
जन आन्दोलन पार्टिको पश्चताप अनशन समाप्त ..... नबुझी गाली गर्नु भन्दा चुप लागेर बस्नु – डा. छेत्री
डी.के.वाइबा, कालिमन्युज कालेबुङ् 7 अप्रेल। ‘विमल गुरुङ अहिले लगाम बिनाको मान्छे भएका छन्। जसले गर्दा मनपरी बोल्दै हिँड्दैछन्। इतिहास नबुझी गाली गर्ने नेताहरूबाट जनताले ठूलो अपेक्षा राख्नु हुँदैन। यसकारण नबुझी गाली गर्नुभन्दा विमल गुरुङ बरु चुप लागेर बसेको रामो हुनेछ’ – उक्त कुरा डा. हर्कबहादुर छेत्रीले मोर्चा अध्यक्ष गुरुङ प्रति तिव्ररूपले आलोचना गर्दै भनेका हुन्।
उनले डम्बर चौकमा जाप युवा एकाइले सुरु गरेको पश्चताप धरना अनि अनशन फिर्ता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङ प्रति तिब्रा आलोचना गरेका हुन्। ‘कसैलाई गाली गर्न अघि इतिहास पढ्नुपर्छ। मोर्चाका साथीहरूले इतिहास नबुझी गाली गर्दा नाङ्गोझार बन्न पर्दैछ। भविष्यमा हाम्रा विभुतीहरूको कार्यलाई नबुझी गाली गरेर आफै नाङ्गो हुने कार्य नगरेको राम्रो हुनेछ’ डा. छेत्रीले अझ भने। यसक्रममा उनले भारत स्वतन्त्र पूर्ण गोर्खालिगका स्व. डम्बरसिंह गुरुङ अनि स्व. अडीबहादुर गुरुङले गरेका कार्यहरूको नालीबेली पनि सुनाएका थिए। ‘स्व. डम्बरसिंह गुरुङ र अडीबहादुर गुरुङले भूल गर्यो भन्छौ भने त्यो गल्ति के हो भन्ने पनि स्पष्ट पार्नुपर्छ। गल्ति गर्यो भनेर मात्र हुँदैन के गल्ति गर्यो त्यो पनि देखाउनुपर्छ’ डा. छेत्रीले भने। ‘डम्बर बाबु र अडीबहादुर गुरुङलाई गाली गरेपनि तिमीले माफ माग्न सक्नुपर्थ्यो।
राजनीतिमा आवेशमा आएर त्यस्तो नकारात्मक टिप्पणी गरेपछि माफी माग्नु विमल गुरुङको धर्म थियो। तर तिमीले त्यतिसम्म गर्न सकेनौँ। उल्टै राजनीति गरेको आरोप लगायौँ। भाइ विमलले पहिला इतिहास पढ्नुपर्छ अनि गालि गर्नु’ डा. छेत्रीले भने।
उनले भविष्यमा कुनै पनि नेताहरूले कसैलाई पनि नबुझी गालि गर्ने कार्य गरे यसरी नै नाङ्गोझार पारेर जनता अघि उदाङ्गो पार्ने चेतावनी दिएका छन्। ‘लोकसभा चुनावको समय अडीबहादुर गुरुङलाई सम्मान गर्ने अनि नगरपालिका चुनावमा गाली गर्ने तिम्रो कुन राजनैतिक सोंच हो? यतिसाह्रो तल झरेर चुनावको राजनीति विमल गुरुङ अनि मोर्चाले नगरेको राम्रो’ डा. छेत्रीले कटाक्ष गर्दै भने।
उनले स्व. डम्बरसिंह गुरुङ र ब्यारिष्टर अडीबहादुर गुरुङले गरेका कार्यहरूलाई राम्ररी मोर्चाका नेताहरूले हेर्ने सुझाव दिँदै ‘इतिहासको ठेली संकलन गर्ने तिम्रै दलमा छन्। उनीहरूलाई सोधेर एकपल्ट इतिहास पड्नु’ डा. छेत्रीले भने। उनले आफ्नो सम्बोधनमा सुवास घिसिङको समयदेखि विमल गुरुङको समयसम्म संसदमा कुनै सांसद राम्रोसँगले गोर्खाहरूको मागलाई उठान गर्नसक्ने नपठाएको दाबी गर्दै ‘सरकारलाई सांसदमा पठाउनेहरूले गोर्खाहरूको निम्ति के कार्य गरेको छ? केन्द्रमा सरकार हुनेहरूले खोइ गोर्खाहरूका निम्ति छुट्टै राज्य बनाएको?’ उनले प्रश्न तेर्साए।
जन आन्दोलन पार्टीले तथ्यमा कार्य गर्ने दाबी गर्दै ‘जसरी हामीले सरकारलाई तथ्य राखेर जिल्ला बनायौँ त्यसरी नै तथ्य राखेर छुट्टै राज्य ल्याउनेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने। यता पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै जाप ब्युरो सदस्य अमर लामाले पनि गोजमुमो पार्टीका नेताहरूले कुनै कुरा नबुझी अनि इतिहास नपढी गाली गर्नु दुर्भाग्यपूर्ण रहेको बताए थिए।
अर्कोतर्फ जाप युवा एकाईले सुरु गरेको पश्चताप धर्ना आज समापन भएको छ। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङले गत 30 मार्चका दिन एउटा राजनैतिक कार्यक्रमलाई सम्बोधन गर्दै ‘स्व. डम्बरसिंह गुरुङ अनि ब्यारिष्टर अडीबहादुर गुरुङलाई नकारात्मक टिप्पणी गरेपछि सुरु भएको पश्चताम धर्ना हिजदेखि अनशनमा परिणत भएको थियो। जुन अनशनलाई 69 औँ डम्बरसिंह गुरुङको पुण्यतिथी पालन गरेर फिर्ता गरिएको छ। यस अघि जन आन्दोलन पार्टी कार्यकर्ताहरूले कालेबुङ शहरमा एउटा मौन जुलुस समेत निकालेको थियो। मौन जुलुसले कालेबुङ शहर परिक्रमा गरिसकेपछि डम्बरचौकमा आएर समाप्न भएको थियो। यस अवसरमा विभिन्न स्थानबाट जाप समर्थकहरू भेला भएका थिए।
यहाँको डम्बर चौकमा केहि दिन अघिदेखि सुरु गरिएको पश्चताप धरनालाई हिज अनशनमा परिणत गरिएको थियो भने आज उक्त अनशनलाई फिर्ता गर्न अघि स्व. डम्बरसिंह गुरुङ अनि अडीवहादुर गुरुङका परिवार पक्षलाई सम्मान पनि जनाइएको थियो।
यस अवसरमा स्व डम्बरसिंह गुरुङको 69 औँ पुण्यतिथी पालन गर्दै सर्वधर्म पूजा पनि आयोजना गरिएको थियो भने जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, ब्युरो सदस्य अमर लामा लगायत जाप कार्यकर्ताहरूले स्व. डम्बरसिंह गुरुङ अनि अडीबहादुर गुरुङलाई श्रद्धाञ्जली चढाएका थिए। सोहि अवसरमा जाप युवा एकाईका 12 सदस्य टोलिले सुरु गरेको पश्चताप धर्नालाई अध्यक्ष डा. हर्कबहादुर छेत्री अनि जाप ब्युरो सदस्य अमर लामाले जुस पिलाएर अनशनलाई समाप्त गरेका हुन्।
0 Response to "जन आन्दोलन पार्टिको पश्चताप अनशन समाप्त ..... नबुझी गाली गर्नु भन्दा चुप लागेर बस्नु – डा. छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.