
Kalimpong on 23rd August 2013.
People of Kalimpong on 23rd August 2013 observing strike and burning of a Nepali daily

Photo: Samten Kabo
डी के वाइबा, कालिमन्युज, 23 अगष्ट 2013। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै बिभिन्न स्थानहरुमा दैनिक जुलुस निकालिने क्रम जारी रहेको छ। यसैक्रममा आज क्रामाकपा अनि गोजमुमो पार्टॆएको सयुक्त जुलुस स्थानिय टिस्टा बजारमा सम्पन्न भएको थियो।

Photo: Samten Kabo
गोर्खाल्याण्डको माग गर्दै टिस्टामा क्रामाकपा अनि गोजमुमोको संयुक्त जुलुस
टिस्टा हाटॅबजारबाट शुरु भएको उक्त जुलुस स्थानिय टिस्टा नयाँ पूल नजिक पुगेर एउटा पथसभामा परिणत भएको थियो। यस अवधी उक्त पथसभालाई गोजमुमो टिस्टा शाखाका अध्यक्ष शरण छेत्री, क्रामाकपा हाईवे कमिटि अध्यक्ष सन्तोष प्रधानले सम्बोधन गरे।
यस अवधी उक्त जुलुसमा गोजमुमो अनि क्रामाकपा पार्टीका समर्थकहरु व्यापक मात्रमा भेला भएका थिए। छुट्टै राज्यको आन्दोलनमा अहिलेघरी चलिरहेको अनिश्चितकालिन बन्दलाई सफल पार्न अनि सरकारलाई चाप सृजना गर्न बन्द अवधी क्षेत्रवाट दैनिक जुलुस निकाल्ने घोषणा पनि उक्त पथसभाबाटै गरिएको छ। सरकारले आन्दोलनलाई दबाउँन नेतृत्वबर्गलाई पक्राऊ गर्ने कार्य जारी राखेको अवस्थामा आन्दोलंनकारीहरु निराश हुने कुनै कारण नरहेको अनि प्रशासनले बिनाकारण मानिसहरुलाई पक्रेर आतङक फैलाउँने कार्य नगर्नु भनि क्रामाकपा पार्टीका हाईवे शाखा अध्यक्ष संतोष प्रधानले बताए।
नेताहरुको पक्राऊ जारी राखे पनि आन्दोलन भने नरोकिने तिनले दाबी गर्दै आगामी दिनमा जनता अझ व्यापक मात्रामा सडकमा उत्रिने अपिल गरेका छन। यसरी नै गोजमुमो पार्टी अध्यक्ष शरण छेत्रीले पनि गोर्खाल्याण्डको आन्दोलनलाई सफल पार्न टिस्टावासीले दैनिक जुलुस निकाल्ने बताए। तिनले पनि नेताहरुको पक्राऊ प्रति आपत्ति जनाएका छन।
उसरीनै हिजो क्रामाकपाले कालीझोडामा पनि क्रामाकपाले यस्तै जुलुसको आयोजना गरेको थियो जसमा गोजमुमोका नारी मोर्चा आदिले पनि अंश ग्रहण गरेका थिए। जुलुस पछ पथ सभालाई अरुण घतानी आदिले सम्बोधन गरे
0 Response to "Kalimpong on 23rd August 2013."
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.