
कालेबुङ डिभिजनको आयोजनामा विद्युत सुरक्षा दिवस पालन
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 मार्च। पश्चिम बङ्गाल विद्युत वितरक कम्पनी, कालेबुङ डिभिजनको आयोजनामा आज विद्युत सुरक्षा सप्ताह पालन गरिएको छ। विद्युत विभाग कालेबुङ डिभिजनल कार्यलयमा आयोजित उक्त सुरक्षा दिवस कार्यक्रमलाई डिभिजनल म्यानेजर फुर्देन शेर्पाले अध्यक्षता गरेका थिए भने विशिष्ट अतिथिका रूपमा अग्निसमन विभागका अधिकारी यु.सी खवास उपस्थित रहेका थिए।
प्रत्येक वर्ष पालन गरिन्दै आइरहेको विद्युत सुरक्षा सप्ताहको अवसरमा पालन गरिएको उक्त विद्युत सुरक्षा दिवस कार्यक्रममा विद्युतबाट हुने दुर्घट्ना अनि सुरक्षा उपायहरूबारे जानकारी गराउने कार्य सम्पन्न भएको थियो।
यस अवसरमा विद्युत सुरक्षा सँग सम्बन्धित विषयहरूमा विभागीय कर्मचारीवर्गमाझ चित्र बनाऊ प्रतियोगिता, हाजिरी जवाब प्रतियोगिता सम्पन्न भएको थियो। कार्यक्रममा विद्युत सुरक्षाका निम्ति कर्मचारीवर्गले उपयोग गर्नपर्ने उपकरणहरूको पनि प्रदर्शनी गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजनल म्यानेजर फुर्देन शेर्पाले विद्युतबाट हुने दुर्घट्ना र यसबाट बाँच्न सकिने उपायहरूबारे जानकारी गराएका थिए।
‘विद्युत जडानको कार्य जीवनको निम्ति खतरा हो। यसबाट कुनै पनि दुर्घट्ना हुन सक्ने सम्भावना रहेको हुन्छ। दुर्घट्नाको सम्भावनालाई ध्यानमा राखेर विद्युत कर्मीहरूले सँधै सुरक्षाका तक्निकीहरू अप्नाउँन आवश्यक पर्दछ। जसले गर्दा दुर्घट्नाको सम्भावना न्यून बनेर जानेछ’- डिभिजनल म्यानेजर फुर्देन सेर्पाले भने।
यसैक्रममा उनले जनसाधारणलाई पनि कुनै विद्युतीय कार्य गर्नका निम्ति आफै जडान गर्ने कार्य नगर्ने अपिल गरेका छन्। ‘विद्युत जडान गर्नका निम्ति विभागीय कर्मचारीहरू छन्। उनीहरूलाई विद्युतको राम्रो ज्ञान भएको कारण कसरी जडान गर्नपर्ने भने ज्ञान हुँदछ। साधारण जनसाधरणले नबुझी विद्युत जडान गर्दा कुनै पनि समय दुर्घट्ना हुन सक्छ अनि ज्यान समेत जाने खतरा बन्दछ’ फुर्देन सेर्पाले अझ भने।
सोहि अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि कालेबुङ अग्नि समन विभागका अधिकारी यु.सी खवासले विद्युतबाट हुने दुर्घट्नाको समय अग्निसमन विभागले गर्ने उद्धारका कार्यहरूबारे जानकारी गराएका थिए। हालमा विद्युतबाट भएको कुनै पनि दुर्घट्नामा मानिसहरू सहायता गर्नका निम्ति घट्ना स्थलमा जाँदा यदि सुरक्षाका उपायहरू नअप्नाएको खण्डमा सहायता गर्ने मानिसहरूको नै ज्यान समेत जाने सम्भावना रहेको बताउँदै पहिला सुरक्षाका उपाय अप्नाउँन आवश्यक रहेको बताए।
मानव संसाधन विभागका सह अभियन्ता सुभद्रा माझीले स्वागत सम्बोधन राखेको कार्यक्रममा अभियन्ता(तक्निकी) प्रबल लामा, डिभिजनल म्यानेजर (डब्ल्युबीएसईटिसीएल), अभियन्ता प्रभासिका राई, रिङ्की तामाङ आदिको पनि विशेष उपस्थिति रहेको थियो।
0 Response to "कालेबुङ डिभिजनको आयोजनामा विद्युत सुरक्षा दिवस पालन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.