
गोजनामोद्वारा अन्तराष्ट्रिय महिला दिवस पालन ....................कोलकोता जाँदा ‘सुल्काउँछ’ भन्ने डर लाग्छ – विमल गुरुङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 8 मार्च। ‘अहिलेघरी एउटा मुद्दाको कारण कोलकोता बारम्बार जान परिरहेको छ। कोलकोता जाने आउने क्रममा कहिले कहीँ सुइत्त सुल्काउँछ कि भन्ने डर लाग्छ। यदि मलाई केहि भएको खण्डमा पहाडमा आगो सल्किनेछ अनि यसको सम्पूर्ण जिम्मेवारी बङ्गाल सरकारको हुनेछ’ उक्त कुरा गोजमुमो अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङले टाउन हलमा आयोजित अन्तराष्ट्रिय महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्।
गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ टाउन कमिटिको आयोजनामा सम्पन्न उक्त अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा विमल गुरुङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा कालेबुङका वयोवृद्ध साहित्यकार श्रीमती सानुमती राई, विधायिका सरिता राई, अवकासप्राप्त लेफ्टिनेन्ट कर्णल शान्ता राई, म्याराथन धाविका रोशनी राई, साक्षी सारदा दर्नाल, शोभा छेत्री, शीता तामाङ, राजु नेपाली आदिलाई सम्मान जनाइएको थियो।
उनीहरूलाई मुख्य अतिथि विमल गुरुङ अनि कर्णल रमेश आलेको बाहुलीबाट दोसल्ला ओडाएर स्मृति पत्र प्रदान गरि सम्मान जनाइएको थियो।
यस अवसरमा सांस्कृतिक अनि साङ्गीतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। यस अवसरमा जीटीएको पक्षबाट मोठ 10 परिवारका सदस्यहरूलाई मोडेल घर निर्माणको निम्ति 80 हजार रूपियाको चेक राशी पनि प्रदान गरिएको थियो। विशेष गरेर जनताको दुखेसो बुझ्न अनि साङ्गठनिक सुदृडीकरण गर्नका निम्ति कालेबुङ जिल्लामा डेरा जमाएर बसेका गोजमुमो अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै पिउने पानीको समस्या धेरै रहेको बताउँदै पहाडमा बड्दो बेरोजगार समस्याको कारण युवाहरू पलायन हुन परिरहेको अवस्था माथि पनि कुरा उठान गरेका थिए।
‘कालेबुङ जिल्ला बनिएपछि अब जिल्लाको कामकुरा पूर्णरूपले हुनपर्छ भनेर जीटीएको मुख्य कार्यलय कालेबुङमा पनि स्थापित गर्नेछौँ। जीटीएको कामकुरा अब दार्जीलिङको लालकोठिमा तीन दिन हुनेछ भने दुई दिन कालेबुङमा कार्य हुनेछ’ विमल गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै भने।
उनले आफ्नो सम्बोधनका कालेबुङमा पिउने पानीको समस्याबारे चर्चा गर्दै पहाडबाट बेरोजगार युवाहरू पलायन बन्न परिरहेको अवस्था माथि पनि चिन्ता व्यक्त गरे।
‘पहाडमा रोजगारको व्यवस्था छैन। सरकारले पहाडमा रोजगार दिने कार्य गर्नका साटो मधेसबाट नियुक्ति दिएर मानिसहरू ल्याउने कार्य गर्दैछन्। सरकारको यस्तो कार्यको हामी घोर निन्दा गर्दै पहाडमा रोजगारको बाटो खोलिनुपर्ने माग गर्छौँ’ विमल गुरुङले अझ भने। यस सम्बन्धमा पहाडका अन्य राजनैतिक दलहरूले पनि आवज उठाएर पहाडका युवाहरूलाई पहाडमा नै रोजगार प्रदान गरि पलायन हुनबाट रोक्नुपर्ने आह्वान गरेका छन्।
उनले आफ्नो सम्बोधनमा अहिलेघरी तृणमूल कङ्ग्रेसमा सामेल हुनेहरूले आफ्नो ठाउँमा बाटो, स्कूल निर्माण गरिदिएन भन्ने मन्तव्य दिने गरेको बताउँदै ‘तृणमूलको झण्डा समाएर बाटो र स्कुल निर्माण गरेर देखाउनु’ भनि चुनौति दिएका छन्। आफुले कालेबुङका जनताको निम्ति जीटीएको पक्षबाट धेरै कार्य गर्दै आइरहेको बताउँदै कालेबुङमा मल्टि कार पार्किङ, मोडेल स्कुल भवन निर्माण कार्य चलिरहेको दाबी गरे।
यद्यपी उनले मल्टि कार पार्किङ निर्माण कार्य समाप्त नहुनुमा कालेबुङका कतिपय मानिसहरूकै कारण रहेको पनि आरोप लगाए।
यसक्रममा जीटीएले कालेबुङको मेला ग्राउण्डलाई स्टेडियम बनाउनका निम्ति 143 करोड रूपियाको योजना तयार पारी पहिलो किस्तीमा 50 करोड रूपिया अनुमोदन गर्दा समेत सरकारबाट स्टेडियम निर्माणका निम्ति स्वीकृती पत्र नदिएको आरोप लगाए। कालेबुङका जनतालाई आँखामा धुलो हालेर राजनीतिकरण गर्ने कार्य गरेको पनि आरोप लगाएका छन्।
0 Response to "गोजनामोद्वारा अन्तराष्ट्रिय महिला दिवस पालन ....................कोलकोता जाँदा ‘सुल्काउँछ’ भन्ने डर लाग्छ – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.