कालेबुङमा चिटफण्ड पिडित जनताले निकाले जुलुस : पैसा फिर्ताको माग गर्दै
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 नोभेम्बर। विभिन्न चिटफण्ड कम्पनीहरूमा लगानीगर्ने जनताको पैसा सम्बन्धित चिटफण्ड कम्पनी अनि सरकारले फिर्ता गर्नु माग गर्दै आज चिटफण्ड पिडित जनताले कालेबुङमा एउटा र्याली निकालेर पथसभा आयोजना गरेको थियो।
विभिन्न चिटफण्ड कम्पनीहरूमा पैसा डुबेका मानिसहरूलाई लिएर गठित चिटफण्ड पीडित जनता नामक सङ्गठनले अगावै घोषित कार्यक्रमअनुसार यो कार्यक्रम गरेको थियो। सङ्गठनको केन्द्रिय समितीका अध्यक्ष नरेन्द्र प्रधानको नेतृत्वमा सर्वप्रथम शहरमा ऱ्याली निकालिएको थियो।
यसक्रममा उनीहरूले विभिन्न प्ला कार्डहरू बोकेका थिए भने पैसा फिर्ताको माग गर्दै नाराबाजी पनि गरेका थिए। जुलुसले शहर परिक्रमा गरे पश्चात त्रिकोण पार्कमा जनसभा गरेको थियो। सङ्गठनको कालेबुङ शाखाका उपाध्यक्ष ऐतसिङ तामाङको अध्यक्षतामा सम्पन्न उक्त जनसभालाई केन्द्रिय उपाध्यक्षद्वय उमेश शर्मा अनि लक्ष्मी छेत्री लगायत दार्जीलिङ शाखाका डी. बी. खवास अनि कालेबुङ शाखाका अध्यक्ष सुवास अधिकारीले सम्बोधन गरेका थिए।
चिटफण्ड पिडित जनताका केन्द्रिय अध्यक्ष नरेन्द्र प्रधानले कम्पनीहरूलाई पञ्जिकृत गर्ने सरकारले पिढीत जनताको पैसा फिर्ता गर्नुपर्ने माग गरेका छन्। सरकारले कम्पनीहरूलाई पञ्जीकरण दिएको कारण नै कम्पनीले व्यापार गरेको अनि पछिबाट उक्त कम्पनीहरूले लगानीकर्ताहरूको पैसा फिर्ता नगरी नै कम्पनीलाई सरकार्ले बन्द गरेपछि लगानीकर्ताहरू विचल्नीमा परेको कारण अब उक्त पैसा फिर्ताको जिम्मेवारी पनि सरकारको नै रहेको उनले बताए।
कार्यक्रमलाई लिएर केन्द्रिय समितीका अध्यक्ष नरेन्द्र प्रधानले बताएअनुसार विभिन्न स्थानका विभिन्न वर्गका मानिसहरूको पैसा विभिन्न चिटफण्ड कम्पनीहरूमा डुबेको भए पनि जनता आफ्नो डुबेको पैसा फर्काउन गरिएको आन्दोलनमा व्यापक रूपमा सहभागी बनेका छैनन्। सोही कारण जनतालाई यस विषयमा जागरूक बनाउन अनि रकम फर्काउन नै सङ्गठनले यस प्रकारको कार्यक्रम गरेको उनले बताए।
जनताको पैसा डुबाउनमा सरकार दायी रहेको बताउने प्रधानले कम्पनी बन्द गर्नअघि सरकारले उक्त कम्पनीहरूमा जनताले रकम लगानी गरेको कुरा याद राख्नुपर्ने थियो भन्ने मन्तव्य व्यक्त गरे। सरकारलाई थाहा थियो उक्त कम्पनीहरूमा जनताले लाखौं रुपियाँ लगानी गरेको छ भनेर। यस्तो जानी जानी पनि सरकारले सम्पूर्ण चिटफण्ड कम्पनीहरूलाई बन्द गर्ने अर्डर दिनु न्यायोचित होइन- उनले भने।
0 Response to "कालेबुङमा चिटफण्ड पिडित जनताले निकाले जुलुस : पैसा फिर्ताको माग गर्दै "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.