
हजारौँ मानिसहरूले ग्रहण गरे तृणमूल कङ्ग्रेसको झण्डा ..... दुई वर्षको समय पाए 20 वर्षमा नगरेको विकास गर्नेछौँ – अरूप विश्वास
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 15 फरवरी। कालेबुङ जिल्ला अस्तित्वमा आएको 24 घण्टा बित्दा नबित्दै कालेबुङमा राजनैतिक परिवर्तनको लहर देखा परेको छ। कालेबुङ जिल्लाको उद्घाटन गरेकै मञ्चबाट आज लगभग पाँचहजार भन्दा अधिक विभिन्न राजनैतिक दलका कार्यकर्ताहरूले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्।
राज्यका पीडब्ल्युडी, युवा अनि खेल मन्त्री तथा तृणमूल कङ्ग्रेसका महासचिव अरूप विश्वासको बाहुलीबाट आज गोजमुमो, गोरामुमो, जन आन्दोलन पार्टी, अस्थायी कर्मचारीवर्ग, राशन डिलर सङ्गठन, व्यवसाय सङ्गठन, चालक सङ्गठन लगायत, जातिय विकास बोर्डका मानिसहरूलाई पार्टीको झण्डा प्रदान गरेर तृणमूल कङ्ग्रेस पार्टीमा सामेल गर्ने कार्य गरेका हुन्।
यसक्रममा दार्जीलिङ अनि कालेबुङ जिल्लाका विभिन्न स्थानबाट हजारौँको सङ्ख्यामा मानिसहरूले तृणमूल कङ्ग्रेस पार्टीको झण्डा ग्रहण गरेर पहाडमा राजनैतिक परिवर्तनको सङ्केत दिए । तृणमूल कङ्ग्रेस पार्टीको उक्त झण्डा ग्रहण समारोहमा मानिसहरूले जोडदार ममता ब्यानर्जीको नाराबाजी समेत गरेका थिए। यस अवसरमा मन्त्री अरूप विश्वासले सम्बोधन गर्दै जीटीएको तिखो आलोचना गरेका छन्। उनले जीटीएलाई बिकासको निम्ति च्यालेञ्ज गर्दै चुनावी गोटी समेत अघि सारेका छन्।
विशेष गरेर सम्पूर्ण पहाडमा हुने नगरपालिका चुनावलाई हेरेर चालेको चुनावी गोटीमा मन्त्री अरूप विश्वासले नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेसलाई विजयी बनाएर केवल दुई वर्षको निम्ति मात्र सत्ता दिए विकास कार्यले सम्पूर्ण रूपरेखा नै परिवर्तन गर्ने दाबी गरेका छन्।
‘जीटीए हाम्रो हातमा छैन। जीटीएले गर्नुपर्ने विकास कार्य पनि गरेको छैन। नगरपालिकाले पनि जनताको निम्ति कार्य गरेन। अब हामीलाई दुईवर्षको समय दिनुहोस हामी 20 वर्षमा नगरेको विकास गरेर देखाइदिनेछौँ’ मन्त्री अरूप विश्वासले भने। उनले गोजमुमो पार्टीको नाउँ नलिए पनि जीटीएको नाउँ उल्लेख गर्दै भने ‘धेरै भाषणमा डाइलग गर्नुभन्दा जनताको निम्ति विकासको कार्य गरेर देखाउनु। हामी विकास कार्यको निम्ति जीटीएलाई च्यालेञ्ज गर्छौँ’।
यसक्रममा उनले अब हुने जीटीएको चुनाव अनि नगरपालिका चुनाव पनि जनताले तृणमूलको झण्डा मात्र ग्रहण गरेर होइन विकासको निम्ति परिवर्तनको कार्यलाई अघि बढाउनुपर्ने आह्वान गरे। ‘जीटीएले के गर्यो आजसम्म? अस्थायि शिक्षकहरूको समस्या किन समाधान गरेनौँ। तिमीहरूले नियुक्ति दिएर स्थायीकरण किन गर्दैनौँ? अब जनताले तिमीहरूले काम गर्न सक्दैनौँ भन्ने बुझेर नै तृणमूल कङ्ग्रेसको हात समाएर ममता ब्यानर्जीलाई साथ दिने कार्य गरिरहेका छन्’ मन्त्री विश्वासले भने।
0 Response to "हजारौँ मानिसहरूले ग्रहण गरे तृणमूल कङ्ग्रेसको झण्डा ..... दुई वर्षको समय पाए 20 वर्षमा नगरेको विकास गर्नेछौँ – अरूप विश्वास"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.