दार्जीलिगंका जनतालाई सांसद अनि जिटिएले सहयोग गर्न आवश्यक –रविन हिबु
जोइन्ट पुलिस कमिसनर रविन हिबुले भने कि नर्थ इस्ट भन्दा नागाल्याण्ड, मिजोरम, मणीपुर, त्रिपूरा, अरुनाचल, असम, सिक्किम, आदि क्षेत्र मात्र आउछ, तर दार्जीलिङ् पहाडी क्षेत्रमा रहेको गोर्खाहरुलाई पनि सग्लन गरि उनिहरुलाई पनि नर्थ इष्ट सेलमा सामिल गरिएको छ ।यस दिल्ली जस्तो महानगरीमा नर्थ इष्ट सेलको प्रमूख कार्य नर्थ इष्ट्का सोझा अनि निम्म स्तरिय मानिसहरुलाई यस क्षेत्रमा बसोबासो गर्दा सहयोग पुराउनु साथै असहायहरुको हितको निम्ति मदद् दिनू हो । यस नर्थ इष्ट सेलले गरिब मानिसहरुलाई दिल्लीमा आफ्नो कोष देखी धेरै जसो अस्पतालहरुमा स्वास्थ्य चिकित्साको निम्ति मदत पुऱ्याउने कार्य गरिरहेको हिबुले बताए ।
तिनले यस बिषयमा अझ बताउदै भने कि अहिले यँहा नर्थ इष्ट सेलबाट धनि मानिसहरुले पनि सहुलियतको आशा गरिरहेका छन तर उक्त सहुलियत उनीहरुको निम्ति होइन । यस सेलको मुख्य कार्य उत्तर पुर्विय क्षेत्रका मनिसहरुलाई दिल्लीमा बर्तमान समयमा धेरै शोषण अनि थिचोमिचो भैरहेको कारण भारत सरकारले यो सेलको स्थापन गरेर अहिले यस सेलको माध्यमद्वारा सहयोग पुऱ्याउन हो जो यसले गरिरहेको छ । वास्तवमा यस सेलको प्रमुख उद्देश्य दिल्लीमा बसेका उत्तर पूर्विय क्षेत्रका मानिसहरुलाई आपतकालिन समयमा सरकारी सहयोग पुऱ्याउनु साथै दुख बिमार भएको समयमा सहयोग पुर्याउनु हो। यसको साथै दिल्ली भ्रमणमा आउँदा आकस्मिक निधन भएका गरिब परिवारहरुलाई मदत पुर्याउनु हो ।
तिनले बताए कि हालैमा सिक्किम राज्यको एउटी नारीमाथि दिल्लीका एक स्थानिय मानिसद्वारा अत्याचार भइरहेको थियो । यो कुरो नर्थ इष्ट सेलले थाह पाउनसाथ तिनलाई मदत पुऱ्याएर आफ्नो घर सम्म सहिसलामत पुऱ्याउन सकेको थियो।
तिनले भने कि उसरी नै असमकी एउटी केटिलाई कुतत्वहरुको हातदेखी मुक्त गरि घर फर्काउने काम गरिएको छ । गोर्खा जातिहरु प्रति सहयोग पुऱ्याएको कुरो बारे उनले भने कि गोर्खा जातिलाई सहयोग पुरयाउने काम केवल आत्मियताको कारणले मात्र हो यसकारण उनिहरुको निम्ति सहयोगको व्यवस्था गर्नु क्षेत्रिय सांसद अनि जिटिएको कर्तब्य बन्छ । अहिले घरिसम्म उक्त क्षेत्रका मानिसहरुलाई सहयोग कसैबाट पनि नभएको कारण मात्रै नर्थ इष्ट सेलले सहयोग पुर्याउदै आएको तिनले एक एकांत भेटमा कालिमन्युजलाई बताए ।
यसबारे थप बताउँदै दिल्लीका केही गोर्खाहरुले आफ्नो नाँउ प्रकाश नगर्ने शर्तमा बताए कि "नर्थ इष्ट सेलले साँच्चै नै आवश्यक्ताको घडी सहयोग पुर्याउदै आएको हो जसको निम्ति गोर्खाहरु यस सेल प्रति आभार ब्यक्त गर्दछ तर हाम्रो दार्जीलिङ संसदिय क्षेत्रका सांसदलाई सहयोग मांग्दा भेट गर्न त परै जावस फोन गर्दा पनि कुनै जोगाजोग हुन सक्दैन। यस्तो समय लाचार भएर हामी यो सेलबाट सहयोग लिन जानु पर्ने वाध्यता आइरहेको छ।कतिचोटि त हामीहरु आफैहरु मिलेर यसरी आपदमा परेका हाम्रा दार्जीलिंग भेकका गोर्खाहरुलाई सहयोग पुर्याइरहेका छौ। यसकारण जिटिएबाट सरकारी तौरमा नै केहि सहयोगको पक्का व्यवस्था भए सबैको कल्याण हुनेथ्यो।"
0 Response to "दार्जीलिगंका जनतालाई सांसद अनि जिटिएले सहयोग गर्न आवश्यक –रविन हिबु "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.