निर्वाचित छात्रहरूलाई तृणमूलले सरकारी रोजगारको ‘अफर’ दिएको आरोप
केहि दिन अघि दुईजना निर्वाचित सदस्यहरू क्रमैले मनिषा राई अनि पप्पु विश्वकर्मलाई तृणमूल कङ्ग्रेसले अपहरण गरेको जस्तो घट्ना प्रकाशमा अएपछि सुरु भएको विवाद अझै जारी रहेको हो। यस्तो अवस्थामा आज उक्त दुई निर्वाचित छात्र संगठनका सदस्यहरूले एक पत्रकार सम्मेलन आयोजना गरेर आफुहरू सिलगडी जानुको कारण स्पष्ट पार्दै तृणमूल कङ्ग्रेस नेता विन्नी शर्मालाई ‘रोजगारको’ अफर दिएको आरोप लगाएका छन्।
‘कालेबुङ महाविद्यालयमा छात्र सङ्गठनको चुनावमा विजयी बनेदेखिनै तृणमूल कङ्ग्रेसले विभिन्न अफर दिने कार्य गरिरहेको छ। उनीहरूले हामीलाई सरकारी कार्यको अफर सँगै गाउँमा विकासको कार्य गर्ने समेत अफर दिइरहेका छन्। बारम्बार् यसरी अफर आएपछि वास्तविक्ता बुझ्न हामी सिलगडी गएका थियौँ’ मनिषा राईले भनिन्। उनले यदि तृणमूल कङ्ग्रेसले सरकारी रोजगार दिन सक्छ भने कसरी सक्छ भन्ने सत्यता बुझ्न सिलगडी गएको बताउँदै त्यहाँ पुगेपछि तृणमूल नेता बिन्नी शर्माले आफुहरू तृणमूल कङ्ग्रेसमा सामेल हुन आएको हो भन्ने बयान दिएको आरोपलाई खण्डन गरेका छन्।
‘हामी जाप पार्टीमा छौँ अनि भविष्यमा पनि रहनेछौँ। तृणमूल नेताहरूले विनाकारण विभिन्न आरोप लगाएर अन्धकारमा राख्ने कार्य गरिरहेका छन्’ मनिषा राईले अझ भनिन्। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिलगडी न्यायलयमा सपतनामामा हस्ताक्षर गरेको सन्दर्भमा भनिन् –‘हामीले एफिडेभिटमा सही सिलगडी न्यायलयमा कुनै अधिवक्ताको उपस्थितिमा गरेका होइनौँ। त्यस एफिडेभिट पत्र हिल तृणमूल नेता बिन्नी शर्माले हामी बसेको होटलमा लिएर आएका थिए अनि मेरो टाउको बचाइदिनुहोस भन्ने आग्रह गरेपछि हामीले सहीछाप गरेका हौँ।’
यसक्रममा एकजना शिक्षित मानिसहरूलाई समेत सरकारी रोजगारको प्रलोभन देखाउने गरेको भन्दै ‘यदि तृणमूल कङ्ग्रेसले सरकारी रोजगार दिन्छ भने तृणमूल कङ्ग्रेसकै समर्थकहरूलाई किन दिन सक्दैन। त्यसै कुराको सत्यता बुझ्न हामी सिलगडी गएका हौँ’ राईले अझ भनिन्।
यता आज साङ्गठनिक कार्यलाई लिएर कालेबुङ आइपुगेका हिल तृणमूल कङ्ग्रेसका सचिव एवम् प्रवक्ता बिन्नी शर्मालाई यसबारे प्रतिक्रिया लिन चाहँदा उनले ‘यो ठुलो मुद्दा होइन। यसलाई यत्ति ठूलो मुद्दा बनाउने आवश्यक्तै छैन’ भनि पन्सिन खोजेका थिए।
यद्यपी उनले आफुहरूले दुईजना निर्वाचित छात्र सङ्गठनका विद्यार्थीहरूलाई अपहरण गरेको होइन भन्ने स्पष्टिकरण दिँदै यसबारे उक्त विद्यार्थीवर्गले नै स्पष्टिकरण दिएको पनि बताए। ‘हामी किनबेचको राजनीति गर्दैनौँ। दुईजना विद्यार्थीवर्ग आएका थिए। उनीहरूलाई हाम्रो भन्नु केहि छैन। दुवैजना राम्रा विद्यार्थी हुन्। उनीहरूको शिक्षा राम्रो होस् हामी यति चाहन्छौँ’ बिन्नी शर्माले भने।

0 Response to "निर्वाचित छात्रहरूलाई तृणमूलले सरकारी रोजगारको ‘अफर’ दिएको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.