अनशनकारीहरूको मनोबल बडाउँन गोर्खालिग अध्यक्ष भारती तामङ कालेबुङमा ....गोजमुमोले सक्दिन भन्छ भने जापले ल्याउनेछ गोर्खाल्याण्ड – पङ्कज छेत्री
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 25 मई। जन आन्दोलन पार्टीको युवा एकाईले सुरु गरेको आमरण अनशनको दोस्रो दिन अनशनकारीहरूको मनोबल बडाउँनका निम्ति अखिल भारतीय गोर्खालिग पार्टीका अध्यक्षा श्रीमती भारती तामङ आएकी थिइन्। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा जाप युवा एकाईका 6 जना अनशनकारीहरूलाई गोर्खालिग अध्यक्षा तामङले भेट गरेर खदा लगाई मनोबल वृद्धि गराएका छन्।
यसक्रममा उनले आफ्ना पति स्व मदन तामङ हत्याकाण्डका आरोपिहरूलाई पुलिसले पक्राऊ गरेर न्याय दिनुपर्ने माग जाप युवा एकाईले गरिरहेको बताउँदै आज उनीहरूले सुरु गरेको अनशनलाई आफुले नैतिक समर्थन गर्दै मनोबल बृद्धि गर्नका निम्ति नै कालेबुङ आएर अनशनकारीहरूलाई भेट गरेको बताएकी छन्।
‘जाप युवा एकाईका सदस्यहरूले गरिरहेको धरनालाई पूर्ण समर्थन रहेको छ। उनीहरूको अनशनलाई साथ अनि समर्थन दिँदै अनशनकारीको मनोबल बडाउँननै यहाँ अनशनकारीलाई भेट गर्न आएकी हुँ’ भारती तामङले भनिन्।
सोहिक्रममा उनले एक प्रश्नको उत्तर दिँदै आफ्ना स्व पति मदन तामाङको निर्मम हत्या गरिएको सन्दर्भमा एकदिन आफुले न्याय पाउने कुरामा विश्वस्त रहेको बताएकी छन्। ‘अहिले मेरो ध्यान केवल आफ्ना पतिका हत्याराहरूलाई सजाय दिलाएर मृत आत्माले शान्ति पाउनुपर्छ भन्ने कुरामा मात्रै छ। मलाई विश्वास छ मेरा पतिले निश्चय नै न्याय पाउनेछन्’ भारती तामङले भनिन्।
अर्कोतर्फ यता जन आन्दोलन पार्टीका केन्द्रिय समिति सदस्य पङ्कज छेत्रीले आमरण अनशनमा चाँढै युवा कार्यकर्ताहरूको सङ्ख्या वृद्धि हुने जानकारी दिएका छन्। उनले हाल आमरण अनशनमा विभिन्न स्थानहरूबाट युवा कार्यकर्ताहरू आइरहेको बाताउँदै उक्त युवा कार्यकर्ताहरूले अनशनमा भाग लिने जानकारी दिएका छन्।
यता जाप युवा एकाईले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति भोट जित्ने गोजमुमो पार्टीले भोट जितेपछि गोर्खाल्याण्डको निम्ति के गर्यो? भन्दै जवाब दिनुपर्ने माग गरेर सुरु गरेको अनशन सम्बन्धमा मानिसहरूले ‘जाप आफैले किन गोर्खाल्याण्डको आन्दोलन नगरेको?’ भन्ने प्रश्न गर्ने गरेको बताउँदै यसबारे स्पष्टिकरण पनि दिएका छन्।
‘गोर्खाल्याण्डको नाउँमा गोजमुमोले भोट जितेको छ। गोर्खाल्याण्डको निम्ति भोट जित्ने राजनैतिक दलले खोइ गोर्खाल्याण्ड ल्याएको? भोट मात्रै गोर्खाल्याण्डको नाउँमा माग्ने दलले किन गोर्खाल्याण्ड ल्याउन सक्दैन?’ जाप युवा एकाईले मोर्चालाई प्रश्न गरेको छ। यस प्रश्नको जवाब गोर्खाल्याण्डको नाउँमा भोट जित्ने दल गोजमुमोले दिनुपर्छ भनि पङ्कज छेत्रीले माग गरेका छन्।
‘जापले गोर्खाल्याण्डको नाउँमा भोट नजितेको कारण नै गोर्खाल्याण्डको नाउँमा भोट जित्ने दललाई गोर्खाल्याण्डको आन्दोलन गर भनेका हौँ। यदि मोर्चाले गोर्खाल्याण्ड ल्याउन सक्दैन भने उनीहरूले स्पष्ट भन्नु पर्छ। यदि मोर्चाले ‘हामी सक्दैनौँ’ भन्छ भने जापले गरेर देखाउँनेछ’ पङ्कज छेत्रीले अझ भने।

0 Response to "अनशनकारीहरूको मनोबल बडाउँन गोर्खालिग अध्यक्ष भारती तामङ कालेबुङमा ....गोजमुमोले सक्दिन भन्छ भने जापले ल्याउनेछ गोर्खाल्याण्ड – पङ्कज छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.