-->
 कालेबुङ्गका 4 प्रतियोगी राज्य स्तरिय राष्ट्रिय शिशु विज्ञान कांग्रेसमा : लाभा, सन्त जर्ज उच्च्त्तर माधमिक विद्यालय , प्रणामी वालिका विद्या मन्दिर अनि एस यु एम आई जिल्लाबाट चयन

कालेबुङ्गका 4 प्रतियोगी राज्य स्तरिय राष्ट्रिय शिशु विज्ञान कांग्रेसमा : लाभा, सन्त जर्ज उच्च्त्तर माधमिक विद्यालय , प्रणामी वालिका विद्या मन्दिर अनि एस यु एम आई जिल्लाबाट चयन

(फोटो: देब्रेबाट- मृनाल लेप्चा, दीपशिखा खनाल, मिङ्गमा डीखि शेर्पा अनि  निमा रिन्छेन गुरुङ्ग)
कालिमन्युज, कालेबुङ्ग 15 जनवरी 2022: गत 13 जनवरीदेखी शुरु भएको राज्य स्तरिय 29 औं राष्ट्रिय शिशु विज्ञान कांग्रेस 2021 मा कालेबुंग जिल्लालाई प्रतिनिधित्व गर्दै जिल्लाका 4 विद्यालयका शिशु वैज्ञानिक विद्यार्थीहरुले अंश ग्रहण गरे|  गत सालदेखि शुरु भएर यो वर्ष अन्त हुने यो कांग्रेसको सम्पन्न राज्य स्तरिय कांग्रेसमा आफ्नो प्रकल्प पत्र प्रस्तुत गर्ने शिशु वैज्ञानिकहरु लाभा उच्च्त्तर माधमिक विद्यालयका मिङ्गमा डीखि शेर्पा, सन्त जर्ज उमावि का दीपशिखा खनाल, प्रणामी वालिका विद्या मन्दिरका मृनाल लेप्चा, अनि एस यु एम इन्स्टिट्युसनका निमा रिन्छेन गुरुङ्ग थिए | 
स्मरण गराइन्छ गत 5 र 6 जनवरी 2022 मा सम्पन्न जिल्ला स्तरीय शिशु विज्ञान कांग्रेसमा कालेबुङ्ग जिल्लाका 11वटा विद्यालयका 13 विद्यार्थीहरुले 29औ राष्ट्रिय शिशु विज्ञान कांग्रेस 2021 को विषय “चिरस्थायी जीवनको निम्ति विज्ञान”  मा आधारित 13 वटा प्रकल्पहरु प्रस्तुत गरेका थिए| यस कांग्रेसमा जिल्लाका विभिन्न क्षेत्रमा अवस्थित विद्यालयहरुमा चिसांग माध्यमिक विद्यालय, शंकर उच्च्त्तर माधमिक विद्यालय, अलगडा उमा, लोले शम्पू उमा, इन्डो टिबेटन उमा, चन्द्रमाया उमा, सन्त जर्ज उमा (2 प्रकल्प), गिताडाब्लिंग उमा (2 प्रकल्प), लाभा उमा विद्यालय, एस यु एम आई अनि प्रणामी वालिका विद्या मन्दिरले क्षेत्रिय अनि समसामयिक विषयहरुमाथी आधारित र् मुख्य विषयमा केन्द्रित प्रकल्पको सुक्ष्म शोधपत्र प्रकल्प पत्रको रुपमा प्रस्तुत गरेर् बुझाउने अनि 8 मिनटको मौखिक प्रस्तुति तथा अन्तरक्रिया मार्फत आआफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएका थिए | कालेबुङ्ग जिल्लाको आयोजक कालेबुङ्ग जिल्ला समितिका जिल्ला समन्वयक ए के राईले बताए कि विद्यार्थीहरुले गरेको तैयारी, विषय वस्तुमाथिको अध्य्ययन, सर्वेक्षणले शिशुहरुमा विज्ञान प्रतिको चासो संगसंगै स्थानीय सम्पदा, समस्या र् वैज्ञानिक पद्धति को ज्ञान प्राप्त गर्नु विजय हासिल गर्नु वा चुनिनु भन्दा महत्वपूर्ण कुरो हो| 
गत तिन सालदेखि कालेबुङ्ग जिल्लाको निम्ति छुट्टै रुपमा आयोजना गर्न शुरु गरेको यो राष्ट्रिय शिशु विज्ञान कांग्रेसलाई भारत सरकारको राष्ट्रिय विज्ञान अनि प्रौद्योगिकी संचार परिषद अनि विज्ञान औ प्रयुक्ति मन्त्रालयले संचालन गर्ने गर्छ | राज्यमा भारत सरकारको विज्ञान प्रसार, राज्यको शिक्षा विभाग, राज्यको विज्ञान औ प्रौद्योगिकी अनि जीव प्रौद्योगिकी विभाग, राज्य विज्ञान अनि प्रौद्योगिकी परिषद को सहायतामा साइन्स कम्युनिकेटर्स फोरमले तथा जिल्लामा जिल्ला शिक्षा परिदर्शक र् राज्यको साइन्स कम्युनिकेटर्स फोरमको सहायतामा कालेबुङ्ग जिल्ला कमिटीले यसको आयोजना गर्नेगर्छ| 
कोविड 19 प्रकोपको कारण जिल्लादेखि राष्ट्रिय स्तरसम्मै अनलाइन माध्यमद्वारा आयोजित 29औ राष्ट्रिय विज्ञान कांग्रेसको राज्य स्तरिय कांग्रेसको  छनौट आगामी 17 जनवरीसम्म हुनेछ| त्यसपछि राज्यबाट चुनिएका सर्वश्रेष्ठ प्रकल्पहरुलाई 1 देखि 5 फरवरीसम्म हुने राष्ट्रिय स्तरको कांग्रेसमा भाग लिने मौका मिल्नेछ| 
जिल्ला स्तरिय कांग्रेसमा 23 जिल्लाका विभिन्न विद्यालयका 750 भन्दा अधिक प्रकल्पहरु प्रस्तुत गरिएका थिए जसमध्ये तकनिकी र् कोविद विधि निषेधको पालना गर्दै जादा राज्य स्तरिय कांग्रेसमा केवल 20 वटा जिल्लाबाट चुनिएका 148 वटा प्रकल्पको  प्रस्तुति भैरहेकोछ |
पुन स्मरण गराइन्छ 2019मा कालेबुन्गा जिल्ला कमिटिद्वारा प्रथम चोटी आयोजित राष्ट्रिय शिशु विज्ञान कांग्रेसमा जलढक्का उच्चत्तर माध्यमिक विद्यालय की छात्रा एड्रिना लेप्चाले पुत्काको मह र् टुटीको महत्वबारे प्रस्तुत गरेकी प्रकल्प शोधपत्रलाई जिल्लाबाट चुनिएर राज्यलाई पनि प्रतिधित्व गर्दै राष्ट्रिय स्तरको कांग्रेस सम्ममा भाग लिने मौका पाएकी थिइन |

0 Response to " कालेबुङ्गका 4 प्रतियोगी राज्य स्तरिय राष्ट्रिय शिशु विज्ञान कांग्रेसमा : लाभा, सन्त जर्ज उच्च्त्तर माधमिक विद्यालय , प्रणामी वालिका विद्या मन्दिर अनि एस यु एम आई जिल्लाबाट चयन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.