-->
बङ्गला भाषा पढ्नुपर्ने विरोधमा विद्यार्थी मोर्चाको पोष्टरिङ

बङ्गला भाषा पढ्नुपर्ने विरोधमा विद्यार्थी मोर्चाको पोष्टरिङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 25 मई। पश्चिम बङ्गाल राज्यमा त्रैभाषिक फर्मुला लागु गर्दै बङ्गला भाषा सम्पूर्ण विद्यालयहरूमा अनिवार्य अध्ययन गर्नुपर्ने शिक्षा मन्त्री पार्थ च्याटर्जीको बयानलाई लिएर अहिलेघरी चौतर्फी विरोध सुरु भएको छ। 
यसैक्रममा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले बङ्गला भाषा अनिवार्य पढ्नुपर्ने कुराको विरोध गर्दै कालेबुङ शहरको विभिन्न स्थानभरी नै पोष्टरिङ गरेको छ। ‘नेपाली भाषाको अतिक्रमण हाम्रो संवैधानिक अधिकारको हनन् हो’, संस्कृति बाँचे जातित्व बाँच्छ जातित्व बाँचे देश, भाषा नै हाम्रो रहेन भने जातित्व सम्झ शेष’ जस्ता स्लोगानहरू लेखिएको पोष्टर विद्यार्थी मोर्चाले कालेबुङ शहरको डम्बर चौक, मोटर स्ट्याण्ड, दश माईल लगायत शहरको विभिन्न भागहरू टाँसेको छ। 
यता बङ्गला भाषालाई बङ्गाल सरकारले जब्बरजस्ती थोप्न खोजेको गोर्खा जनमुक्ति युवा मोर्चाले आरोप लगाएको छ। गोजयुमो कालेबुङ जिल्ला समितिका अध्यक्ष बारुद थापाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बङ्गला भाषालाई जब्बरजस्ती थोप्ने कार्य सरकारले गर्न नहुने बताएका छन्। यसक्रममा उनले सरकारको उक्त निर्णयको विरोध गर्न सम्पूर्ण राजनैतिक दल र संघ संस्थाहरू अघि आउनुपर्ने आह्वान पनि गरेका छन्।

0 Response to "बङ्गला भाषा पढ्नुपर्ने विरोधमा विद्यार्थी मोर्चाको पोष्टरिङ "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.