-->
21 औँ जिल्लाको रूपमा अस्तित्वमा आयो कालेबुङमा जिल्ला .......आजको दिन कालेबुङ जिल्लावासीको हो – ममता ब्यानर्जी

21 औँ जिल्लाको रूपमा अस्तित्वमा आयो कालेबुङमा जिल्ला .......आजको दिन कालेबुङ जिल्लावासीको हो – ममता ब्यानर्जी

डी के वाइबा, कालिमन्युज, कालेबुङ ,कालेबुङ 14 फरवरी। जिल्ला गठनलाई अन्तत: कालेबुङ जिल्ला पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा अस्तित्वमा आएको छ। मुख्य मन्त्री ममता ब्यानर्जीले आज कालेबुङको मेला ग्राउण्डबाट पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्लाको नाउँकरण घोषणा गर्दै औपचारिक उद्घाटन गरेकी हुन्।
उनले आज ऐतिहासिक दिन रहेको घोषणा गर्दै कालेबुङ जिल्लालाई कालेबुङका जनताको चाहना देखेकै कारण जिल्ला निर्माण गर्ने पदक्षेप ग्रहण गरेको भन्दै कालेबुङ जिल्लाको औपचारिक उद्घाटन गरेकी हुन्। यसक्रममा तिनले सम्पूर्ण कालेबुङ जिल्लावासीलाई बधाई दिएकी छन्।
पश्चिम बङ्गाल राज्यको 21 औँ जिल्लाको रूपमा अस्तित्वमा आएको सरकारी अधिसूचना दार्जीलिङ जिल्लापाल अनुराग श्रीवास्तवले पठन गरेर सुनाएका थिए। यसक्रममा मुख्यमन्त्री ब्यानर्जीकै उपस्थितिमा जिल्लापाल अनुराग श्रीवास्तवले कालेबुङ जिल्लाको नव नियुक्त जिल्लापाल डा. विश्वनाथ अनि नयाँ पुलिस अधिक्षक अभिजित सिंग यादवको नाउँ घोषणा गरे। यसक्रममा राज्यका मुख्यसचिव बासुदेव ब्यानर्जीले स्वागत सम्बोधन गर्दै नयाँ जिल्ला गठनको खुशीयालीमा सम्पूर्ण कालेबुङवासीलाई बधाई दिएका थिए।
कालेबुङ जिल्लावासीलाई बधाई –
ममता ब्यानर्जी "‘तपाईँहरू कस्तो हुनुन्छ?" मुख्यमन्त्री नेपाली भाषामा सम्बोधन गर्दै भनिन्। उनले कालेबुङका जनतालाई प्रशासनिक असुविधा धेरै रहेको थाह पाएपछि कालेबुङ जिल्ला गठनको निर्णय लिएको स्पष्ट शब्दमा भनिन्। यसक्रममा जिल्ला गठनको श्रेय पूर्णरूपले आफुले लिँदै –"कालेबुङका जनताको आँखामा हेरेर कालेबुङ जिल्ला गठन हुनपर्छ भन्ने मलाई लाग्यो अनि जिल्ला निर्माण गरेकी हुँ। यो कुनै एकजना व्यक्तिको चाहनालाई हेरेर गठन गरिएको होइन, तर सम्पूर्ण कालेबुङवासीको चाहनालाई बुझेर कालेबुङ जिल्ला गठन गरेकी हुँ" ममता ब्यानर्जीले स्पष्ट शब्दमा भनिन्।
पिउने पानीको निम्ति 50 करोडको घोषणा
पिउने पानीको समस्याले काकाकुली सरह बनेका कालेबुङवासीलाई जिल्ला गठनको खुशीयाली मुख्यमन्त्री ममता ब्यानर्जीले 50 करोड रूपिया दिने घोषणा गरेकी छन्। "पिउने पानीको कार्य कसले गर्छ। यहाँ जीटीए छ जीटीएले गर्नुपर्ने हो, नगरवासीको निम्ति नगरपालिकाले गर्नपर्ने हो। उनीहरूले कालेबुङवासीलाई पिउने पानीको समस्यालाई समाधान नगरेको कारण राज्य सरकारले जिल्ला गठनको खुशीको दिनमा 50 करोड रूपियाँ दिने घोषणा गर्दछ। यो राज्यको पीएचई विभागले गर्नेछ" ममता ब्यानर्जीले भनिन्।
अशान्ति गर्नेहरूलाई चेतावनी
मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सम्बोधनको क्रममा पहाडमा अशान्ति गर्नेहरूलाई कठोर चेतावनी दिएकी छन्। उनले सोझै जीटीए अनि सत्तासिन राजनैतिक दल गोजमुमो पार्टीको नाउँ नलिए पनि चेतावनीको तिर गोजमुमो पार्टी प्रतिनै ताकिएको थियो। यसक्रममा उनले केन्द्रका भाजपा सरकारलाई समेत अप्रत्यक्ष चेतावनी दिएकी थिइन्। 
"आगो लगाउनेहरू होशियार, आगो लगाएर अशान्ति गर्नेहरूलाई हामी छोड्नेछैनौँ" ममता ब्यानर्जीले भनिन्। "सबैको रगत एउटै हो। हामी हिन्दु, मुस्लिम, सिख, ईसाई कसैलाई भेदभाव गर्दैनौँ। सबैको रगतको रङ्ग एउटै हो। तर जसले पनि भेदभाव गरेर आगो लगाई अशान्ति गर्छ उनीहरूलाई हामी कहीँ पनि छोड्दैनौँ" ममता ब्यानर्जीले अझ भनिन्। 
कालेबुङलाई सिल्क रूटको मर्यादामा फर्काउने 
सिल्क रूटको नाउँले अघिबाटै विश्वविख्यात रहेको नयाँ कालेबुङ जिल्लाको गरिमालाई पुन: फर्काएर ल्याउने मुख्यमन्त्री ममता ब्यानर्जीले प्रतिबद्धता जाहेर गरिएकी छन्।
"कालेबुङ सिल्क रूटको नाउँले प्रख्यात छ। यसको गरिमालाई हामी पुन: फर्काएर ल्याउने कार्य गर्नेछौँ" ममता ब्यानर्जीले भनिन्। उनले नयाँ जिल्ला गठन पछि विस्तारै विकासका कार्यहरूले गति पक्रिने बताउँदै सरकारले दिर्घमियादी योजनाहरू बनाएर कालेबुङ जिल्लालाई विकास गर्ने उनले जनाइन्। यसक्रममा कालेबुङमा शिक्षा, पर्यटन आदिको विकासमा पनि सरकारले विशेष महत्व राखेर काम गर्ने जनाइन्।
विकासकै निम्ति विकास बोर्डहरूको निर्माण
जनताद्वारा निर्वाचित रहेको जीटीएले विकास कार्यहरू गरेर जनतालाई सुविधा दिन नसकेपछि जनताको हितमा विकास कार्यहरू गर्नका निम्ति विकास बोर्डहरूको गठन गरेकी मुख्यमन्त्री ममता ब्यानर्जीले बताएकी छन्।
"जीटीएलाई विकासको कार्य गर्ने पूर्ण क्षमता छ। यहाँ मैले सोझै आएर विकास गर्न सक्तिन। निर्वाचित बनेकाहरूले जनताको विकास कार्य नगरेपछि विकास कार्य गर्न विकास बोर्डहरू बनाएकी हुँ" ममता ब्यानर्जीले स्पष्ट भनिन्। नयाँ जिल्ला औपचारिक उद्घाटन समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जीले एकाधिक विकास कार्यहरूको शिल्यान्यास पनि गरिन्। उनले रिमोट थिचेर उक्त विविध विकास कार्यहरूको उद्घाटन गरेकी हुन्। 
यसक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका दार्जीलिङ, कालेबुङ, खर्साङ, अनि सिलगडीका पत्रकारहरूलाई मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट सम्मान जनाइएको थियो। उनले स्मृति चिन्ह अनि दोसल्ला ओडाएर पत्रकारहरूलाई सम्मान जनाएका थिए।
यसक्रममा कालेबुङका विभिन्न उच्च अधिकारीवर्गलाई पनि सम्मान जनाइको थियो। कार्यक्रममा तामङ विकास अनि सांस्कृतिक बोर्डद्वारा नृत्य प्रदर्शनी गरिएको थियो भने लेप्चा विकास बोर्ड लगाय अन्य विकास बोर्डहरूको पनि कार्यक्रममा सहभागीता रहेको थियो।

Related Posts

0 Response to "21 औँ जिल्लाको रूपमा अस्तित्वमा आयो कालेबुङमा जिल्ला .......आजको दिन कालेबुङ जिल्लावासीको हो – ममता ब्यानर्जी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.