-->
तृणमूल कङ्ग्रेसको तीनदिनब्यापी बिक्षोभ प्रदर्शन

तृणमूल कङ्ग्रेसको तीनदिनब्यापी बिक्षोभ प्रदर्शन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 जनवरी। नोटबन्दीको विरूद्धमा कालेबुङमा पनि तृणमूल कङ्‌ग्रेस तीन दिनव्यापी धर्ना प्रदर्शन सुरु गरेको छ। केन्द्र सरकारले गत 8दिसम्बरदेखि शुरू गरेको नोटबन्दीको अभियान अनि सांसद सुदिप्त व्यानर्जीको पक्राउ बिरूद्ध तृणमूल कङ्‌ग्रेसले शुरू गरेको महकुमा व्यापी विक्षोभ प्रदर्शन कार्यक्रम यता कालेबुङमा पनि आयोजना गरिएको हो।
केन्द्र सरकारले नोटबन्दीको अभियान चलाएर जनविरोधी कार्य गरेको आरोप लगाउँदै आज तृणमूल कङ्‌ग्रेस कार्यकर्ताहरूले शहरमा ऱ्याली निकाल्दै यहॉंको थानाडॉंडास्थित त्रिकोण पार्कमा घण्टौँसम्म धरना प्रदर्शन गरे। आजदेखि शुर भएको धरना कार्यक्रम आगामी 11 जनवरीसम्म चल्नेछ। दलका जिल्ला कमिटकी सचिव एवं जीटीएका मनोनित सभासद्‌ सतिस थीङले कार्यक्रबारे जानकारी गराउँदै वर्तमान केन्द्‌ सरकारको जमेर आलोचना गरे। 
"नोटबन्दीको कारण साधारण जनताले समस्या भोग्न परेको छ। यो प्रधानमन्त्री मोदीले लिएको अपरिपक्व निर्णयको हामी विरोध गर्छौँ। यसका साथै तृणमूल सांसदलाई नोटबन्दीको बिरोध गरेको कारण नै मोदी सरकारले पक्राऊ गरेको छ। हामी केन्द्र सरकारको विरोधमा विक्षोभ प्रदर्शन जारी राख्नेछौँ’ जिटिए मनोनित सभासद प्रकाश थिङले भने। 
अर्कोतिर दलका जिल्ला कमिटीका कार्यकारी अध्यक्ष छेवाङ भोटियाले रातारात पहाडमा भाजपाको झण्डा लगाएर अशान्ति फैलाउने काम भइरहेको आरोप लगाए। तृणमूल कङ्ग्रेसले विक्षोभ प्रदर्शनको अवधी एउटा जुलुस निकालेर ममता ब्यानर्जी जिन्दावादको नारा लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चौकि छोड भन्ने नाराबाजी समेत लगाएका थिए।

Related Posts

0 Response to "तृणमूल कङ्ग्रेसको तीनदिनब्यापी बिक्षोभ प्रदर्शन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.