-->
ज़ीएमसीसी को निर्णयहरु

ज़ीएमसीसी को निर्णयहरु

क़ालिमन्युज, दिल्ली, 1 अगस्त 2017: गोर्खाल्याण्ड मुभमेंट कोअर्डिनेसन कमिटि (ज़ीएमसीसी) को एन सीयुआइ दिल्लीमा 1 अगस्त 2017मा बसेको  बैठकमा साँडे पाँचघण्टाको बहस र चर्चा परिचर्चा पछि केहि मुख्य निर्णयहरु लिइए।  जीएमसीसीका सन्योजक कल्याण देवानले प्रेस सम्मेलनमा अनि जीएमसीसीको आजको बैठकमा उपस्थित सदस्यहरुले बताएका मुख्य निर्णयहरु यस प्रकार छन।

1.  केन्द्र सरकारले चाँडै हस्तक्षेप गर्नु पर्ने मागमा अनिश्चित्कालिन बन्द यथावत पालन गरिनेछ। बन्द जनताले पालन गरिरहेको कारण जनतालाई मात्र यो खोल्ने अधिकार रहेकोछ ।

2. बन्द खोल्ने सर्तहरू -प्यारा मिलटेरी फोर्स हटाउनु अनि  केन्द्र सरकारले बातचित गर्न जीएमसीसीसंग सम्पर्क गरेर समाधानार्थ गोर्खाल्याण्ड गठनको मागमा बैठक गर्नु अनि जनताको आकांक्षाको सम्मान गर्नु पर्नेछ

3. चलिरहेको सामुहिक नेतृत्वलाई प्राथमिकताको आधारमा सबैले अघि बढाउदै जानु पर्नेछ सबैको वान  पोइन्ट एजेण्डा गोर्खाल्याण्ड मात्र रहनु पर्नेछ अनि अन्य केही हुन पाउनेछैन।

4. 2017 को  स्वतन्त्रता दिवसमा झण्डोत्तोलन र राष्ट्रिय गित् मात्र गाएर साधारण रुपमा  पालन गरिनेछ अन्य कार्यक्रम नगर्ने तय भएको छ ।

5. 15 अगस्तको दिन मानव अधिकारको हननको विरोधमा  विश्वभरि  नै सबै ठाँउमा  मानव श्रृङ्खला  हयुमन्  चेन बनाएर प्रदर्शन गरिनेछ |

6. पहाडमा चलिरहेको नेटबन्दीको विरोध जनाउदै सबैले राष्ट्रपतिलाई पोस्टकार्ड पठाउने छन।

7. गोर्खाल्याण्ड् आन्दोलन बारे हस्तक्षेप नागेको अनि ध्यानार्कर्षण चाहेको केवल केन्द्र सरकारसंग मात्र रहेकोले बङ्गाल सरकारलाई नजर अन्दाज गरेर अघि बड्नेछन।

8. 5 अगस्तदेखि  संयुक्त रूपमा केन्द्रीय नेताहरूलाई  जीएमसीसीले भेट्ने, लबी गर्नेछन।

9. 4 अगस्तको दिन जन्तर मन्तरमा गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिद्वारा चलाइरहेको 12 घण्टे भोक हड्तालमा जीएमसीसीका सबै संस्थाका शिर्षस्थ नेताहरू पनि सांकेतिक हड्तालमा बस्नेछन।

10. 5 अगस्तको दिन दिल्लीमा जीएमसीसीको  एक समीक्षात्मक बैठक बस्नेछ।

11. एमपी एसएस आहलुवालियालाई अघि लगाएर 2 अगस्तदेखि दिल्लीमा केन्द्र सरकार र मंत्री अनि सांसदहरुलाई भेटेर हस्तक्षेपको मागमा कुरा गर्ने पत्राचार गर्नेछन। 

12. जीएमसीसीलाई राष्ट्रीय स्तरको छाता संगठाउन बनाउन राज्य  राज्यमा भएका संस्थाहरुलाई एकै स्थानमा ल्याउन  समन्वय समिति बनाइनेछ्, अनि जीएमसीसीको शाखा गठन गरिनेछ।

13. आन्दोलनलाई जीएमसीसीले अघि बढाउदै यसकै ब्यानरमा आगामी कार्यक्रम आयोजन गर्नेछ् कुनै एक दललेे एकल  निर्णय् लिनेछैन।                                                                         

14. देश भरिका गोर्खा बौद्धिक विषय विशेषज्ञहरूलाई सम्मिलित गरेर एउटा सल्लाहकार समिति बनाइनेछ जसको संयोजक मुनिश तामाङ चुनियो। यसमा  ‘डा. महेन्द्र पी. लामा, त्रिलोक देवानहरू आदिलाई लिइनेछ

15. 15 अगस्त पछि GMCC ले धारावाहिक रुपमा विशेष दिल्ली र दार्जीलिङमा प्रभावकारी कार्यक्रमहरु गर्ने ।

16. 15 अगस्त पछि दिल्लीमा नै  क्रमिक अनशन गर्नेछ ।

17. 15 अगस्तको दिन बैठक बसेर् आगामी कार्यक्रमका रुपरेखा तैयार पारिनेछ।

18. दलदलबीचको प्रतिस्पर्धा सबैले त्याग्नेछन।

0 Response to "ज़ीएमसीसी को निर्णयहरु"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.