
निर्चाचित जाप समर्थित छात्र सङ्गठनका सदस्यहरू तृणमूलमा नगएको स्पष्टिकरण
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 मार्च। कालेबुङ महाविद्यालयमा रहेको छात्र सङ्गठनका सदस्यहरूको राजनैतिक खिचातानी अझै जारी रहेको छ। महाविद्यालयमा रहेको जन आन्दोलन विद्यार्थी प्रकोष्ठका दुईजना निर्वाचित सदस्यहरू क्रमैले मनिषा राई अनि पप्पु विश्वकर्मलाई तृणमूल कङ्ग्रेस पार्टीका नेताहरूले अपहरण गरेर सिलगडी पुर्याएको खबर डडेलो झैँ सल्केपछि आखिरमा दुवै निर्वाचित सदस्यहरूले आफुहरूले जन आन्दोलन पार्टीकै विद्यार्थी प्रकोष्ठमा रहेको स्पष्टीकरण दिएका छन्।
सिलगडीबाट कालेबुङ फर्किएर आएका दुवै जाप समर्थित विद्यार्थी प्रकोष्ठका निर्वाचित सदस्यहरू आज जाप पार्टीकार्यलयमा उपस्थित रहेका थिए। यसक्रममा मनिषा राईले पत्रकारहरूसँग कुराकानी गर्दै ‘हामी जन आन्दोलन पार्टी त्यागेर गएका छैनौँ अनि जानेपनि छैनौँ’ भने।
यता उनीहरूले जन आन्दोलन पार्टीको साथ छोडेर तृणमूल कङ्ग्रेसमा सामेल नभएको जानकारी गर्दै भविष्यमा पनि कहिल्यै जन आन्दोलन पार्टी नछोड्ने दावी गरेको केहि समयपछि दुवै निर्वाचित सदस्यहरू स्वेच्छाले तृणमूल कङ्ग्रेसमा सामेल हुने चाहना राखेको कुरा सिलगडीको न्यायलयमा नोटरी मार्फत सपत नामा लिएको पत्र सार्वजनिक भएको छ।
निर्वाचित सदस्यहरू क्रमैले मनिषा राई अनि पप्पु विश्वकर्मले सिलगडी न्यालयमा नोटरी मार्फत तृणमूल कङ्ग्रेसमा सामेल हुने इच्छा रहेको सपतनामा पत्र सार्वजनिक भएपछि प्रतिक्रिया लिने चाहँदा मनिषा राईले भनिन् –‘हामीले सपतनामामा सही गरेका हौँ। त्यस सपतनामामा हामीले तृणमूल कङ्ग्रेस पार्टीमा सामेल हुने इच्छा जाहेर गरेको छौँ। तर त्यसभन्दा अघि हामीलाई अपहरण गर्योय भन्ने भएको थियो।
यस्तो अवस्थामा विन्नि शर्मा (हिल तृणमूल कङ्ग्रेस प्रवक्ता) ले मेरो टाउको बचाइदेऊ भन्नु भयो। हामी तृणमूल कङ्ग्रेस समर्थकहरूको विचमा दुईजना मात्र थियौँ। घर फर्कनु हतार थियो। त्यसैकारण घर फर्कनका निम्ति पनि सही गरेका हौँ’।
‘सायद उनलाई (विन्नी शर्मालाई) अपहरणको मुद्दा हाल्ने डर भएको थियो होला त्यसैले सही गर्न लगाएको हुनसक्छ’ मनिषा राईले अझ भनिन्। यसक्रममा उनले आफुहरूलाई पैसामा बिक्री भयो भन्ने आरोप लागेको बताउँदै आफुहरू पैसामा बिक्री नहुने स्पष्टिकरण पनि दिएकी छन्।
यता हिल तृणमूल कङ्ग्रेसका सचिव एवम् प्रवक्ता बिन्नी शर्मासित सम्पर्क गरेर प्रतिक्रिया लिन चाहँदा उनले ‘सम्पूर्ण आरोपहरू झुटो हुन्। हामीलाई धेरै आरोप लाग्यो, तर ती सबै आरोप निराधार छन्’ भने।
0 Response to "निर्चाचित जाप समर्थित छात्र सङ्गठनका सदस्यहरू तृणमूलमा नगएको स्पष्टिकरण"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.