-->
राष्ट्रिय बाल विज्ञान काङ्ग्रेस (न्याशनल चिल्ड्रेन्स साइन्स काङ्ग्रेस) को  राज्य स्तरिय प्रतियोगितामा भाग लिन कालेबुङ जिल्लाबाट पाँच बाल वैज्ञानिक विद्यार्थीहरु प्रस्थान

राष्ट्रिय बाल विज्ञान काङ्ग्रेस (न्याशनल चिल्ड्रेन्स साइन्स काङ्ग्रेस) को राज्य स्तरिय प्रतियोगितामा भाग लिन कालेबुङ जिल्लाबाट पाँच बाल वैज्ञानिक विद्यार्थीहरु प्रस्थान

कालिमन्युज, कालेबुङ, 19 सेप्टेम्बर 2019: भारत सरकारको विज्ञान अनि तकनिकी विभाग अन्तर्गत राष्ट्रिय बाल विज्ञान काङ्ग्रेस (न्याशनल चिल्ड्रेन्स साइन्स काङ्ग्रेस) को तत्वधानमा आयोजित राज्य स्तरिय प्रतियोगितामा भाग लिन कालेबुङ जिल्लाबाट पाँच विद्यालयका एक टोलि आ आफ्नो प्रोजेक्ट प्रस्तुत गर्न आज दुर्गापुर हिडेँ। 
नव गठित कालेबुङ जिल्ला कमिटी एन सी एस सी को आयोजनामा भएको जिल्ला स्तरिय प्रोजेक्ट प्रतियोगितामा प्रस्तुत गरिएको 18 प्रोजेक्ट मध्ये पाँच वटा प्रोजेक्ट राज्य स्तरिय काङ्ग्रेसको निम्ति चुनिएका छन। राज्य स्तरिय काङ्ग्रेसमा वृन्दावन विद्यालयका प्रजल छेत्री, जलढक्का उ मा वि का एड्रीना राई, कुमुदिनी होम्सका ला छिरिङ लेप्चा, लिङ्से उ विद्यालय का रिप्का लेप्चा अनि गित्डाब्लिङ उ मा विद्यालय का अनन्य राईले कालेबुङ जिल्लालाई प्रथम चोटि प्रतिनिधित्व गर्दै आफ्नो प्रोजेक्ट प्रस्तुत गर्नेछन।
21 र 22 सितम्बरको दिन डी ए भी मोडल स्कुल दुर्गापुरमा राज्य भरिका 24 वटा जिल्ला बाट 500 जति शिशु वैज्ञानिकहरुले भाग लिनेछन। स्वच्छ, हरित अनि स्वस्थ राष्ट्रको निम्ति विज्ञान, तकनिकी अनि नव पदधति यस वर्ष को प्रोजेक्टको थिममा 27औ काङ्रेस देशका अन्य राज्यहरुमा पनि भैरहेको छ। राज्य स्तरिय काङ्ग्रेसमा छनौट भए राष्ट्रिय स्तरमा पनि विद्यालयहरुले भाग लिन पाउनेछन।
कालेबुङ डिस्ट्रिक्ट कमिटि न्याशनल चिल्ड्रेंस साइन्स कांग्रेस का डिस्ट्रिक्ट कोअर्डिनेटर तथा जलढक्का उ मा विद्यालयका सह शिक्षक ए के राई अनि एस्कर्ट लिङ्से उच्च विद्यालयका शिक्षिका अनुजा शर्मा को नेतृत्वमा टोलिले प्रस्थान गर्न अघि एक प्रेस मिट गरेर कांग्रेसको बारेमा विस्तृत जानकारी छ। आजको प्रेस मिटमा बाल वैज्ञानिक विद्यार्थीहरुले पनि आफ्नो प्रोजेक्टको बारेमा जानकारी दिए।

0 Response to "राष्ट्रिय बाल विज्ञान काङ्ग्रेस (न्याशनल चिल्ड्रेन्स साइन्स काङ्ग्रेस) को राज्य स्तरिय प्रतियोगितामा भाग लिन कालेबुङ जिल्लाबाट पाँच बाल वैज्ञानिक विद्यार्थीहरु प्रस्थान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.