-->
जाप युवा एकाईले शुरु गर्यो  सांसदहरूलाई  भेटौँ कार्यक्रम

जाप युवा एकाईले शुरु गर्यो सांसदहरूलाई भेटौँ कार्यक्रम

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 6 अगस्त। एकातिर छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पहाडमा अनिश्चितकालिन बन्द जारी छ भने अर्कोतर्फ पहाडका राजनैतिक दलहरू दिल्लीमा डेरा जमाउन थालेका छन्। छुट्टै राज्य आन्दोलनलाई दिल्लीमुखी बनाउँन सम्पूर्ण राजनैतिक दलहरूको संयुक्त संस्था गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले दिल्लीमा कार्यक्रमहरू गर्दैछ भने सोहिभित्रका दलहरूले छुट्टा-छुट्टै प्रकारले पनि कार्य गर्दै आइरहेको छ। यस्तो अवस्थामा जन आन्दोलन पार्टीले पनि दिल्लीमा आफ्नै प्रकारले पनि गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउने कार्य आरम्भ गरेको छ।
दिल्ली पुगेको जन आन्दोलन पार्टीको युवा एकाईले अहिले दिल्लीमा विभिन्न दलका सांसदहरूलाई भेट गरेर गोर्खाल्याण्डको निम्ति समर्थन बटुल्ने कार्य सुरु गरेको छ। सडकमा जोडतोडले भइरहेको गोर्खाल्यान्ड आन्दोलनलाई सदनमा पुर्यालउन जाप युवा एकाईले देशको राजधानी दिल्लीमा सांसदहरूलाई भेट गर्ने कार्यक्रम शुरु गरेको युवा एकाईका अध्यक्ष बिशाल राईले जानकारी दिएका छन्। दिल्ली पुगेका दस सदस्य टोलीले 29 वटै राज्यका सांसदहरूलाई भेट गरि सदनमा गोर्खाल्यान्डको कुरा सम्बोधन गरिदिने अनि गोर्खाल्यान्डको प्रस्ताव सदनमा आए समर्थन गरेर देशभक्त गोर्खाहरुलाई न्याय दिल्याईदिने अपील संगै "सांसदहरू भेटौ" कार्यक्रम शुरु गरेको विशाल राईले जानकारी दिएका छन्।
‘अहिले संसदको सत्र चलिरहेको अवस्थामा गोर्खाल्याण्डको बिल आउनुपर्ने हो। गोर्खाल्याण्डको बिल संसदमा ल्याउनका निम्ति हाल दिल्लीमा सबै राजनैतिक दलका सांसदहरूलाई भेटेर समर्थन बटुल्ने कार्य आरम्भ गरेका छौँ’ विशाल राईले भने। पहिलो दिनको कार्यक्रममा लोकसभामा आन्द्रा प्रदेशबाट 16 जना सांसदहरूलाई प्रतिनिधि गर्ने तेलगु देशम पार्टीका सांसद मुरली मोहन
मगनतिलाई टोलिले भेट गरेको राईले जानकारी दिएका छन्। यस भेटमा टोलिका प्रतिनिधि बिशाल राई अनि पंकज छेत्रीले हाल दार्जिलिङ पहाडमा भइरहेको छुट्टै राज्यको आन्दोलन बिषय विस्तृत जानकारी गराएको थप बताएका छन्।
आन्दोलनको क्रममा नौ जना गोर्खा युवाहरूलाई बंगाल पुलिसले गोलि ठोकी हत्या गरेको, 53 दिन देखि पहाड बन्द रहेको, 12 जना भोकहडतालमा बसेका युवा आन्दोलनकारीको अवस्था गम्भीर बन्दै गइरहेको अवस्था बताउदै सांसदहरूले सदनमा कुरा उठाइदिने माग गरिएको राईले अझ बताएका छन्। राज्य सरकारले मानव अधिकार हनन गर्दै ईन्टरनेट सेवा, खाध्यन्न आधी बन्द गरिएको कुराहरू पनि सांसदहरूलाई बताएर सदनमा आवाज उठाइदिने अपिल गरेको उनले बताएका छन्।
गोर्खाल्यान्डको न्यायोचित अनि संवैधानिक माग गोर्खाल्यान्डलाई दबाउन राज्य सरकार लागिपरेको कुरा स्पष्ट बताउदै अब देशभक्त गोर्खालाई देशले न्याय दिनपर्ने अनि यसको निम्ति सदनमा आवाज उठ्न अनिवार्य रहेकाले नै जापले सांसदहरूलाई भेटौँ कार्यक्रम थालेको पनि उनले स्पष्ट पारेका छन्।
सांसदहरूलाई भेट्ने क्रममा जाप युवा एकाई टोलिले उडिसाका बिजु जनता दलबाट 20 जना सांसदहरुलाई प्रतिनिधि गर्ने सांसद जिन्ना हिकाकालाई पनि भेट गरि अपील पत्र पेश गरिएको जानकारी दिएका छन्। यसका साथै बिहारबाट जेडियुका सांसदहरूलाई प्रतिनिधि गर्ने सांसद कुशुलेन्द्र कुमारलाई पनि भेट गरि गोर्खाल्यान्डको मुद्दालाई समर्थन गरि गोर्खाहरुलाई न्याय दिलाइदिने अपील
गरेको विशाल राईले जनाएका छन्। यसक्रममा विभिन्न राज्यका सांसदहरुलाई भेट गर्दै राष्ट्रिय स्तरमा पहाडको मुद्दालाई पुर्याकउने युवा एकाईको पहल जारी राख्ने  सचीव अमीर बस्नेतले बताएका छन् । सांसद भेटौँ टोलिमा जाप युवा एकाईका नरेश राई, बिरु तामाङ, नर्वट लेप्चा, सोङ्देन लेप्चा, अर्पण गुरुङ र सोनाम लामा उपस्थित रहेको थाह लागेको छ।

Related Posts

0 Response to "जाप युवा एकाईले शुरु गर्यो सांसदहरूलाई भेटौँ कार्यक्रम"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.