टिस्टा त्रिवेणीमा जलविद्युत परियोजना निर्माण हुन नदिने
18 Feb 2017
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 17 फरवरी।
धार्मिक पर्यटनको रूपमा परिचित बनेको टिस्टा त्रिवेणी क्षेत्रमा एनएचपीसीद्वारा
दुईवटा जलविद्युत परियोजना निर्माण कार्यलाई लिएर सेभ रिभर टिस्टा अनि नर्थ इस्टर्न
सोसाइटी फर प्रिजर्भेसन अफ् वाइल्डलाइफ एन्ड नेचर (North Eastern Society for Preservation of
Wildlife and Nature) ले टिस्टा
स्थित सार्वजनिक भवनमा दुई दिवसीय कार्यशाला आयोजना गर्ने भएको छ।
उक्त दुईवटा
सङ्गठनले टिस्टा त्रिवेणी क्षेत्रमा जल विद्युत परियोजना निर्माण कार्य गर्न नदिने
अडान राख्दै कार्यशालामा मानिसहरूलाई जलविद्युत परियोजनाको कारण हुने क्षतिबारे
सचेतना गराउने भएको छ।
आजसम्म कालिझोडा अनि 27 माइलमा टिस्टा नदिमा निर्माण
गरिएको जल विद्युत परियोजनाको कारण व्यापक रूपले प्रकृतिको नोक्सान र संलग्न
क्षेत्रवासीको समस्यालाई पनि उठान गरेर भविष्यमा आवश्यक परे टिस्टा त्रिवेणीमा
जलविद्युत परियोजना निर्माण गर्न नदिनका निम्ति सडक आन्दोलन तथा ग्रिन ट्राइबुनलमा
मुद्दा समेत दर्ता गर्ने चेतावनी सेभ रिभर टिस्टाका विशाल राईले चेतावनी दिएका छन्।
0 Response to "टिस्टा त्रिवेणीमा जलविद्युत परियोजना निर्माण हुन नदिने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.