-->
सर्वदलिय वैठकमा जापले भाग नलिने घोषणा....मोर्चाले जापको सुझाव मानिलिए आन्दोलनमा सँगै खडा हुनेछौँ – डा. छेत्री

सर्वदलिय वैठकमा जापले भाग नलिने घोषणा....मोर्चाले जापको सुझाव मानिलिए आन्दोलनमा सँगै खडा हुनेछौँ – डा. छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 12 जुन। गोर्खा जनमुक्ति मोर्चाले बोलाएको सर्वदलीय बैठकमा जन आन्दोलन पार्टीले भाग नलिने घोषणा गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आज पत्रकारहरूसँग कुराकानी गर्दै सर्वदलिय वैठकमा भाग नलिने अडान स्पष्ट पारेका हुन्। मोर्चाले कुनै पनि कार्यक्रमको घोषणा गर्न अघि सर्वदलिय वैठक बोलाउनुपर्ने बताउँदै कार्यक्रम घोषणा गरेर सर्वदलिय वैठक बोलाउनु औचित्यविहिन रहेको डा. छेत्रीको भानाइ रहेको छ।
‘सर्वदलीय बैठक त्यतिखेर बोलाइन्छजतिखेर सर्वदलीय सहमतिमा आन्दोलन तय गर्नुपर्ने हुन्छ। तर मोर्चाले त कार्यक्रम तय गरेर पनि कार्यरूपमा ल्याइसकेपछि सर्वदलिय वैठक बोलाउँदैछ। आज भाषाको कुरा उठ्ने वित्तिकै यदि सर्वदलीय बैठक बोलाएर मतामत मागिएको भए हामी पनि जाने थियौँ। अब उनीहरूले कार्यक्रम नै दिइसकेपछि सर्वदलीय बैठक बोलाउनुको कुनै औचित्य छैन’ डा. छेत्रीले भने। यसक्रममा उनले यदि मोर्चाले साँच्चै छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति आन्दोलन गर्न चाहन्छ भने जापले दिएको तीनवटा सुझावलाई मानिलिनुपर्ने अपिल गरेका छन्। ‘गोजमुमोले यदि गोर्खाल्याण्डको आन्दोलन गर्नै चाहन्छ भने जापले तीनवटा सुझाउ दिँदछ। त्यस सुझावलाई मोर्चाले यदि मानिलिन्छ भने हामी मोर्चाको आन्दोलनलाई सडकमा निस्केर नै सहयोग गर्नेछौँ’ डा. छेत्रीले भने।
पत्रकारहरूसँग कुराकानी गर्दै जाप अध्यक्षले मोर्चालाई तीनवटा सुझावहरू दिएका छन्। जापले दिएको सुझाउको पहिलो बुँदामा – ‘जीटीए चुनाउ मोर्चाले लड्नु हुँदैन’ भनेको छ भने दोस्रो बुँदामा ‘विधायकहरूलाई राजिनामा गर्न लाउनुपर्छ’ भनेको छ। यता सुझाउको अन्तिम बुँदामा ‘भाजपाले दलगत हिसाबले राजनैतिक प्रस्ताव पारित गरेर मनसुन सेसनमा गोर्खाल्याण्ड बील संसदमा  प्रस्तुत गर्नुपर्छ अनि बील संसदमा नल्याएमा सांसदलाई राजिनामा गर्न लगाउनुपर्छ’ भनेको छ। 
यस तीनवटा सुझावलाई मोर्चाले स्वीकार गर्छ भने जापलाई सर्वदलिय वैठकमा नबोलाए पनि मोर्चाको आन्दोलनलाई सडकमा ओलिएर सहयोग गर्ने डा. छेत्रीले प्रतिबद्धता जाहेर गरेका छन्। मोर्चाले गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाएर आगमी जीटीए चुनाव नलड्ने घोषणा गर्छ भने जापले पनि चुनावलाई बहिष्कार गर्ने पनि स्पष्ट पारेका छन्। यसो गरेको खण्डमा अन्य दलहरूलाई पनि चुनावमा भाग नलिने अवस्था आउँने बताएका छन्। ‘यति तीनवटा सुझावलाई गोजमुमोले मानिलिएको खण्डमा अलग राज्यको आन्दोलनमा जन आन्दोलन पार्टी एकसाथ सडकमा ओर्लिनेछ’ डा. छेत्रीले स्पष्ट भने।
आजसम्म गोजमुमोले छुट्टै राज्य गोर्खाल्याण्डका निम्ति भनेर थुप्रैपल्ट आन्दोलनको घोषणा गरेपनि मोर्चाले त्यस आन्दोलनहरूलाई कसैको अनुरोधमा बारम्बार फिर्ता लिएको घट्नाले यसपल्ट पनि त्यस्तो हुँदैन भन्ने के ग्यारेन्टी छ? भनि जापले प्रश्न गरेको छ। सोहिकारण मोर्चाले आन्दोलनलाई साँचोरुपले अघि बढाउन चाहन्छ भने जापको तीनवटा सुझावलाई मान्नुपर्ने आह्वान गरेको छ।

Related Posts

0 Response to "सर्वदलिय वैठकमा जापले भाग नलिने घोषणा....मोर्चाले जापको सुझाव मानिलिए आन्दोलनमा सँगै खडा हुनेछौँ – डा. छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.