रङ्गहरूसँग रमाउने चित्रकारहरू
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 11 अप्रेल। ‘रङ्गहरूसँग मितेरी साइनो लगाएर रमाउनु पाउँदा चिन्तामुक्त हुनेगर्छौँ। कुची समाएर रङ्गहरूसँग खेल्न पाउँदा आफैलाई हराएका हुन्छौँ’ कालेबुङ आर्टिस्ट एसोसिएसनका चुँडामणी लाबरले भन्दै थिए। उनी मस्तिष्कमा निर्मित चित्र कुची समाएर ध्यानमग्न कोरिरहेका थिए।
उनीसँगै अन्य चित्रकारहरूले पनि आ-आफ्ना कुचीले सुन्दर चित्रहरू कोरिरहेका थिए।
कार्यक्रम थियो ‘लाइभ चित्रकला प्रदर्शनी’ जसको आयोजना गरेको थियो कालेबुङ आर्टिस्ट एसोसिएसनले। कालेबुङको टाउन हलमा आयोजित चार दिवसीय उक्त चित्रकला प्रदर्शनीको दोस्रो दिन चित्रकारहरूले लाइभ चित्र कोर्ने कार्य गरेका थिए। जसलाई हेरेर दर्शकवर्ग मख्ख बनिरहेका देखिन्थ्यो। कार्यक्रममा कालेबुङ, दार्जीलिङ अनि सिक्किमका 13 जना चित्रकारहरूले भाग लिएका थिए।
‘चित्रकारहरूका निम्ति रङ्गहरूसँग खेल्न पाउनुको आनन्दनै वेग्लै हुनेगर्छ। रङ्गहरूलाई यता-उता पोतेर सुन्दर आकृती दिने हाम्रो चाहना हुनेगर्छ’ दार्जीलिङबाट आएका चित्रकार हरिस सुब्बाले भन्दै थिए। उनले हिमालयको सुन्दर नक्सा कोर्दै थिए अनि भने ‘लाइभ चित्रकलामा वास्तवमा देखिएका प्राकृतिक सुन्दरतालाई चित्रमा उतार्नु साह्रै आनन्द आउँछ। यसले हामीलाई रङ्गहरूको प्रयोग सँगै रमाउन पनि सिकाउँछ’। यद्यपी चित्र बनाएको स्थानबाट बाहिर खुल्ला नभएको कारण भने आफुहरूले मस्तिष्कमा निर्मित चित्रलाई नै साकर रूप दिने कार्य गरिरहेको पनि सुब्बाले बताइरहेका थिए।
‘जब हामी कुची समाएर रङ्गहरूसँग खेल्न थाल्छौँ तब सम्पूर्ण थकानहरुलाई बिर्सेर एकाग्र बनेका हुन्छौँ। त्यसबेला वास्तवमा भन्नु हो भने हामी हाम्रै कलाकृती निर्माणमा आफैभित्र हराएका हुन्छौँ’ सिक्किमका चित्रकार कमल राईले भन्दै थिए। उनले लाइभ चित्रकलामा बाहिरबाट दर्शकवर्गले आंशिक प्रभाव पारेर समस्या हुनसक्ने सम्भावना व्यक्त गर्दै त्यसलाई रोकथाम गर्नका निम्ति कलाकार एकचित्त बन्न आवश्यक रहेको पनि बताए।
यता कालेबुङ आर्टिस्ट एसोसिएसनका सचिव टिका प्रधानले पत्रकारहरूसँग कुराकानी गर्दै कलाकारहरूलाई प्रोत्साहन प्रदान गर्न अनि कला प्रेमीहरूलाई कलाको मनोरञ्जन प्रदान गर्न उक्त प्रदर्शनी आयोजना गरेको जानकारी दिएका छन्।
0 Response to "रङ्गहरूसँग रमाउने चित्रकारहरू"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.