-->
गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै सर्जकहरू ओर्लिए सडकमा

गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै सर्जकहरू ओर्लिए सडकमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 18  जुन। पुलिसको गोलिले रोक्दैन, गोर्खा कहिले झुक्दैन’ – कालेबुङका सडकमा अप्रत्यासित निस्केका हजारौँ जनताले नाराबाजी गर्दै थिए। गोर्खाल्याण्डको मागलाई अघि बडाउँन निस्केका जनताको आन्दोलनलाई साथ दिँदै यता जनमुक्ति पार्कमा कवि, कलाकार, सङ्गीतकर्मीहरू सिर्जनात्मक अभिव्यक्ति दिइरहेका थिए। चित्रकारहरूले दार्जीलिङमा पुलिसले गरेको बर्वरतालाई कुचीले क्यान्भस भरिरहेका थिए। कवितामा कविहरूले सरकारको कटु आलोचना गर्दै गोर्खाल्याण्डको आन्दोलनलाई सिर्जनात्मक अभिव्यक्ति दिइरहेका थिए। सङ्गीतकर्मीहरूले सङ्गीतकै माध्यमबाट छुट्टै राज्यको आन्दोलनलाई गतिशिल बनाउँनका निम्ति सिर्जनात्मक अभिव्यक्ति दिँदा मानिसहरूको उपस्थिति पनि जनमुक्ति पार्कमा हेर्न लायकको नै रहेको थियो।
“यदि तिमीले वितरण गरेको
कोदालो, आर्चरी, हँसिया, मार्तोल र आरी
विष्फोटक हतियार हो भन्छौ भने
यदि तिमीले दिएकै सामग्री देखाएर
हामी हतियारधारी आतङ्ककारी ठान्छौ भने
तिमी विफोटक सामग्री निर्माण गर्ने कारखाना हौ सरकार !
यदि तिमीले दिएकै सामग्री चलाउँदा आतङ्ककारी ठान्छौ भने 
तिमी आतङ्ककारी जन्माउँने अड्डा हौ सरकार !” कविताको माध्यमबाट वर्तमान दार्जीलिङ राजनैतिक स्थितिबारे सरकारको आलोचना गर्दै डीके वाइबाले कविताको माध्यमले भने।

“स्वीकार छैन हामीलाई तिम्रो राम कहानी
स्वीकार छैन हामीलाई बन्द जिन्दगानी
पिञ्जराको पङ्क्षी भइ बाँच्नु हामीलाई छैन
आँसुको घुट्को पिएर बाँच्नु हामीलाई छैन
बाटो देऊ ! बाटो देऊ
नौलो युगलाई बाटो देऊ” - नाट्यभुषण सिके श्रेष्ट लगायत अन्यले स्वरमा स्वर थप्दै साङ्गीतिक अभिव्यक्ति दिइरहेका थिए।
“तेरो ईशारामा रुँदैछ शहर
तेरो ईशारामा गोली, बम-बारुद पड्काउँदैछ
दिनका दिन जल्दैछ शहर
तेरो सेतो साडी गोर्खाको रगतले रङ्गीएको छ
हत्यारा सरकार।” – युवा कवि प्रेम शर्माले कविता पठन गर्दै भने।

स्थानिय युवा सर्जकहरूको सक्रियतामा पहल नाम गरि आयोजना गरिएको उक्त सिर्जनात्मक अभिव्यक्तिमा कवि टिका भाइ, सिके श्रेष्ठ, प्रदिप लोहागुण, सुवास श्रेष्ठ, छेवाङ योञ्जन, सुदर्शन तामङ, पुकार राई आदिले सिर्जनात्मक अभिव्यक्ति दिएका थिए। 

Related Posts

0 Response to "गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै सर्जकहरू ओर्लिए सडकमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.