-->
फेरि कालेबुङ बन्यो रणभुमी... 15 पक्राउ

फेरि कालेबुङ बन्यो रणभुमी... 15 पक्राउ


डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 सितम्बर। कालेबुङ शहर आज पुन: रणभुमीमा परिणत भयो। बिहान 11 माइलमा पिकेटिङ गरिरहेका आन्दोलनकारीहरूमाथि कार्वाही सुरु गर्दै पक्राऊ गरेर् थाना ल्याइरहेको समय पक्राउ गरिएका आन्दोलनकारीलाई लैजान नदिन वाधा दिदा मोटर स्ट्याण्ड एकचोटि रणभुमीमा परिणत भएको थियो भने पुन: साँझ 4 बजेदेखि शहर रणभुमीमा परिणत भएको हो। 
बिहान लगभग 11:30 बजे आन्दोलकारीहरूलाई पक्राऊ गरेपछि पुलिस अनि आन्दोलनकारी माझ संघर्ष भएको थियो भने बेलुकी पुन: दुई पक्षमाझ संघर्ष भएको हो। 
बिहानको संघर्ष पछि आन्दोलनकारीहरूले कालेबुङ शहरको सम्पूर्ण सडकहरू अवरोध गरेको थियो। उनीहरूले वाहनको चक्का जलाउनका साथै बाटोमा ढुङ्गा लगायत बोतलहरू फुटाएर बाटो अवरोध गरेका थिए। त्यसपछि आन्दोलनकारीहरू डम्बर चौकमा नाराबाजी गर्दै बसेका थिए। 
साँझ चार बज्न लाग्दा सेनाको एउटा बाहन कालेबुङ मोटर स्ट्याण्ड तर्फ झर्न लाग्दा एकाएक केहि आन्दोलनकारीहरूले सेनाको वाहनलाई समेत ढुङ्गा बर्साए। त्यसपछि कालेबुङ जिल्ला पुलिस अधिक्षकको नेतृत्वमा व्यापक रूपले सुरक्षा बलका जवानहरू मेन रोड अनि मोटर स्ट्याण्ड भएर डम्बर चौक तर्फ आन्दोलनकारीहरूलाई लखेट्न आए। 
त्यस समय डम्बर चौकमा भेला भएका आन्दोलनकारीहरूले‘जय गोर्खा’को नाराबाजी लाउँदा नलाउँदै पुलिसले अश्रुग्यास सँगै रबर बुलेट फाइरिङ गरेको थियो। त्यसपछि पुलिसलाई पनि आन्दोलनकारीहरूले सोझै ढुङ्गा बर्साउन सुरु गरे। सुरुमा मेनरोडबाट झरेका पुलिस कर्मीहरू सोझै डम्बर चौकसम्म आउन सकेनन् भने पछिबाट अश्रुग्यास बिस्फोट गर्दै आन्दोलनकारीहरूको कब्जामा रहेको डम्बर चौकलाई समेत आफ्नो कब्जामा लिएका थिए। 

डम्बर चौकमा पुलिसले कब्जा जमाए पछि आन्दोलनकारीहरूलाई रबर बुलेट अनि अश्रु ग्यास दाग्दै हस्पिटल रोड, डी.एस गुरुङ रोड, सी.के चौक हुँदै कञ्चन सिनेमा हलसम्म लखेट्दै पुगेको थियो। यस अवधी आन्दोलनकारीहरूलाई शहरबाट पूर्णरूपले खेदेर सडक खाली गर्न पुलिसले एक दर्जन भन्दा धेर अश्रुग्यास छोड्न परेको थियो। 
सोहिक्रममा पुलिसका आईजी समेतले कालेबुङ शहरको दौडाहा गरेर पूर्णरूपले जानकारी लिने कार्य गरे। उनले कालेबुङ जिल्ला पुलिस अधिक्षकको साथमा मेन रोड, मोटर स्ट्य़ाण्ड, सीके चौक, कञ्चन सिनेमा हल हुँदै ट्राफिक पुलिस कार्यालय सम्मको दौडाहा गरेर जानकारी लिने कार्य गरे। यसक्रममा उनले आन्दोलनकारीहरूलाई शहरमा प्रवेश गर्न नदिनका निम्ति ठाउँ ठाउँमा पुलिस ब्यारिकेड् निर्माण गर्ने निर्देश दिएका छन्।
यता आज पुलिसले गरेको पक्राउ अभियानमा मोठ 15 जनालाई पक्राऊ गरेको थाह लागेको छ। पक्राऊ परेकाहरू मध्ये कालेबुङ नगरपालिकाको वार्ड नम्बर 7 की महिला नगर पार्षद बिमला छेत्री पनि सामेल रहेको थाह लागेको छ। पक्रा परेकाहरू सबैलाई आज नै कालेबुङ न्यायलयमा पेश गरिएको थियो। 

Related Posts

0 Response to "फेरि कालेबुङ बन्यो रणभुमी... 15 पक्राउ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.