-->
लेदोयुक्त पिउने पानी वितरण गर्ने अधिकारीवर्गलाई खेदुवा लगाउनुपर्छ – माकपा

लेदोयुक्त पिउने पानी वितरण गर्ने अधिकारीवर्गलाई खेदुवा लगाउनुपर्छ – माकपा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 सितम्बर। कालेबुङका जन-साधारणलाई सर्वराह गर्ने पिउने पानीको ट्याङ्कीमा लगभग 12 फिट लेदो जमेर बसेको माकपा नेता तारा सुन्दासले दाबी गरेका छन् । मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) ले विभागलाई 2008 देखि उक्त पानीको ट्याङ्की सफा गर्नुपर्ने माग गर्दै आइरहे पनि आजसम्म विभागका अधिकारीवर्गले कानमा तेल हालेर बसेको बताएका छन्।
“हाम्रो पार्टीले पानीको ट्याङ्की सफा गर्नुपर्ने माग गर्दै आएको छौ। तर विभागले आजसम्म ट्याङ्की सफाई नगरेर जनतालाई मैला पिउने पानी वितरण गरिरहेको छ” माकपा नेता तारा सुन्दासले पत्रकारहरूसँग कुराकानी गर्दै भने। “आज अरब सागरबाट बालुवा निकालेर बाहिर फ्याँक्ने काम हुँदा जाबो यहाँको विभागले 25 फूट पानीको ट्याङ्कीबाट मैला निकाल्नै सक्दैन। वास्तवमा उनीहरूले जानेर नै ट्याङ्की सफा नगरेको हो। हामीले 2008 देखि भनेको हो तर पनी उनीहरू सफाई नगरी बसेको छ” सुन्दासले पी.एच.ई विभाग प्रति रूष्ट बन्दै भने।
उनले पिउने पानीको ट्याङ्की सफाई गर्नलाई केवल 57 हजार रूपियाँमा एउटा मेसिन पाउने बताउँदै विभागले दुई-चार जना ठेकादार पोस्याउनको निम्ति जनहितमा कार्य नगरेको थप आरोप लगाए। हाल विभागले 3 करोड रूपियाँको लागतमा नयाँ ट्याङ्की निर्माण गरिरहेको बताउँदै उक्त ट्याङ्की समेत निम्न गुणस्तरको निर्माण गर्ने कार्य भएको आरोप लगाए।
“दुई-चारजना ठेगादार पोस्याउनको निम्ति 8 एम.एमको रड लगाएर 3 करोडको ट्याङ्की निर्माण गर्दैछ। जुन ट्याङ्की निर्माणको निम्ति 3 करोड रूपियाँको आवाश्यक्ता नै छैन। यो जनताको आँखामा धुलो हाल्ने काम हो। अब जनता सचेत बनेर यस्ता अधिकारीवर्गलाई खेदुवा लगाउनुपर्छ” तारा सुन्दासले विभागीय अधिकारीवर्ग प्रति आक्रोश पोख्दै भने। उनले पानीको स्रोत नभएको अवस्थामा विभागीय अधिकारीवर्ग भने हात बाँधेर बसेको आरोप लगाउँदै अब जनताले कार्यलय घेराउ गरेर जवाब माग्नुपर्ने बताएका छन्। 
उनले सम्पूर्ण संघ संस्थाका कार्यकर्ताहरूलाई हाल निर्माणाधीन निम्न गुणस्तरीय अवस्थाको पानी ट्याङ्की हेरेर यसको जवाब विभागलाई माग्नुपर्ने सुन्दासले अझ बताएका छन्। उनले जिल्लापालले कालेबुङमा पानीको निम्ति 5 करोड, 58 लाख, 1 हजार, 1 सय 70 रूपियाँको टेण्डर गरेको पत्र देखाउँदै उक्त पैसाले कालेबुङका जनतालाई वितरण गर्ने पिउने पानीको काम कहाँ हुँदैछ ? भनि प्रश्न गरे।
यसक्रममा अझ पिउने पानीकै निम्ति केही दिन अघि मात्रै नेउरा प्रोजेक्टले 68 लाखको टेण्डर गरेको जानकारी दिँदै कालेबुङका जनताले पिउने पानी पाउँछ भन्ने कुरा भने अनिश्चित रहेको माकपा नेता सुन्दासले दाबी गरे। उनले गरीब मानिसहरूलाई विभागीय अधिकारीवर्गले शोषण गरिरहेको आरोप लगाउँदै जनता उठेको दिन यस्ता शोषक अधिकारीवर्ग भाग्न नभ्याउने पनि तिनले चेतावनी दिए। 
यसैक्रममा जसरी कालेबुङमा सेनालाई वितरण गर्ने पिउने पानी ग्यासद्वारा सुद्धिकरण गरिन्छ त्यस्तो प्रक्रिया साधारण जनतालाई वितरण गर्ने पानीमा पनि प्रयोग गरी सुद्धिकरण गर्नुपर्ने सुन्दासले सुझाव दिएका छन्। विगत दिनमा सेनाले जनसाधारणलाई वितरण गर्ने पानी सुद्धिकरण गर्ने कार्य गरेको स्मरण गर्दै कालेबुङका सेवानिवृत्त सेनाका अधिकारीवर्गले अनुरोध गर्नुपर्ने पनि सुन्दासले सुझाव दिएका छन्।(Published at http://kalimpongonlinenews.blogspot.in/2015/09/blog-post_5.html and http://kalimpongnews.net/2015/09/05/%E0%A4%B2%E0%A5%87%E0%A4%A6%E0%A5%8B%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4-%E0%A4%AA%E0%A4%BF%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4/)

0 Response to "लेदोयुक्त पिउने पानी वितरण गर्ने अधिकारीवर्गलाई खेदुवा लगाउनुपर्छ – माकपा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.