-->
नेवार विकास बोर्ड गठनका निम्ति मुख्यमन्त्रीलाई धन्यवाद

नेवार विकास बोर्ड गठनका निम्ति मुख्यमन्त्रीलाई धन्यवाद

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 नोभेम्बर। नेवार विकास बोर्ड गठनको आधिकारीक सरकारी अधिसूचना जारी भएपछि आज कालेबुङ शहरमा नेवर युवा सङ्गठनले जुलुस निकालेर पश्चिम बङ्गाल सरकारप्रति आभार प्रकट गरेको छ। 
गत 19 अक्टोबरका दिन पश्चिम बङ्गालको पछौटे कल्याण विभागले नेवार विकास बोर्ड गठनको आधिकारीक सरकारी अधिसूचना जारीगरेपछि नेवार युवा सङ्गठनले पहिलोपल्ट शरमा जुलुस निकालेर मुख्यमन्त्री ममता ब्यानर्जी अनि पश्चिम बङ्गाल सरकार प्रति धन्यवाद ज्ञापन गरेको हो। कालेबुङको टाउन हल परिसरबाट निकालिएको उक्त जुलुसले मेनरोड, डम्बर चौक हुँदै शहर परिक्रमा गरेको थियो भने जुलुस अवधि नेवार समुदायका मानिसहरूले ममता ब्यानर्जी धन्यवादका नाराबाजी समेत लगाएका थिए। 
जुलुसले शहर परिक्रमा गरिसकेपछि महकुमा अधिकारीको कार्यलयमा पुगेर महकुमा अधिकारीको अनुपस्थितिमा डेपुटी म्याजिस्ट्रेट दिवेन्दु दास मार्फत मुख्यमन्त्री ममता ब्यानर्जीलाई आभार पत्र चढाएका थिए। यसक्रममा नेवार युवा सङ्गठनका सचिव रवी प्रधानले जानकारी दिँदै नेवार विकास बोर्डले सम्पूर्ण नेवार जातिको विकास हुने दाबी गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। 
‘मुख्यमन्त्री ममता ब्यानर्जीले नेवार जातिको उत्थानका निम्ति विकास बोर्ड गठन गरेर नेवार जातिको समस्यालाई बुझिदिएका छन्। हामी यस विकास बोर्डको माध्यमबाट नेवार जातिको भाषा, साहित्य र संस्कृतिको विकास गर्नेछौँ’ रवी प्रधानले भने। यसक्रममा नेवार युवा सङ्गठनका अध्यक्ष विमल प्रधानले चाढैँ कोलकोता गएर मुख्यमन्त्रीलाई आभार प्रकट गर्ने जानकारी दिएका छन्।

Related Posts

0 Response to "नेवार विकास बोर्ड गठनका निम्ति मुख्यमन्त्रीलाई धन्यवाद "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.