केन्द्रलाईलाई गोर्खाको अलग राज्यको मांगको बुलन्द गर्नले धर्ना- बिनय तामंग
राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 9 दिसम्बर । एनडिए सरकारले देशमा स-साना राज्य गठन गर्ने सम्भावना धेरै भएकोको नै ग़ोर्खा जनमुक्ति मोर्चाले दिल्लीमा धरना रयाली आदि कार्यक्रम राखेर छुट्टै राज्य गोर्खाल्याण्ड हत्याउने प्रयास गरेको हो। त्यसैत गोजमुमो भाजपाको एक घटक दल हो यसैले यसले राखेको मागलाई अनदेखा गर्नेछैन अनि अहिले सम्म सहानुभुतिपूर्ण व्यवहार गरिनै रहेकोले गोजमुमो गोर्खाल्याण्ड पाउने कुरोमा आशांवित् छ। उक्त कुरो जिटिएका सूचना अनि संस्कृति विभागका सभासद अनि गोजमुमो पार्टीका सहसचिव बिनय तामंगले जनाएका हुन ।
यसै सन्दर्भमा तामंगले भने कि दिल्लीले चाह्यो भने तेलेंगना अलग राज्य जसरी गठन भयो त्यसतो प्रकारले गठन गर्न सक्छ । यसको निम्ति गोजमुमोले केन्द्र सरकारलाई दवाउ दिन गोर्खाल्याण्डको आवाज दिल्लीमा उठाउन एकदमै आवस्यक छ । गोजमुमोले आयोजित गर्ने भएको दिल्ली मुखि आन्दोलको रुपरेखाबारे उजागर गर्दै तामांगले 12 -13 दिसम्बरको दिन धर्ना अनि 15 -16 दिसम्बरको दिन राजघाटदेखी जन्तर मन्तरसम्म रयाली गर्ने योजना तयार पारिएको बताए ।
केन्द्र सरकारले गोर्खाहरुको हितमा सहि निर्णय लिनेछ भन्ने कुरोमा गोजमुमो आशावादी रहेको पनि तिनले थप जनाए ।
यसै बिषयमा अझ बोल्दै तिनले भने कि पहाडबासीले संसदमा एसएस आह्लुवालियालाई सांसदको रुपमा चुनेका हुन यो बिकासको निम्ति होइन, गोर्खाल्याण्डको निम्ति नै हो। सांसदले यस शितकालिन सत्रमा अलग राज्यको आवाज उठान गर्नेनै छन भन्ने कुरा पनि बिनय तामंगले बताए ।
सांसद आहलुवालिया गोर्खाल्याण्ड राज्यको मागको धुरन्धार समर्थक हुन यसैले हामी यस कुरोमा आशावादी छौ तामंगले थप जनाए।
0 Response to "केन्द्रलाईलाई गोर्खाको अलग राज्यको मांगको बुलन्द गर्नले धर्ना- बिनय तामंग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.