-->
पहिलो दिनको बन्दमा सरकारी कार्यालयमा कर्मचारीवर्गको उपस्थिति शुन्यप्राय रह्यो

पहिलो दिनको बन्दमा सरकारी कार्यालयमा कर्मचारीवर्गको उपस्थिति शुन्यप्राय रह्यो

पुलिस र बन्द समर्थकहरुमाझ घम्सा घम्सी
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 12 जुन। गोर्खा जनमुक्ति मोर्चाले आजदेखि डाकेको अनिश्चितकालिन सरकारी कार्यलय बन्दको पहिलो दिन कालेबुङका अधिकांश कार्यलयहरू पुलिस प्रशासनको सहयोगमा खुल्ला रहेपनि कर्मचारीवर्गको उपस्थिति भने नगण्य रहेको थियो। जसको कारण सरकारी कार्यालयहरू खुल्ला रहेर पनि कर्मचारीवर्गको अनुपस्थितिमा कुनै पनि कार्य सुचारू चल्न सकेको थिएन। 
बन्द समर्थकहरुद्वारा महकुमा शासकको वाहनलाई प्रतिरोध
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको कार्यालयलाई बङ्गाल सरकारले बन्द गरेको विरोधमा सरकारी कार्यालयहरूमा मोर्चाले अनिश्चितकालिन बन्द डाकेपछि कर्मचारीवर्गलाई भने आफ्नो कार्यमा आउनै पर्ने सरकारी आदेश जारी भएको थियो। यस्तो अवस्थामा सरकारी कार्यालय खुल्ला राख्न नदिनका निम्ति मोर्चा कार्यकर्ताहरू बिहानैदेखि पिकेटिङ गर्नका निम्ति सडकमा ओलिएका थिए। मोर्चाले डाकेको सरकारी कार्यालय बन्दको अवस्थामा पनि कालेबुङ जिल्लापाल अनि महकुमा कार्यालय भने खुल्ला नै रहेको थियो। 
बन्द समर्थकहरू पिकेटिङ गर्नका निम्ति कालेबुङ जिल्लापालको कार्यालयमा पुग्न अगावै जिल्लापाल डा. विश्वनाथ आफ्ना कार्यलयमा पुलिस प्रशासनको सहयोगमा प्रवेश गरेका थिए। यसका साथै जिल्लापालसँगै महकुमा अधिकारी अनि अन्य अधिकारीवर्ग पनि कार्यालयमा प्रवेश गर्न सफल भए पनि कर्मचारीवर्ग भने आफ्नो कार्यमा जान सकेनन्। 
मोर्चा समर्थकहरूले बन्दलाई समर्थन गरिदिने आह्वान गर्दै कर्मचारीवर्गलाई कालेबुङ जिल्लापाल कार्यालय लगायत अन्य कार्यालयहरूमा प्रवेश नगरिदिने आह्वान गरेपछि आफ्ना कार्यमा आएका कर्मचारीवर्ग पनि कार्यमा भने उपस्थिति दिन असमर्थन बनेपछि अधिकांश कार्यालयहरू खुलेर पनि केहि कार्य भएको थिएन। 
यता बन्द अवधी विभिन्न सरकारी कार्यालयहरूमा प्रशासनले सुरक्षा व्यवस्थालाई कठोर बनाउने कार्य गरेको थियो भने कालेबुङ जिल्लापाल कार्यालयमा भने जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव अनि बन्द समर्थकहरूमाझ भनावैरी समेत भएको थियो। बन्द समर्थकहरूलाई जिल्ला पुलिस अधिकक्षले जिल्लापाल कार्यालयमा प्रवेश गर्ने सडकबाट हटाउने प्रयास गरेपछि भनावैरी भएको थियो भने यस अवधी बन्द समर्थकहरूले ‘बङ्गालको पुलिस प्रशासन मुर्दावाद!’ जस्ता नाराबाजी समेत लगाएका थिए। 
यता मोर्चाले डाकेको सरकारी कार्यालय बन्द पूर्णरूपले सफल भएको गोजमुमो कालेबुङ जिल्ला समितिका सचिव कुमार चामलिङले दाबी गर्दै सम्पूर्ण जनतालाई धन्यवाद दिएका छन्। ‘मोर्चाले डाकेको सरकारी कार्यलय बन्दको पहिलो दिन पूर्णरूपले सफल बनेको छ। हामी सम्पूर्ण कर्मचारीवर्गलाई आभार व्यक्त गर्दछौँ’ कुमार चामलिङले भने।
यता कालेबुङ जिल्लापाल डा. विश्वनाथले भने कालेबुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा रहेका कार्यालयहरू खुल्ला रहेको बताएका छन्। यद्यपी उनले कर्मचारीवर्गको उपस्थितिबारे भने स्पष्ट पारेनन्। 

Related Posts

0 Response to "पहिलो दिनको बन्दमा सरकारी कार्यालयमा कर्मचारीवर्गको उपस्थिति शुन्यप्राय रह्यो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.