
कालेबुङ नगरपालिका अध्यक्ष अनि उपध्यक्षको नाउँ घोषणा
![]() |
Suva Pradhan (Right) and Sonam Yakha (Left) |
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 27 मई। कालेबुङ नगरपालिका चुनावमा 19 आसनमा विजयी हासिल गरेर बहुमत हासिल गर्ने गोर्खा जनमुक्ति मोर्चाले आखिरमा नगरपालिका अध्यक्ष अनि उपाध्यक्षको घोषणा गरेको छ। कालेबुङ नगरपालिका अध्यक्षको पदमा वार्ड नम्बर 10 बाट विजयी बनेका शुभ प्रधानलाई चयन गरिएको छ भने उपाध्यक्ष पदमा वार्ड नम्बर 8 बाट विजयी बनेका सोनाम याक्खालाई चयन गरिएको छ।
अध्यक्ष सुभ प्रधान अनि उपाध्यक्ष सोनाम याक्खाको नाउँ आज गोजमुमो कालेबुङ जिल्ला कमिटिका अध्यक्ष डा. आर. बी भुजेलले औपचारिक घोषणा गरेका हुन्। गोजमुमो पार्टी कार्यलयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डा. भुजेलले उक्त नाउँको घोषणा गरेका हुन्।
कालेबुङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षको नाउँ मोर्चा अध्यक्ष विमल गुरुङले नै चयन गरेर सिलबन्द लिफामा दार्जीलिङबाट कालेबुङ पठाएका थिए। अत्यन्तै गोप्य राखिएको उक्त लिफालाई डा. आर. भुजेलले खोलेर नगर अध्यक्ष अनि उपाध्यक्षको नाउँ घोषणा गरेपछि दुवै पार्टी कार्यलयमा शुभकामना दिनेहरूको भीड जमेको थियो।
‘कालेबुङ नगरपालिका अध्यक्षको पदमा शुभ प्रधान अनि उपध्यक्षको पदमा सोनाम याक्खालाई चयनित गरिएको छ। उनीहरूको नाउँ यहाँ औपचारिक घोषणा गरिन्छ’ डा. आर.बी भुजेलले स्पष्ट भने। यसक्रममा मोर्चा प्रमुखको निर्णय अनुसार नै उनले नै चयन गरेको व्यक्तिलाई कालेबुङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षको नाउँ घोषणा गरेको पनि स्पष्ट पारेका छ्न्।
यता कालेबुङ नगरपालिका अध्यक्षको रुपमा वार्ड नम्बर 10 बाट बिजयी बनेका प्रार्थी सुभ प्रधानले आफुलाई नगरपालिका अध्यक्षको चयन गरिएको घोषणा पछि हर्ष प्रकट गर्दै मोर्चा अध्यक्ष अनि सम्पूर्ण कार्यकर्ताहरूलाई आभार प्रकट गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानले आफुले नगर अध्यक्षको पदभार ग्रहण गरेपछि कालेबुङ शहरका जनताको पक्षमा कार्य गर्ने पनि दाबी गरेका छन्।
‘गोजमुमोले चुनाव लड्न अघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। त्यस घोषणा पत्रमा समावेश कार्यहरूलाई प्राथमिकता दिएर कार्य गर्नेछौँ’ शुभ प्रधानले अझ भने।
अर्कोतर्फ नगरपालिका अध्यक्षको दावेदार मानिएका सोनाम याक्खालाई उपाध्यक्षको पदभार दिइएपछि प्रश्न गर्दा उनले सोझै भने –‘मैले वास्तवमा अध्यक्षको पद नै पाउँछु भन्ने लागेको थियो। खासैमा भन्नु हो भने राजनीतिमा मेरो चासो छैन। गोजमुमो अध्यक्ष विमल गुरुङकै आग्रहमा मैले चुनाव लडेको हुँ। म त राजनीति नजान्ने मान्छे। उनको आग्रहलाई स्वीकार गरेर चुनाव लडेपछि अब उनले नै उपाध्यक्ष दिएपछि यसलाई नै स्वीकार गर्दछु।’
यसक्रममा उनले अब कालेबुङ नगरपालिकालाई सुन्दर अनि समस्यामुक्त बनाउनका निम्ति कार्य गर्ने पनि बताएका छन्। ‘काम गर्नका निम्ति मानिसमा इच्छाशक्ति चाहिन्छ। त्यस इच्छाशक्तिलाई लिएर नै जनताको निम्ति काम गर्नेछु’ याक्खाले भने।
‘न खाउँगा, न खाने दुँगा, न सोउंगा न सोने दुंगा’ सोनाम याक्खाले अझ भने।
0 Response to "कालेबुङ नगरपालिका अध्यक्ष अनि उपध्यक्षको नाउँ घोषणा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.