
साङ्गसे खाम्दोङ बस्तीमा विद्युतीकरणको उद्घाटन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 जनवरी। दिन दयाल उपध्याय ग्राम ज्योति योजना अन्तर्गत साङ्ग्से खाम्दोङ बस्तीमा ग्रामीण विद्युतीकरण योजनाको उद्घाटन गरिएको छ। जीटीए पावर विभागद्वारा 24 लाख 70 हजार लागतमा जडान गरिएको उक्त विद्युतीकरण योजनाको आज क्षेत्रिय सभासक्ष गोपाल रूचालको बाहुलीबाट रिबन काटेर उद्घाटन गरिएको हो।
परमानसिंग प्राथमिक पाठशालामा आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा सभासद गोपाल रूचाल उपस्थित रहेका थिए ।कार्यक्रमलाई सिंगे तामाङले अध्यक्षता गरेका थिए। यस अवसरमा जीटीए कार्यकारी अभियन्ता चुडामणी राई, शामुएल लेप्चा आदि विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। कालेबुङ शहर देखि नजिकै रहेको उक्त साङ्गसे खाम्दोङ वस्तीमा आजसम्म विद्युतीकरण नभएको कारण मानिसहरूले समस्या भोग परिरहेका थिए।
जीटीए पावर विभागद्वारा दिन दयाल उपध्याय ग्राम ज्योति योजना अन्तर्गत क्षेत्रमा विद्युतीकरण गरिएपछि क्षेत्रवासी हर्षित भएका छन्। उक्त विद्युतीकरणले क्षेत्रका मोठ 82 घर मानिसहरू लाभान्वित बनेका छन् भने गरिबी रेखा मुनीका परिवारहरूलाई सोहि योजना अनुरुप नि:शुल्क बिजुली जडान गरिने कार्य समेत भएको छ। मोठ 130 वटा पोलहरू लगाएर गाउँमा विजुली जडान गरी आजसम्म अध्यारोमा रहेका गाउँलाई विद्युतीकरण गरिएपछि गाउँवासीले विजुली बत्तिको समस्याबाट राहत पाएका छन्।
यसक्रममा कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका सभासद गोपाल रूचालले भारत स्वाधिन भएको यतिका वर्षसम्म पनि शहर नजिकै रहेको गाउँवासीले भने बिजुली बत्तिको उपभोग गर्न नपाउनु दुर्भाग्यजनक रहेको बताउँदै जीटीएले नै ग्रामीण मानिसहरूको आवश्यक्तालाई पुर्ति गर्ने दाबी समेत गरेका थिए।
‘शहर नजिक नै रहेको गाउँमा समेत भारत स्वाधिन भएको यतिका वर्षसम्म मानिसहरू अन्धकारमा नै बस्न बाध्य थिए। उनीहरूको बुनियादी आवश्यक्तालाई कसैले पुरा गर्न आवश्यक नठानेका कारण गाउँका मानिसहरू यो तक्निनी युगमा समेत बिजुली बत्तिविहिन बसेका थिए। आज जीटीएले गाउँका मानिसहरूको यस्तो समस्यालाई समाधान गर्दै आएको छ’ सभासद गोपाल रूचालले भने। उनले केन्द्र सरकारको योजनालाई दार्जीलिङ पहाडका गाउँहरूमा लागु गरेर गाउँलाई विद्युतीकरण गर्नका निम्ति जीटीए प्रमुख विमल गुरुङले केन्द्र सरकारलाई आवेदन गरेको कारण नै केन्द्रले जीटीएलाई सहयोग गरेको अनि त्यस कार्यलाई जीटीएले कार्यन्वय गर्न सक्षम भएको दाबी गरे। यसरी ग्रामीण क्षेत्रमा विद्युतीकरणले विशेष गरेर शैक्षिक क्षेत्रमा विद्यार्थीवर्गलाई अध्ययन गर्न थप सुविधा पुग्ने बताउँदै विद्युतीकरणको निम्ति जीटीए प्रमुख विमल गुरुङलाई धन्यवाद समेत दिएका थिए।
यसक्रममा ग्रामवाशी शामुएल लेप्चाले क्षेत्रमा बिजुली जडानले मानिसहरूलाई धेरै लाभ पुग्ने बताँदै जीटीए प्रति आभार प्रकट गरेका छन्। उनले आजसम्म गाउँमा विद्युत नहुँदा गाउँलेहरू अन्धकारमा नै जीवन विताउन बाध्य बनेको बताउँदै ग्रामीण विद्युतीकरण समस्याको धेरै समाधान भएको जानकारी गराए। आफुहरूले धेरै वर्षदेखि नै गाउँमा विद्युत जडानको माग गर्दै आए पनि कसैले यसबारे कार्य नगरेको अनि आखिरमा जीटीएको पक्षबाट गाउँमा बिजुली बल्न सकेको पनि जानकारी गराए। गाउँलेहरूको प्रयास अनि सभासदको सहयोग र जीटीएको अनुमोदनमा नै गाउँलेहरूले बिजुली बत्तिको उपभोग गर्न सक्षम भएको बताउँदै उनले जीटीए प्रति विशेष आभार प्रकट गरेका छन्।
0 Response to "साङ्गसे खाम्दोङ बस्तीमा विद्युतीकरणको उद्घाटन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.