-->
बिनय तामङलाई गोर्खाल्याण्ड भन्न लगाइएको मात्र हो – जाप

बिनय तामङलाई गोर्खाल्याण्ड भन्न लगाइएको मात्र हो – जाप

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 18 अक्टोबर। ‘राज्य सरकारले नै बिनय तामङलाई गोर्खाल्याण्डको माग उठाइराख भनेर सिकाएको छ। बिनय तामङले गोर्खाल्याण्ड नभन्न साथ भोलि उसको आधार शुन्य भएर जान्छ। पाउनुको लागि होइन तर माग्नका निम्ति मात्र बिनय तामङलाई गोर्खाल्याण्डको कुरा गर्न लगाइएको हो। जुन बाघ (बिनय तामङ) आज गोर्खाल्याण्डको निम्ति गर्जन्दैछ उसको घाँटीमा हेरो राज्य सरकारको साङ्ली छ अनि राज्य सरकारले नै अवश्यक्ता अनुसार गोर्खाल्याण्डको माग माग्नु लगाउँछ। जनता एकपल्ट यहीँ भ्रममा परेर फस्ने अवस्थामा पुगेको छ’ उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले एक पत्रकार सम्मेलन डाकेर भनेका हुन्। 
उनले तेस्रो दुईपक्षिय वार्तापछि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसन अध्यक्ष बिनय तामङले गोर्खाल्याण्डको मुद्दा वार्तामा उठान गरेको दाबी गर्दै त्रिपक्षीय वार्ताको माग गरे भनि बिनय तामङले दिएको बयानबारे टिप्पणी गर्नकै निम्ति पत्रकार सम्मेलनको आयोजना गरेका थिए।
‘वैठकपछि मुख्यमन्त्री ममता ब्यानर्जीले केवल तीनवटा मुद्दा उठाइन्। पहाडमा शान्ति व्यवस्था कायम राख्नु, विकासको कार्य अघि बडाउँनु अनि केन्द्रिय सुरक्षा बल फिर्ता लिने निर्णयको विरोध मुख्यमन्त्रीले वैठकपछिको पत्रकार सम्मेलनमा गरिन्। यता बिनय तामङले वैठकमा गोर्खाल्याण्डको कुरा उठाएको दाबी गरे जुन कुरा मुख्यमन्त्रीले गरिनन्। त्यसो भने मुख्यमन्त्रीको कुरा विश्वास गर्नुको उनले नियुक्ति गरेको कर्मचारी बिनय तामङको कुरा विश्वास गर्नु?’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले प्रश्न तेर्साए। 
उनले अघिका दुईवटा दुईपक्षिय वार्तामा मुख्यमन्त्री ममता ब्यानर्जी गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ताको घोर विरोधमा रहेको आफुहरूले थाह पाएको दाबी गर्दै सोहि कुरा बिनय तामङले उठान गर्दा त्यो कसरी सकारात्मक भयो? भनि डा. छेत्रीले प्रश्न गरेका छन्। 
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले पहिलो दुईपक्षिय वार्तामा पठाएको 5 सुत्रिय दाबीलाई पछिबाट बिनय तामङले 17 सुत्रीय र 27 सुत्रीय बनाएको भन्दै वास्तवमा ‘ह्याङ्गर मात्रै हो गोर्खाल्याण्ड, कोर्ट चैँ जीटीए नै हो’ भन्न पछि परेनन् डा. छेत्री। 
उनले शुरुमा जसरी रोशन गिरीले गोर्खाल्याण्डको मुद्दालाई ‘किपिङ अन् रेकर्ड’ भन्ने गर्थे अहिले आएर बिनय तामङले ‘गोर्खाल्याण्डको त्रिपक्षीय वार्ता’ को कुरा उठाएको एउटै हो भनि आरोप लगाए। बिनय तामङले उठाएन गरे भनेको गोर्खाल्याण्डको त्रिपक्षीय वार्ता माथि पनि जापलाई शंका लागेको छ। सोहिकारण जाप अध्यक्ष डा. छेत्रीले आफुहरूले गोर्खाल्याण्डको त्रिपक्षीय वार्ताको कुरा गर्दा मुख्यमन्त्री रिसाउनु अनि बिनय तामङले उठान गर्दा चुप बस्नुले शंका सिर्जना भएको बताएका छन्। 
‘अलग राज्यको निम्ति 105 दिन बन्द गर्नेहरूको माग आज आएर सरकारी कर्मचारीको वेतन, चियाश्रमिकको बोनस, धडपकडको विरोध आदिमा टुङ्गिएको छ। जुन मागको निम्ति जनताले यतिका लामो बन्दलाई साथ दिएको हुँदै होइन’ डा. छेत्रीले भने। डा छेत्रीले जाप दुईवटा वार्तामा जाँदा स्पष्ट अडान बोकेर गएको दाबी गर्दै आफुहरूले गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ताको बाटो खोल्नुपर्छ भन्दा मुख्यमन्त्री ममता ब्यानर्जी रिसाएको जानकारी गराए। तर ठिक उल्टा यता राज्यले नै नियुक्ति गरेका बिनय तामङले भने गोर्खाल्याण्डको मुद्दा वार्तामा उठाए भन्दा मुख्यमन्त्रीसँगको वैठक सकारात्मक भयो भन्नुमा राज्य अनि बिनय तामङको सुनियोजित षडयन्त्र रहेको डा. छेत्रील आरोप लगाएका छन्। 
‘गोजमुमो ए अनि गोजमुमो बी दुवै गोर्खाल्याण्डको मुद्दामा निरर्थक हुन्। यति लामो बन्दमा जनताले पाउनेकुरा केही पाएनन् तर धेरै कुरा गुमाए। यसले केवल भाजपा र तृणमूल कङ्ग्रेसलाई मात्र लाभ पुगेको छ। आज गोर्खाल्याण्डको माग भाजपा अनि तृणमूल कङ्ग्रेसलाई अन्य बङ्गालमा अफ्नो आधार बलियो पार्ने हतियार मात्र बनिएको छ। यदि भाजपा अनि तृणमूललाई रिजेक्ट गर्नु हो भने जनताले गोजमुमो ए अनि बी दुवैलाई रिजेक्ट गर्नुपर्छ। किनभने मोर्च अहिले बिजेपी र तृणमूलमा विभाजन भएको छ’ डा. छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै भने ।

Related Posts

0 Response to "बिनय तामङलाई गोर्खाल्याण्ड भन्न लगाइएको मात्र हो – जाप "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.