-->
कालेबुङ जिल्लामा तृणमूल कङ्ग्रेसको धन्यवाद जुलुस सम्पन्न

कालेबुङ जिल्लामा तृणमूल कङ्ग्रेसको धन्यवाद जुलुस सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 17 फरवरी। कालेबुङ जिल्ला पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा अस्तित्वमा आएपछि तृणमूल कङ्ग्रेसले सङ्गठन विस्तार अनि पार्टीको धरातल बलियो बनाउनका निम्ति जिल्लाकै उपलब्धिलाई अघि सारेर धन्यवाद र्‍याली निकाल्ने कार्यको थालनी गरेको छ। विशेष गरेर कालेबुङ नगरपालिका क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न अनि यसैवर्ष सम्पन्न हुने नगरपालिका चुनावमा सत्तामा पुग्नका निम्ति कालेबुङ जिल्लाको गठन तृणमूल कङ्ग्रेसको निम्ति देखाउनलाई ठूलो राजनैतिक उपलब्धि बनेको छ।
जिल्ला गठनको उपलब्धिलाई अघि सारेर् तृणमूल कङ्ग्रेसले अहिलेघरी जनताको मन जित्न धन्यवाद जुलुस निकाल्ने कार्यको थालनी गरेको छ। तृणमूल कङ्ग्रेसको उक्त धन्यवाद जुलुस कालेबुङ नगरपालिकाको विभिन्न वार्ड स्तरमा समेत सम्पन्न हुने थाह लागेको छ। सोहि क्रममा कालेबुङ जिल्ला गठनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिँदै तृणमूल कङ्ग्रेसले कालेबुङ शहरमा जुलुस निकालेको थियो।

जिल्ला गठन पछि उत्सवमय बनेको कालेबुङ शहरमा आज पनि तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले पटेका पड्काएर नाच्दै गाउँदै जिल्ला गठनको हर्ष मनाएका थिए। यसक्रममा जिल्ला गठनको श्रेय लिन पनि तृणमूल कङ्ग्रेस पार्टीका नेताहरू चुकेका थिएनन्। उनीहरूले निकालेको धन्यवाद र्‍यालीकै क्रममा जीटीए प्रमुख एवम् गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ प्रति पनि उत्तिकै टिप्पणी गरेका थिए। गोजमुमो अध्यक्ष विमल गुरुङले विगतमा कालेबुङ जिल्ला गठन हुन नसक्ने अनि कालेबुङ जिल्ला गठनका निम्ति सिक्किम अनि भोटाङलाई सोध्नपर्ने भनि दिएको विवादित राजनैतिक बयानलाई उद्धृत गर्दै तृणमूल नेत्री एवम् मुख्यमन्त्री ममता ब्यानर्जीले सिक्किम तथा भोटाङलाई नसोधिनै कालेबुङ जिल्ला गठन गरेर देखाइदिएको तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष छेवाङ भोटियाले बताएका थिए। 

0 Response to "कालेबुङ जिल्लामा तृणमूल कङ्ग्रेसको धन्यवाद जुलुस सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.