-->
दिल्लीमा जापको पार्लिमेन्ट मार्च

दिल्लीमा जापको पार्लिमेन्ट मार्च

डी के वाइबा, कालिमन्युज नयाँ दिल्ली 8 अगस्त। दिल्ली पुलिसको कठोर घेरा बिच पनि आज जन आन्दोलन युवा एकाईको आयोजनामा पार्लिमेन्ट मार्च कार्यक्रम सम्पन्न भएको छ।गत केही दिन अघि जाप अध्यक्ष डा हर्कबहादुर छेत्रीले दिल्लीमा केन्द्रको मौनता तोड्न संसद भवनसम्म मार्च गर्नु पर्ने सबै पक्षलाई आवहान गरेका थिए ।
पूर्वघोषित कार्यक्रम अनुसार आज बिहान १० बजिदेखि युवा एकाईका कार्यकर्ताहरु जन्तरमंन्तर पुगेका थिए ।पार्लिमेन्ट मार्च कार्यक्रम पत्तो पाएपछि दिल्ली पुलिस भारी संख्यामा दलबल सहित कार्यक्रम रोक्न संसद मार्गमा आज बिहारदेखी नै तैनाथ थियो ।शुरुमा जन्तरमंन्तरस्थित जाप अध्यक्ष डा छेत्रीले जनतालाई सम्बोधन गर्दै गोर्खाल्यान्डको माग अब दिल्ली मै जोडतोडले गुन्जाउनु अनिवार्य रहेको बताए ।उनले सरकार जनताको जनप्रतिनिधि रहेकोले अब भारतीय गोर्खा जातिको राजनैतिक सुरक्षा र चिन्हारीको समस्या दिल्लीमा रहेको केन्द सरकारले हल गर्नु पर्ने बताए । संविधान भनेको सरकार होइन संविधानले सबै जनताको हीत र अधिकारको रक्षा गर्छ भने यसलाई रोक्ने सरकार को हो ? भन्दै प्रश्न गरे । 
केन्द्र सरकारको ध्यानाकर्षण गराउन नै आजको कार्यक्रम आयोजना गरेको बताए ।सभापछी जन्तरमंन्तरबाट पार्लिमेन्ट मार्च कार्यक्रम शुरु भयो । जुलुसलाई जाप अध्यक्ष डा हर्कबहादुर छेत्री,युवा एकाईका अध्यक्ष बिशाल राई,पंकज छेत्री , अमीर बस्नेत आधीले नेतृत्व गरेका थिए । जुलुसलाई दिल्ली पुलिसले जन्तरमंन्तरको गेटमै रोकेको थियोे । प्रदर्शनकारीहरुको साहास र उत्साहले दिल्ली पुलिसको पहिलो ब्यारिकेट ध्वस्त पारी जुलुस व्यापक नाराबाजीको साथ अघि बड्यो । हामारी माग गोर्खाल्यान्ड, केन्द्र सरकार होसमे आवो, दमन नीति नहि चलेगा, काला शासन नहिचलेगा को नारा लाउदै संसद मार्गमा अघि बढिरहेको जुलुसलाई दुई किलोमीटर हिडिपछी फेरि पुलिसले ब्यारिकेट लगाएर रोक्यो । त्यहा प्रदर्शनकारीहरुले पुलिसलाई नरोक्ने आग्रह गरे तर दिल्ली पुलिसले त्याहाबाट संसद भवन तर्फ जुलुसलाई जान नदिन व्यापक पुलिस बल पुर्ण तयारीको साथ उतारेको थियोे ।
पुलिसले बाधा दिएपछि सडकमै बसेर प्रदर्शनकारीहरुले घन्टौ नाराबाजी गरिरहे । प्रदर्शनकारीहरुले आफ्नो नेतृत्वहरुलाई संसद भवनसम्म गएर गोर्खाल्यान्डको मेमोरेन्डम लोकसभा स्पिकरलाई बुझाउन दिनपर्ने माग गरे ।पुलिसले त्याहाबाट दुई जना प्रतिनिधिलाई संसद भवनसम्म जान दिए । जाप अध्यक्ष डा हर्कबहादुर छेत्री र युवा एकाईको अध्यक्ष विशाल राईले संसद भवन पुगि लोकसभा स्पिकर सुमित्र माहाजनलाई सम्बोधन गरेर लेखिएको मेमोरेन्ड्म चडाए ।मेमोरेन्डममा अहिले पहाडमा भइ रहेको गोर्खाल्यान्ड आन्दोलन बिषय सदनमा बहस गराइदिने अपिल गरिएको छ । 
गोर्खाल्यान्ड आन्दोलनको कारण 55 दिनदेखि पहाड बन्द रहेको ,गोर्खाल्यान्डको मागमा 18 दिन देखि भोक हडताल बसेका युवाहरु नाजुक अवस्थामा रहेको, 9 जना आन्दोलनकारीहरुले ज्यान गुमाएको कुरा उल्लेख गर्दै यस्तो अवस्थामा केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेको छ । क्षेत्रको सांसदले पहाडको यस्तो अवस्था हुदा हुँदै पनि सदनमा कुरा नउठाएको र आफ्नो सांसदीय क्षेत्र भ्रमण नगेको कुरा उल्लेख गरेको छ ।आजको पार्लिमेन्ट मार्चमा दिल्लीबासि गोर्खाहरु पनि उपस्थित थिए ।

Related Posts

0 Response to "दिल्लीमा जापको पार्लिमेन्ट मार्च "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.