-->
महिला पत्रकारमाथि पुलिसको हमला पत्रकारमाथीको हमला गणतन्त्रको हत्या – प्रेस क्लब

महिला पत्रकारमाथि पुलिसको हमला पत्रकारमाथीको हमला गणतन्त्रको हत्या – प्रेस क्लब

Injured journalist Nisha Chhetri being examined by the Doctor
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 15 सितम्बर। आन्दोलनकारीहरूलाई खेद्ने बहानामा पुलिसले आज सोझै महिला पत्रकारमाथी हमला गरेको छ। घट्ना कालेबुङ मोटर स्ट्याण्डमा बिहान लगभग 11:30 बजे भएको हो। 
समाचार सङ्कलन गरिरहेकी अङ्ग्रेजी समाचार पत्र द स्टेट्स्म्यान अनि हिमालयन मिरर की महिला पत्रकार निशा छेत्रीलाई कालेबुङ जिल्ला पुलिसका अतिरिक्त पुलिस अधिक्षक अम्लान घोषले सोझै आएर् लाठी चार्ज गरेको हो। जनताको सुरक्षार्थ खटिएका पुलिसले महिला पत्रकार माथी गरेको हमलाको कालेबुङ प्रेस क्लबले जोडदार विरोध गरेको छ। 
पुरुष पुलिस अधिकारीको लाठी चार्जको कारण महिला पत्रकार घाइते बनेकी छन्। घाइते पत्रकारलाई तत्कालै कालेबुङ जिल्ला अस्पतालमा उपचारको निम्ति लगिएको थियो जहाँ उनको प्राथमिक उपचार गरेर अस्पतालबाट छुट्टी दिइएको छ।
गोजमुमो अध्यक्ष विमल गुरुङले आजदेखि बन्द अझ कठोर हुने घोषणा गरेपछि कालेबुङ शहरमा गोजमुमोका बन्द समर्थकहरू बिहानैदेखि सडकमा निस्केका थिए। बन्दलाई कठोर बनाउन सडकमा निस्केका पिकेटर्सहरूलाई पुलिसले लक्ष्य बनाएर हटाउन पक्राऊ गर्ने प्रयास गरेको थियो। 
त्यहीँ अवधी 11 माइलमा सीएसटी नजिक बसेका पिकेटर्सहरूलाई पुलिसले पक्राउ गरेर कालेबुङमा थानामा ल्याइरहेको समयमा डम्बर चौकमा भेला भएका बन्द समर्थकहरूले मोटर स्ट्याण्डमा पुलिसको वाहनको तातलाई रोक्ने कार्य गरेको थियो। पक्रा परेकाहरूलाई ल्याइरहेको पुलिसको वाहनलाई बन्द समर्थकहरूले रोकेर अघि जान नदिएपछि स्थिति एकाएक तनावपूर्ण बनेको थियो। स्थिति तनावपूर्ण बनेपछि पुलिसले अवरोध हटाइ आन्दोलनकारीहरूलाई भगाउन अश्रु ग्यास पड्काउनका साथै लाठी चार्ज गरेको थियो। त्यहीँ लाठी चार्जको घट्नाक्रमलाई भीडदेखि अलग्गै बसेर आफ्ना क्यामेरामा कैद गरिरहेकी महिला पत्रकारलाई पुलिसले सोझै लाठी चार्ज गरेको हो। कालेबुङ जिल्ला पुलिसका अतिरिक्त पुलिस अधिक्षक अम्लान घोषले सोझै महिला पत्रकार माथि एकाएक लाठी चार्ज गरेर पुलिसी गुण्डागिरीको उदाहरण पेश गरे। 
हातमा क्यामेरा देख्नका साथै आफुले ‘म पत्रकार हुँ’ भन्दा भन्दै पनि पुलिस अधिकारी घोषले महिला पत्रकार माथि लाठी बर्साएका हुन्।
‘हामी समाचार सङ्कलन गर्दै फोटोहरू खिचिरहेका थियौँ। त्यहीँ समयमा अतिरिक्त पुलिस अधिक्षक अम्लान घोष आएर लाठी चार्ज गरे। उनले यतिजोड्ले मलाई हिर्काएका थिए कि म केहिसमय सम्म श्वास फेर्न र बोल्न समेत सकिन’ पत्रकार निशा छेत्रीले भनिन्। उक्त पुलिस अधिकारीले लाठी चार्ज गर्दा आफु भीडदेखि टाडमा रहेको भए पनि उनले जानी बुझी नै आफुमाथी लाठी बर्साएको बताइन्। 
‘भीडदेखि टाडामा बसेको महिला पत्रकारमाथी पुलिसले कसरी अनि कुन आधारमा लाठी चार्ज गर्न सक्छ? उनलाई यस्तो अधिकार कसले दियो?’ पत्रकार निशा छेत्रीले प्रश्न गरिन्। उक्त पुलिस अधिकारीले पत्रकारहरूलाई व्यक्तिगत रूपले चिन्ने गरेको बाताउँदै उक्त लाठी चार्ज उनले जानेर नै गरेको पनि पत्रकार छेत्रीले बताइन्।
यता पत्रकार निशा छेत्रीलाई पुलिसले गरेको लाठी चार्ज पछि आज कालेबुङ प्रेस क्लबले यस हमलाको जोडदार विरोध जनाउँदै जिल्लापाल डा. विश्वानाथलाई भेटेर ज्ञापन पत्र चडाएको छ। पिडीत महिला पत्रकारमाथी लाठी चार्ज गर्ने पुलिस अधिकारीमाथी शक्त कानुनी कार्वाही गर्नुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ। यस सन्दर्भमा जिल्लापाल डा. विश्वनाथले घट्नाबारे जाँच गरेर कार्वाही गर्ने प्रतिश्रुती दिएका छन्।
उक्त घट्नापछि कालेबुङ प्रेस क्लबका सह सचिव डी.के वाइबाले ‘पत्रकारहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ अनि एएसपी अम्लान घोषमाथि कार्यवाही हुनुपर्छ’ भने। उनले पत्रकारहरू अहिलेको स्थितिमा पुलिस प्रशासनबाट समेत सुरक्षित हुन नसकेकोमा खेद प्रकट गर्दै प्रेस माथि पुलिसी हमला गणतन्त्रको हत्या हो भनि बताएका छन्।

Related Posts

0 Response to "महिला पत्रकारमाथि पुलिसको हमला पत्रकारमाथीको हमला गणतन्त्रको हत्या – प्रेस क्लब"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.