मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा बुद्ध पूर्णीमाको दिनलाई सरकारी विदाको घोषणा
डी के वाइबा, कालिमन्युज, कालेबुङ , 14 फरवरी। 15 फरवरी। मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ जिल्लावासीलाई जिल्लाको उपहार प्रदान गरेको 24 घण्टा नबित्दै सम्पूर्ण वौद्ध धर्मावलम्बीहरूलाई अर्को उपहार दिएकी छन्।
कालेबुङको टाउन हलमा मुख्यमन्त्री ममता ब्यानर्जीले सरकारी अधिकारीवर्गको उपस्थितिमा सम्पूर्ण जातिय विकास बोर्डका प्रतिनिधीवर्गलाई लिएर वैठक सम्पन्न गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै वौद्ध धर्मावलम्बीहरूका निम्ति बुद्ध पूर्णीमाको सरकारी विदाको घोषणा गरेकी छन्।
खुबै प्रसन्न मुद्रामा देखिएकी मुख्यमन्त्री ममता ब्यानर्जीले जातिय विकास बोर्डहरूको खुलेर प्रशंसा पनि गरिन्। उनले आजसम्म बिभिन्न जातिय विकास बोर्डहरू मार्फत अहिलेसम्म 11 हजार घर निर्माण गरिसकेको अनि 3 हजार घर निर्माण कार्य भइरहेको बताउँदै बिकास बोर्डहरूको विकास कार्यप्रति प्रसन्नता व्यक्त गरेकी हुन्।
उनले नवगठित कालेबुङ जिल्लालाई पर्यटनको केन्द्र बिन्दु बनाउने लक्ष्य राखेको बताउँदै वर्तमानमा अवस्थित कालेबुङ महकुमा संशोधन गृहलाई अन्यत्र स्थानमा स्थान्तर गरेर त्यस स्थानमा मल निर्माण गर्ने प्रस्ताव लिएको पनि बताएकी छन्। उनले कालेबुङ जिल्लालाई व्यवस्थित बनाउने उद्देश्य राखेको बताउँदै कालेबुङ जिल्लामा लाभा लोलेगाउँलाई नयाँ खण्डका रूपमा स्थापित गर्ने अनि एउटा पुलिस चौकि पनि स्थापित गर्ने प्रस्ताव लिएको बताएकी छन्।
‘कालेबुङ जिल्लाको आज पहिलो प्रशासनिक वैठक सम्पन्न भयो। वैठकमा विभिन्न जातिय विकास बोर्ड लगायत सरकारी अधिकारीवर्ग उपस्थित थिए। वैठक खुबै राम्रो भएको छ अनि वैठकमा सबैले आ-आफ्ना पक्षबाट सुझावहरू दिएका थिए’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। उनले वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विकास बोर्डहरूको प्रशंसा गर्दै –‘विकास बोर्डहरूले खुबै राम्रा विकासका कार्यहरू गरेका छन्। आजसम्म 11 हजार घर निर्माण गरिसकेका छन् अनि अझ 3 हजार निर्माण प्रक्रियामा छन्। उनीहरूको विकास कार्यले म खुशी छु’ ममता ब्यानर्जीले अझ भनिन्।
उनले कालेबुङ महकुमाको संशोधन गृहलाई अन्यन्त्र स्थान्तरण गरेर त्यस स्थानमा मल निर्माणको प्रस्ताव लिएको अनि यसबारे कार्य गर्न केहि समय लाग्ने पनि बताइन्।
‘कालेबुङ जिल्लामा पर्यटनको सम्भावना धेरै छ। सरकारले यसको निम्ति पनि कार्य गर्नेछ। हामी बाटोहरूको निर्माण र पर्यटन स्थानहरूको विकासमा ध्यान दिनेछौँ। जसले नयाँ कालेबुङ जिल्लालाई विकसित गर्न सजिलो हुनेछ’ ममता ब्यानर्जीले थप जनाइन्।
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पहाडमा धेरै मानिसहरू वौद्ध धर्मावलम्बीहरूहरू रहेको अनि उनीहरूले बुद्ध पूर्णीमाको दिनलाई सरकारी छुट्टीको माग गरिरहेको कारण बुद्ध पूर्णिमालाई राज्य स्तरीय सरकारी विदाको घोषणा गर्ने बताइन्। ‘बुद्ध पूर्णीमाको अब राज्यमा सरकारी विदा घोषणा हुनेछ। जसले बौद्ध धर्मानुरागीहरूलाई लाभ पुग्नेछ’ ममता ब्यानर्जीले भनिन्।
0 Response to "मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा बुद्ध पूर्णीमाको दिनलाई सरकारी विदाको घोषणा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.