो। फोटोमा आयो भन्दैमा समर्थन गरेको कुरा स्पष्ट बन्दैन। कुन गुटलाई समर्थन गऱ्यो भन्ने कुरा त्यहाँ छैन, त्यो केवल भुलबुझाबुझ मात्र थियो’ निमेश तामाङले अझ भने। यसक्रममा उनले भविष्यमा पार्टीको निर्णय अनुसार नै आफुहरूले कार्य गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन्। 

Related Posts

0 Response to "जापले नगरपालिका बोर्ड बनाउँन कसैलाई समर्थन नगरेको स्पष्टिकरण .....अनित थापाले राजनैतिक अपरिपक्वता देखाए – टाँसी सेर्पा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.